शनिबार, साउन ५, २०८१

‘सेक्स अन द विच : अ ककटेल -२ !’

निल थापा / कोपेनहेगन, डेनमार्क२०७९ माघ २९ गते १६:५७

(‘सेक्स अन द विच : अ ककटेल !’ पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस)

लेखक नील थापा

मेरो साथ पाए पछि रुबिना एकछिन सम्म सबथोक भुले झैं भई। म आफैं पनि कता कता हराएको महशुस गरें । एकछिन पछि पो झसङ्ग भएँ । ऊ मेरो अंगालोमा छे।निर्धक्क!

ऊसलाई देखेर मन मनै आफैं बोलेँ । कस्तो लाज पचाएकी आईमाई रहिछे । अर्काको श्रीमानसँग अंगालो मार्न आउँछे।

सायद ! ऊसले पनि मन मन त्यस्तै सोच्दी हो। कस्तो नकचरो पुरुष रहेछ। अर्काको श्रीमती ताक्ने ।

हामी दुबै एक अर्काबाट तर्सित झैं भयौं।
अंगालोबाट छुट्टियौं।

मैले आौपचारिकता पूरा गरी सोध्ने आँट गरें। ठिक छौ नि ? ऊसले लज्जावोद गरी। लजाउँदै जवाफ फर्काई ‘छ्या के भयो यस्तो आज? मलाई त धेरै लागेछ । यसरी बस्नै नहुने । मेरो साथी उठेकी रहेछ भने ? के सोची होली मलाई ?’
ऊसले साथीको बारेमा सोच्न थाली।

मैले जवाफ दिएँ, ‘जे भयो भयो । अलि ढिला चैं भयो । थाहा हुँदैन उसलाई । मतिर हेर्दै ऊसले अनुरोध गरी ‘प्लिज मलाई कोठासम्म पुर्याईदिनुस न।’
ऊ अलि आत्तिए जस्तो देखिई।

‘हिँड् जाऊंँ’ मैले कुरा थपें ।
रुबिना साँच्चै नै धेरै डराएकी थिई ।

मैले ऊसको कोठासम्म पुर्याएँ । ऊसले कार्डबाट ढोका खोल्न सकिन। मैले बिस्तारै कार्डबाट ढोका खोल्न सहयोग गरें।

छुट्टिनु भन्दा अगाडि हामी नि: शब्द झैं भयौं । तर पनि आँखा जुधे । ऊसले रुमभित्र जान लाग्दा हात उठाउँदै सानो स्वरमा भनी ‘बाई !’ मैले ऊसको साथीले थाहा पाउला भनेर बोल्दै नबोली हात हल्लाउँदै ईशारामा ‘बाई’ गरें । रुबिना कोठा भित्र गई।

म हतारहतार माथी आफ्नो कोठामा आएँ । कोठामा आईसकेपछि मलाई अलि छटपटि भयो । ‘आफूबाट गल्ती त भएन ? यो मेरो कमजोरी पो होकि ? अथवा मैले गलत त गरिन ?’ जस्ता प्रश्न जन्मिन थाले ।

फेरि एक मनले सोचें- यो यात्रा हो । यात्रामा यात्रीले जे भोग्छ त्यो नै उसको यात्राको रोमाञ्चक क्षण हो । यस्तै रोमान्चक क्षणले नै यात्रालाई सार्थक बनाउँछ । हैन गलत । मनले प्रश्न गर्यो ।

प्रश्न तेर्सियो आफैंमा। आफ्नो ईमानमा अनि चरित्रमा । फेरि मन भारी भयो । कताकता चाहिने भन्दा बढी भारी बोक्या यात्री जस्तो । लत्र्याक लुत्रक्क गलेँ म एकैछिनमा । भित्रभित्रै तिर्खाएँ । टेबलमा राखेको पानी घटटटट् पिएँ । तिर्खा मेटियो । भित्रि पीडा मेटिएन। टेबलमा हेरें । अलिकति ह्वस्कि अझै थियो। केही नसोची स्वाठ्ठै ठाडोघाँटी लाएँ। मुख देखि पेटसम्म पोल्यो।

म भित्रको छट्पटी रोकिएन । निर्णय गरें, चिसो पानीले नुहाउँछु । केही बेर अगाडि चरित्र नांगियो मेरो झैं भयो । अहिले शरीर नङ्ग्याउन लाज भएन मलाई । निबस्त्र भएँ म । बाथरुम भित्र छिरें ।

नुहाउने क्रममा के के सोचें सोचें । बाहिर निस्कँदा भने मन, शरिर सबै चिसो बनाएर निस्कें । म केही नसोच्ने अवस्थामा पुगें।
अनि बर्लङ्ग ढलेँ ओछ्यानमा । निर्लज्ज !

बिहान साँढे आठ बजेतिर मोवाईलको घन्टी बजिरहेको थियो। म सपनामा छु कि बिपनामा आफैँलाई थाहा थिएन। म कहाँ छु। कुन अवस्थामा छु झैं भयो। टाउको दु:खेर सार्है गार्हो बनायो। मोवाईल उठाउनेसम्म जाँघर चलेन। त्यही मोवाईल नी आफूतिर तानेँ । मोवाईलमा हेरें । श्रीमतीको फोन आएको रहेछ। के भन्नु के बोलुँ भयो । म्यासेज लेखेँ । ‘कल यु ब्याक’ ।

तुरुन्त जवाफ आयो । ‘ओके ।’

शरीर सार्है भारी भयो । ओछ्यानबाट शरीर उठाउनै सकिन । मन झन त्यसै भारी थियो।

नजिकै पानीको बोत्तल रहेछ। पानी पिएँ । अल्छी लागेपनि गार्हो मान्दै उठेँ । क्रुज ओस्लो पुग्ने समय पनि हुन लागेको थियो । शरीरमा चगलेँचलता नै छैन। शरीर भारी भईराख्या छ। चिसो पानीले नुहाएँ । शरीर अलि हल्का भयो। फ्रेस भएँ र बाहिर निस्कन तयार भएँ । लुगाहरु मिलाएर लगेजमा हालें। टाउको भने दुखिरहेको थियो।

कफि पिउन मन लाग्यो । आफ्नो लगेजका साथ मकोठा बाहिर निस्कें । ड्युटि फ्रि पसलमा गएँ । एक बोटल पानी र एउटा ईनर्जी ड्रिङ्स लिएँ । ईनर्जी ड्रिङ्स पिउँदै म कफि पसल तिर लागें । कफि पसलमा गएर एउटा अमेरिकानो मगाएँ।
कफि अर्डर गरेर श्रीमतीलाई कल गरें । उनले सोधिन् ‘पुन्नु भयो?’ जवाफ दिएँ ‘छैन।’

फेरि सोधिन् ‘कस्तो भयो त यात्रा ?’

कसरी भन्नू ‘गज्जब? कसरी भन्नू रमाईलो? कसरी भन्नू एकदम रोमान्चक ?’
म जवाफ हिन थिएँ । तै पनि जवाफ दिएँ -‘ठिकै।’

फेरि उनले सोधिन ‘किन रमाईलो भएन र ?’
म मौन थिएँ । फेरी जवाफ पनि उनी आफैँले दिईन् ‘एक्लै जानेलाई त्यस्तै होनी।’

मनमनै प्रश्न जन्मियो ‘भाग्यमा लेखेपछि यात्रामा आफ्नै श्रीमती नचाहिने रहेछ रमाईलो गर्नलाई ।

फेरि आफैलाई प्रश्न गरेँ ‘थुईक्क पाजी ! के गर्व गर्छस ?’

श्रीमतीसँग धेर बोल्न मन नगरी कुरा मोडें । छोरीलाई कस्तो छ?
‘ठिक छ’ छोटो जवाफ आयो ।
‘छोरी कुरा गर्ने रे’ श्रीमतीले कुरा थपिन ।
पछाडिबाट छोरी बोलिन ‘बाबा !’ छोरीले मोबाइल लिँदै सोधिन ‘बाबा कस्तो भयो ट्रिप ?’

ठूलो काम गर्यो बाऊले भन्ने काम नै के थियो र सुनाउन ?
छोटो उत्तर दिएँ ‘ठिकै।’

छोरी कुरा गर्न खोज्दै थिईन। मैले टारें ‘छोरी नेट स्लो छ। बाबा बाहिर निस्केर कल गर्छु है । ममिलाई दुख नदिई बस्नु ।’

छोरीले ‘हस् बाई’ भन्दै मोबाइल ममिलाई दिईन् । मैले भनें ‘बुढि पछि कल गर्छु है ? राम्रोसँग बस्नु।’

ऊनले जवाफ दिईन् ‘हुन्छ’ । ‘जाडो होला बाहिर न्यानो लुगा लाएर टोपी पनि लाएर हिँड्नु नि । हिरो भएर हिँड्ने हैन नि !’
मैले एक शब्दमा कुरा टुङ्ग्याएँ- ‘ल।’
म कफि पिउँदा पिऊँदै क्रुज ओस्लो पुग्यो। धेरै यात्रु, कफि पसल लगायत ड्युटि फ्रि तिर यताउता गर्न थाले। मैले रुबिना र रुषालाई देखिन।

म फेरि ड्युटि फ्रि सप गएँ ।
एकछिन आफ्नै सुरले घुम्न थाले। ड्युटि फ्रिमा मैले दुई लिटर फेमस ग्राउज ह्रविस्कि किनें। ‘कुमार दाईले दुई लिटर ल्याईदिनुस है। म त पिउँदिन यहाँ साथीहरुलाई गिफ्ट हुन्छ’ भन्नुभएको थियो। त्यहाँका कुमार दाईको साथीहरुलाई फेमस ग्राउज मन पर्ने रहेछ ।
म पसलमा हुँदाहुँदै कुमार दाईको कल आयो। मैले कल उठाएँ । दाईले सोध्नु भयो ‘भाइ आईपुग्या हो ?’

मैले जवाफ दिएँ ‘पुगे दाइ तर बाहिर निस्क्या छैन । क्रुज भित्रैको ड्युटि फ्रिमा छु। लाग्ला अरु पन्ध्र बीस मिनेट वा आधा घन्टा जति’ भन्ने जवाफ दिए ।

दाईले भन्नू भयो ‘ओपेरा हाउस नीर आउनु है । म त्यहिँ आउँछु । टर्मिनल बाट १०१५ मिनेट हिडे ओपेरा हाउस पुगिन्छ ।’

मैले ‘हुन्छ दाइ’ भनें।

क्रुज र्आोस्लो टर्मिनलमा पुग्यो। बाहिर निस्कने क्रममा म रुबिनालाई र रुषालाई कुरेर बसें । नभेटि त कसरी जानु भन्ने भयो।

क्रुजबाट बाहिर निस्कने गेटनिर म कुरेर बसें । उनिहरु आएपछि भेट भयो ।
अलि अफ्ट्यारो महसुस गर्दै भनें ‘गुड मर्निङ!’

उनीहरुले पनि अलि अफ्ट्यारो मान्दै भने ‘गुड मर्निङ।’

रुषा अलि खुलेर हाँसेकि थिई। रुबिना भने अलि लजाई म सँग।
मैले लाजै पचाएर सोधें ‘हिजो रमाईलो भयो नि ?’
रुबिना बोलीन।

‘रमाईलो भयो नि’ रुषाले भनी । म त झ्याप भएछु। सुत्न गईहालेँ ।

‘रमाईलो त तपाईंहरु दुई जनाले पो गर्नु भएछ। यो कतिखेर आई मैले त थाहा नै पो पाईन। बिहान उठेर पो थाहा पाएँ’ रुषाले रुबिना तिर हेर्दै जवाफ दिई ।

मलाई शब्दै आएन। रुबिना रातोपिरो भई।
मैले मलिनो स्वरमा भनें ‘तिमी गएपछि हामी एकछिन बस्यौं ।’ रुषाले हाँस्दै प्रश्न गरि ‘एकछिन मात्र ?’
म फेरि शब्दहिन भए।

मैले कुरा अन्त मोडेर प्रश्न गरें ‘कोही लिन आउँछ र तिमीहरूलाई यहाँ? रुषाले जवाफ दिई ‘नाई कोई पनि आउँदैन।’
रुबिना अझै बोल्न खोजिन । मैले बुझ पचाएरै सोधें रुबिनालाई ‘के भयो र तिमी त बोल्दैनौ त । ठिक त छौ नी?’
ऊ फिस्स हाँसी ।

रुषाले तुरुन्त जवाफ दिई ‘मोहनी लाउनु भयो कि के हो यसलाई। टोलाएर बस्न थाली त। कि अरु नै केही खुवाउनु भयो। नबोल्ने ओषधी ?’

रुषाको अरु नै केही शब्दले मलाई फेरि झसङ्ग बनायो।

मैले कुरालाई सहज गराउने प्रयास गरें ‘निन्द्रा पुगेन होला सायद !’
रुषाले छाडा तरिकाले जवाफ दिईहाली ‘अनि सुत्नै नदिने त मान्छेलाई तपाईं ?’

यतिखेर भने रुबिना रुष्टभई ‘रुषासँग ‘मात्तेकि हो तँ ? जे पायो त्यही बोल्छेस?’
तुरुन्त रुषाले जवाफ लाई ‘तँ मातेकि थिईस कि म मात्तेकी ?’
रुषा हाँसी।

रुबिना र म हेराहेर गर्यौ।

यतिकैमा मेरो मोवाईलमा डेनमार्कबाट कल आयो । मोवाईल हेरें । मलाई ड्राईभिङ सिकाउने गुरु पाल्देन दाईको रहेछ। कल उठाएँ । कल उठाउने बितिक्कै दाईले भन्नू भयो – भाइ चिप्लोमा गाडि कुदाउने हो?

म झसंग भएँ । के आईलाग्यो यो फेरि। चिप्लोमा गाडी कुदाउने? कुरा बुझिन । दाईलाई सोधिहालें ‘दाइ म बाहिर छु नर्वेमा । मैले तपाईंको कुरा बुझिन के भन्नू भाको दाइ ।’

दाईले जवाफ दिनु भयो ‘अन्त भाइ पनि अजासु लाग्या थियो । भाइ त ट्युवलाईट (ढिलो कुरा बज्ने) पो रहेछन। स्लिपरि टेस्टमा भन्या के । भाईको फुर्सद भए नाम लेखीराख्नु पर्यो। यो बुधबार टाईम छ रे । सिट खाली रहेछ । भाईको नाम बुक गर्नलाई सोधु भनेर। भाईलाई नि पठाउनु पर्यो नत्र भनेर नी फ्रि भए । के छ बिचार। चिपल्याउने हो त ?’

पाल्देन दाइ सार्है रमाईलो मान्छे। प्रश्न गर्ने तरिका र उत्तर दिने तरिका सार्है रमाईलो छ दाईको।

स्लिपरि टेस्ट-हिउँ पर्दा अथवा चिप्लो सडकमा गाडि कसरी कुदाउने भन्ने सिकाउने ठाऊँ रहेछ ।

मैले ‘हुन्छ दाइ । बुधबार सम्म त आईपुग्छ । नाम लेखाईदिनुस’ भन्ने जवाफ दिएँ ।
दाइ हाँस्नु भयो । ‘अन्त भाइ रमाईलो गरेर आउनुस है त ?’ भन्दै फोन राख्न लाग्नु भयो।

मैले सोधीहालेँ – दाइ यो अजासु भन्या चैं के हो नी ? दाईले जवाफ दिनु भयो अन्त: अति जान्ने सुन्ने क्या भाइ (अजासु) ।
म हाँसे।

दाईले कुरा थपि हाल्नु भयो फेरि ‘हिउँको चिसो डल्लामा तरुनीहरुले घेर्या छन् कि के हो भाई ? अन्त भाईको बोली त कक्रक्कै छ त ? कि हिजो बढि भयो (रक्सि धेर खानु भयो भन्ने आशय) ?’

थपे ‘परिवारसँग जानू भा त हैन होला। पक्कै ! यस्तो बेसिजनको समयमा ।’

मैले जवाफ दिएँ ‘त्यस्तो केही होईन दाइ । सानो कामले आको हो। एक्लै नै हो हुन चैं ।’

दाईले फेरि भन्नू भयो ‘अन्त: ल है भाइ । ईन्ज्वई !’

मैले भनें ‘हस् दाइ। ल नमस्ते अनि धन्यवाद । यताबाट फर्के पछि भेट्छु ।’
दाईसँग कुरा सकियो ।

‘सरी है’ मैले फोन काट्ने बितिकै उनिहरुसँग क्षमा मागें ।
मेरो पाल्देन दाईसँगको कुराकानी पछि मैले रुषा रुबिनालाई सोधें ‘कता घुम्ने प्लान छ त ?’

उनिहरुले एकसाथ जवाफ दिए ‘थाहा छैन।’ उल्टै मलाई प्रश्न गरे ‘तपाईंको नी ?’
मैले जवाफ दिएँ – म त कतै घुम्दिन। कुमार लामा दाइ हुनुहुन्छ। वहाँसँग भेट्छु। ओपेरा हाउस आउ भन्नू भको छ म त्यहिँ जान्छु।’

उनिहरुलाई कहाँ जाने भन्ने दुविधा थियो। मैले नै उनीहरुलाई सल्लाह दिएँ ‘रोयल प्यालेश, नोवेल पिस सेन्टर अनि वार्किङ स्ट्रिट तिर जानू । भिजल्याण्ड पार्क छ राम्रो । त्यहाँ पनि जानू। अनि ओपेरा हाउस घुमेर फर्किने समय ठिक हुन्छ होला । सवा तीन सम्म फेरी यहिँ आउनु पर्छ । समय भए सम्म घुम्नुस । एक दिनमा कति घुम्न सकिन्छ र ? दुईचार दिन भए बेग्लै कुरा ।

मैले फेरि कुरा थपें ‘अलि सजिलोको लागि हप-अन हप-अफ बस (टुरिष्ट बस) हुन्छ त्यसमा चढेर घुम्दा नि हुन्छ।’

उनिहरु दुबैले टुरिष्ट बस चढेर जाने कुरामा सहमत जनाए ।

मैले अगाडि टुरिष्ट बसको काउन्टरसम्म पुर्याई दिएँ । उनिहरु दुई जना त्यसमा टिकट लिएर घुम्ने प्लानमा खुसि भए । दुई जनाको टिकट साथमा लिएर उनिहरुलाई दिएँ ।
दिउँसोको सवा तीन बजे यहि ठाउँमा भेट्ने कुराका साथ हामी छुट्टियौं ।

उनिहरु बस भित्र चढे । म भने कुमार दाईलाई भेट्न आफ्नो सानो लगेज गुडाउँदै नजिकै देखिएको आोपेरा हाउस तिर आफ्ना पाईला अगाडि बढाएँ …….

क्रमश :

तपाइँको प्रतिक्रिया