मंगलबार, वैशाख १८, २०८१

प्रवाशी नेपालीको उत्कृष्ठ पुस्तकलाई ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ दिईने

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ जेठ २३ गते ९:०१

प्रवाशमा बसेर नेपाली भाषामा प्रकाशित उत्क्रिष्ठ पुस्तकलाई अब प्रत्येक वर्ष अरनिको अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्क्रित गरिने  भएकोछ । गैर आवाशिय नेपाली संघ (एनआरएनए) को नेपाली भाषा, साहित्य, संस्क्रिति तथा सम्पदा समितिले अरनिको अन्तर्राष्ट्रिय पुरस्कार स्थापना गरेको हो ।

बिक्रम सम्बतलाई आधार मान्दै यो वर्ष अर्थात् विसं २०७७ मा लेखिएका गैरआवासीय नेपाली लेखकका नेपाली बाङमय क्षेत्रको एक उत्कृष्ट पुस्तकलाई पुरस्कृत गर्ने निर्णय समितिले गरेको छ ।

यो पुरस्कारको राशी दुई लाख नेपाली रुपियाँ छ । नेपाल र भारतबाहेक अन्य मुलुकका प्रवाशी नेपाली लेखकले यसमा भाग लिन सक्नेछन् ।

यो पुरस्कार ब्यवस्थापनकालागि एनआरएनएको भाषा, साहित्य तथा संपदा समितिले एक छुट्टै समिति निर्माण गरेको छ । एनआरएनएका पूर्व केन्द्रिय कोषाध्यक्ष अफ्रिका निवासी हिकमत थापा यसका संयोजक छन् । समितिका सदस्यहरुमा नयनराज पाण्डे, निलम कार्की निहारिका, ददि सापकोटा र सदस्य सचिवमा महेश्वर पन्त छन् ।

पुरस्कारका लागि एक सल्लाहकार समितिपनि छ । त्यसमा नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपती गङ्गा प्रसाद उप्रेती, एनआरएनएका अध्यक्ष कुमार पन्त र एनआरएनएका पूर्व अध्यक्ष तथा लेखक जीवा लामिछाने छन् । प्रज्ञा प्रतिस्ठानका कुलपती र एनआरएनएका अध्यक्षको पद प्रतिस्थापन भएसँगै नयाँ कुलपती र एनआरएनएकोपनि नयाँ अध्यक्ष सल्लाहकार रहने छन् ।

आइतवार पुरस्कार ब्यवस्थापन समितिको  पहिलो बैठक बसेको थियो । बैठकमा पुरस्कारलाई कसरि चुस्त, पारदर्शी, निस्पक्ष र प्रतिष्ठित बनाउने भन्ने विषयमा गम्भिर छलफल भएको थियो ।

नेपालबाट भोट (तिब्बत) गएकि प्रथम नेपाली कलाकार अरनिको भएकाले अरनिकोनै पहिलो गैर अवाशिय नेपाली हुनसक्ने र अरनिको नेपालको गौरवसमेत भएकाले प्रतिकात्मक रुपमापनि अरनिको अन्तर्राष्ट्रिय पुरस्कार स्थापना गर्नु महत्वपूर्ण हुने भन्दै यो नाम छनौट गरिएको हो । समितिमा अरनिको प्रथम आप्रवाशी नेपाली हुन् भन्ने विषयमा खोजिनिति गर्नेबारेमापनि सहमती भएको थियो ।

पुरस्कार प्रत्येक वर्षको गैरआवासीय नेपाली संघको साधारण सभा वा अक्टोवरमा हुने एनआरएन डे को अवसर पारेर दिईने छ ।

पुरस्कारका लागि उक्त अवधिमा लेखिएका पुस्तक समितिले संकलन गर्ने छ । यो अवधिका पुस्तक पठाउन लेखक, प्रकाशक, संघसस्था र लेखकका शुभचिन्तकलाई आह्वानसमेत गर्ने छ ।

लेखकले आफ्ना पुस्तकहरु अमेरिकाको बोस्टन, फ्रान्सको पेरिस र नेपालस्थित गैरआवासिय नेपाली संघको अन्तर्राष्ट्रिय सचिवालय मध्ये कुनै एक ठाउँमा तलको ठेगानामा सन् २०२१ को जुलाई मसान्त भित्र पठाउन सकिने समितिले निर्णय गरेको छ । समितीले आवश्यकता अनुसार एक निर्णायक समितिसमेत गठन गर्ने छ ।

लामो समयदेखि प्रवाशमा बसेर कलम चलाईरहेका नेपाली लेखकहरुलाई अझै जागरुक पार्न, हौसल र उर्जा दिन, नेपाली भाषा र संस्क्रितिको संरक्षण र विस्तारका लागिपनि यो पुरस्कार स्थापना गरिएको समितिले जनाएको छ ।

समितिका संयोजक हिकमत थापाले भने “नेपाली लेखकहरुलाई सम्मान गर्न, अझै हौसला बढाउन र नेपाली भाषा तथा संस्क्रितिको संरक्षणकालागि पनि यो पुरस्कार स्थापना गरेका हौं । यसले नेपाली भाषामा कलम चलाउने स्रस्टाहरुमा उत्साह थपिने र अझै नयाँ नयाँ विषय र क्षेत्रका पुस्तकहरु लेखनमा टेवा पुग्ने हाम्रो विश्वास छ ।”

पुरस्कार छनौट प्रक्रियालाई सम्मानित, स्वतन्त्र र निस्पक्ष बनाउनुपर्नेमा समितिमा पूर्ण सहमती भएको थियो । समितिले नेपाली सस्टाका पुस्तकहरु जम्मा गर्न हरेक बिकल्प अपनाउने र निस्पक्ष ढंगले सामुहिकरुपमा काम गर्ने प्रतिबद्दतापनि बैठकमा गरेका थिए ।

‘पुस्तक छनौट समितिको नाम सार्वजनिक गर्दा विभिन्न तरिकाले दबाब, भनसुन र आग्रह आउनसक्छन् । तर समितिले त्यसलाई कुनै वास्ता नगरि उत्क्रिष्ठ पुस्तक छनौटमा निस्पक्षता कायम गर्ने छ’ बैठकमा सहमति भएको थियो ।

यो पुरस्कारकालागि गैरआवासिय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितीले अक्षयकोष स्थापना गरेको छ । त्यसकोलागि नेपाली भाषा, साहित्य अन्तर्राष्ट्रिय पुरस्कारको अक्षयकोष सन्चालन विनियम २०७७ नै जारि गरेको छ । यो अक्षयकोषकालागि ५० लाख जम्मा गर्ने लक्ष्य लिएको र त्यसमध्ये आधा रकमको प्रतिबद्दतासमेत भैसकेको जानकारिपनि संयोजक हिकमत थापाले दिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक