बिहीबार, वैशाख २०, २०८१

सत्ता–बिपक्ष सबैतिर कोरोना कहर, ‘बालुवाटार सुनसान, प्रधानमन्त्रीबाहेक छेउछाउका सबै संक्रमित’

नेपालप्लस प्रतिनिधि२०७७ असोज १७ गते २३:५०

काठमाडौं— गम्भिर स्वास्थ्य समस्या र भाइरस संक्रमणको स्थितिलाई प्रधानमन्त्री केपी शर्मा ओली र उनको सहयोगीले जेजसरी हावामा उडाइरहेका थिए, त्यसैको प्रतिफल देखिएझैं काठमाडौंमा कोरोना संक्रमण बढेको छ ।

देशभरमा सक्रिय कोरोना संक्रमितको संख्या ५० हजार र मृतकको संख्या ५ सय नाघेपनि काठमाडौं उपत्यकामा यसको बृद्धिदर एकाएक बढेको छ । उद्दमीहरु बिनोद चौधरी, बीरेन्द्रबहादुर बस्नेत आदिलाई कोरोना भएपछि मात्रै यसले धनी–गरीब भनेर बिभेद नगर्ने रहेछ भन्ने बोध गर्न थालेका आम जनताले शनिबार प्रधानमन्त्री कार्यालयमा सम्पूर्ण सल्लाहकार सहयोगीसहित ७० जनामा र नेपाली कांग्रेसका केही बरिष्ठ समेतलाई कोरोना संक्रमण भेटिएपछि शहरमा स्वास्थ्य सन्त्रास एकाएक बढेको छ । प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार राजन रिमाल, स्वास्थ्य सहयोगी डा।दिब्या सिंह, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, निजी फोटोग्राफर राजन काफ्ले सहितमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री ओलीको पनि शनिबार अपरान्ह स्वाब लिइएको छ ।

सूचनाअनुसार, प्रधानमन्त्री निवास बालुवाटार परिसरमा उठबस रहेका सल्लाहकार, स्वकिय सचिवसहित नेपाली सेनाका २८, शशश्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका ३ गरी ७४ जना संक्रमित भेटिएका छन् । यसपछि प्रधानमन्त्री ओली पूर्णकालिन क्वारेन्टाइनमा बसेका छन् ।

यहि बेला प्रमुख बिपक्षी दल कांग्रेसका नेताहरु अर्जुननरसिंह केसी र गगन थापा तथा अन्य केन्दिय सदस्य समेतलाई कोरोना पुष्टि भएपछि कांग्रेसको शनिबारे सचिवालय बैठक स्थगित भएको छ । कोरोना संक्रमण र यसमा परिक्षण, उपचारसहितको प्रकृयामा खेलाँची गरिरहेको सरकारलाई लक्षित गरेर जनस्तरबाट गालीगलौज र ब्यङ्गय सहितका सन्देशहरु सार्वजनिक हुन थालेका छन् । यसमध्ये चिकित्सा क्षेत्रमैं रहेका डा. सुधांसु केसीले बालुवाटारभित्रका कोरोना संक्रमित सल्लाहकारहरुलाई भनेका छन्—‘बेसार पानी खाएर हाच्छिउँ“ हाच्छिउँ“ गर्न नबिर्सनुहोला । आफ्नो ख्याल गर्नुहोला । सिघ्र स्वास्थ्य लाभ होस् ।

यसैगरी, अर्की महिला अभियन्ता निशा राईले भनेकी छिन्—‘प्रधानमन्त्रीले सारा जनतालाई बेसार पानी खाउ भनेर आफ्नै नजिककालाई चैं भन्नै बिर्सेछन् कि क्या हो ?’

(फोटो- सुजिता शाक्यको फेसबुक)

तपाइँको प्रतिक्रिया

फेसबुक