शुक्रबार, वैशाख ४, २०८३

एनआरएनए फ्रान्सको विवाद मिल्यो

नेपालप्लस संवाददाता / फ्रान्स२०८२ चैत ९ गते ११:००

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्मा पनि एकताको सुरुआत भएको छ। एनआरएनए फ्रान्समा लामो समयदेखि चलेको विवाद अन्त्य भएको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्मा को उपस्थितिमा आइतबार साँझ भएको भेलाले दिलीप गुरुङको नेतृत्वमा एकीकृत एनआरएनए फ्रान्सको कार्यसमिति चयन गरेको छ।

जस अनुसार पूर्ण कार्य समितिमा अध्यक्ष दिलिप गुरुङ र वरिष्ठ उपाध्यक्ष- राजेन्द्र श्रेष्ठ चुनिएका छन । त्यस्तै उपाध्यक्षमा लाल बहादुर सोडारी, महेन्द्र अधिकारी, विष्णु कुमारी तिमिल्सिना, निर्मला शाही वाग्ले, सरोज अधिकारी छन । त्यस्तै, महासचिव- राजू खप्तड़ी र सचिवमा जीत कुमार विश्वकर्मा, नीरज चन्द्र सोडारी छन । कोषाध्यक्ष – समिक्षा थापा र सह कोषाध्यक्ष- श्रवण कुमार मैनाली छन । महिला संयोजकमा यमकला पौडेल र किरण चालीसे चुनिएका हुन । युवा संयोजकमा रमेश क्षेत्री र मिलन रसाइली छन भने सदस्यहरूमा मनोज गुरुंग, विष्णु दवाड़ी, संदिपा गुरुंग, रम्भा तामांग, दीपेन्द्र लामा, कृष्ण महर्जन र रत्ना राई छन ।

काठमाडौँमा ‘फेस–टु–फेस’ मिटिङ सकेर अध्यक्ष डा. शर्मा सिधै फ्रान्स पुगेका थिए। त्यहाँ दिलीप गुरुङ र मीन श्रेष्ठ नेतृत्वको दुई कार्यसमिति मर्ज भएका छन्। समझदारी अनुसार दिलीप गुरुङले एनसीसीको नेतृत्व गर्नेछन् भने मीन श्रेष्ठलाई आइसिसी सदस्य बनाउने सहमति भएको छ।

आइसिसी सदस्यमा लोक बहादुर पुन चयन भए भने शिवराम भण्डारीलाई पछि मनोनयन गर्ने प्रस्ताव गरिएको छ।

अध्यक्ष डा. शर्मा भन्छन्, “आइसिसी एकता भएपछि एनसीसीको एकता मेरो प्राथमिकतामा रहेको छ। फ्रान्सबाट सुरु भएको एनसीसी एकता प्रक्रिया अन्य देशमा पनि चाँडै सुरु हुने विश्वास छ।”

तपाइँको प्रतिक्रिया

फेसबुक