शुक्रबार, वैशाख २१, २०८१

महानायक राजेश हमालसित पेरिसमा अन्तर्क्रिया हुँदै

नेपालप्लस संवाददाता / फ्रान्स२०८० असोज ९ गते १६:२५

नेपाली सिने जगतका महानायक राजेश हमालसित फ्रान्सको राजधानी पेरिसमा अक्टोबर १ आइतवार अन्तर्क्रिया हुने भएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्स र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को आयोजनामा महानायक हमालसित पेरिसमा अन्तर्क्रिया गर्न लागिएको हो ।

कार्यक्रममा महानायकसित नेपाली कला जगत, उहाँको कला क्षेत्रका रोमाञ्चक अनुभव, बिदेशको नेपाली समुदायको अनुभव र बौद्दिक प्रसंगहरुका बारेमा अन्तर्क्रिया गरिने आयोजक मध्ये एक ईनास फ्रान्सका अध्यक्ष आभास आचार्यले जानकारि दिए ।

नेपाली कला क्षेत्रकै अब्बल, बौद्दिक राजेश हमालसित फ्रान्सबासी नेपालीले आमनेसामने भएर बुझ्न, आफूलाई लागेका जिज्ञासा मेटाउन र स्वागत गर्न पाउनु अवशर भएकोपनि उनले बताए ।

आयोजक मध्येको अर्को एनआरएनए फ्रान्सका महासचिव महेन्द्र अधिकारीले राजेश हमालका बारेमा धेरैले सुनेको, हमालले भूमिका खेलेको सिनेमाहरु हेरेपनि नजिकबाट प्रत्यक्षरुपमै भेटेर साक्षात्कार गर्न पाउनु सुनौलो अवशर भएकाले कार्यक्रम आयोजना गरिएको नेपालप्लसलाई बताए ।

“राजेश हमाल कला क्षेत्रकै अब्बल भएकैले महानायक बन्नुभएको हो । उहाँका सिनेमाहरु हेरेका त छौं तर नजिकबाट बुझ्ने अभिलासा धेरै नेपालीको छ । त्यो अवशर अहिले जुरेको छ । फ्रान्सबासी नेपालीहरु मिलेर उहाँलाई स्वागत गर्दै उहाँबाटै धेरै जिज्ञासा मेटाउन पाउने भएका छौं। ईनास फ्रान्स र एनआरएनए फ्रान्स मिलेर यस्तो कार्यक्रम गर्न पाउनु खुशि र अवसर दुबै हो” एनआरएनए फ्रान्सका महासचिव महेन्द्र अधिकारीले नेपालप्लससित भने ।

कार्यक्रम अक्टबोर आइतवारका दिन दिनको तीन बजेबाट राखिएको छ । (ठेगाना र ब्रिस्त्रित जानकारि अन्त्यमा हेन्रुहोला) । कार्यक्रममा हमालले अभिनय गरेका सिनेमाका केहि गीतमा फ्रान्सका स्थानिय नेपाली कलाकारबाट न्रित्य प्रस्तुत गरिने भएको छ ।

कार्यक्रम विवरण:
मिति : ०१ अक्टोवर २०२३, आइतवार
समय : दिनको ३ बजे
स्थान : 52 Av. Jean Jaurès, 93120, La Courneuve

तपाइँको प्रतिक्रिया

फेसबुक