‘तपाईंकै हात समातेर पछिपछि हिँडिरहने छु बा’
मेरो बालमष्तिष्कले त्यो बेलामा कथा बुझ्यो कि बुझेन थाहा पाईन। तर कथाको सार सुनाउँदै बाले अगाडि भन्नु भयो ‘हेर कान्छा एक पलले एक दिन बदल्न सक्छ। अनि एक दिनले एक जीवन बदल्न सक्छ । र त्यही एक जीवनले पूरा समाज बदल्न सक्छ । राजाको सिंहासन मोह झैं कुनै पनि कुरामा आफूलाई उचोँ नराख्नु है। मानविय समवेदना नभुलेस् है। एक दिन तँ त्यही समाज बदल्ने जीवन हुनु है कान्छा।’
बालक कालमा सबैलाई आफ्ना बा निकै महान् लाग्छन् । बहादुर लाग्छन् । बलिया लाग्छन। बा जति ठुला कोहि छैनन झैं लाग्छ।
बुझ्दै र अनुभव गर्दै जाँदा अहिले लाग्न थाल्यो ‘मेरा मात्र नभई सबैका बाहरु साँच्चै महान्, बहादुर, बलिया र ठुला हुँदा रहेछन्।’
बा हुनेलाई यसको अनुभव नहोला। तर बा नहुनेहरुलाई यसको अनुभव जीवनभर भईरहने छ।
मानिसको आफ्नो आफ्नो दृष्टि हुन्छ। आमालाई धर्ती भन्छन्। धर्तीको कथा लेखेर सकिँदैन पनि । मेरी आमा पनि अरुको आमा जस्तै धर्तीमाता हुन्। जननी हुन्। मैले पनि आमाको कथा लेख्न सक्दिन।
धर्तीमा आमाले आफ्नो सन्तानलाई गर्वमा नौ महिना बोकेर जन्म दिन्छिन् भने जन्मपछि बाले आफ्नो सन्तानलाई जीवनभर बोक्नुपर्ने रहेछ।
हरेक कुरामा बाको बुलन्द आवाजबाट चल्ने हाम्रो घर । आज बा नहुँदा नदिछेऊको बगर झैं भएको छ। जहाँ कुनै बहाबको ध्वनी सुनिँदैन।
बा गुमाएको दिन देखि हरपल बासँग बिताएका दिनहरु सम्झन्छु म। ती दिन अविस्मरणीय थिए।
बा जिवित रहँदा बासँग धेरै कुरामा फरक मत राखेको छु मैले । बाले त्यो कुरालाई कसरी लिनुहुन्थ्यो ? मैले बाल्यकालदेखि नै कहिल्यै सोचिन । तर बाले बाहिर ईष्टमित्रसँग ‘मेरो कान्छो स्पष्ट बोल्छ’ भन्नुहुन्थ्यो रे।
बाले दुईटा दाइहरु अनि दिदीलाई नामले बोलाए पनि मलाई भने सधैं ‘कान्छा’ भन्नूहुन्थ्यो। बाल्यकालमा फर्केर हेर्दा मेरो मानसपटलमा बाका धेरै कुरा याद आउँछन् । ती दिनहरु म आजपनि सम्झिरहन्छु।
मेरो बालमष्तिष्कले त्यो बेलामा कथा बुझ्यो कि बुझेन थाहा पाईन। तर कथाको सार सुनाउँदै बाले अगाडि भन्नु भयो ‘हेर कान्छा एक पलले एक दिन बदल्न सक्छ। अनि एक दिनले एक जीवन बदल्न सक्छ । र त्यही एक जीवनले पूरा समाज बदल्न सक्छ । राजाको सिंहासन मोह झैं कुनै पनि कुरामा आफूलाई उचोँ नराख्नु है। मानविय समवेदना नभुलेस् है। एक दिन तँ त्यही समाज बदल्ने जीवन हुनु है कान्छा।’
बालक कालमा फर्केर हेर्दा ती बेलाका दिनले बासँग जोडिएका धेरै कुरा ताजा भएर आउँछ।
दशैं आउन लागेको समय थियो। गाऊँ घरमा दशैं आउन लाग्दाको रौनकै छुट्टै हुन्थ्यो त्यो बेला।
हाम्रो घरमा पनि त्यस्तै रौनक थियो। घरको भित्ताहरु रातो माटो र कमेरोले पोतेर चिटिक्क पारिएको थियो। आँगनका झार उखेलेर र तासेर फालिएको थियो। आँगनको छेउछाउ ढुंगा र ईटाले घेरेर सानो र चिटिक्क फुलबारी बनाएका थियौं।
ढुंगामा पुराना ब्याट्री फुटाएर भित्रको कालो धुलो निकालेर पानीमा भिजाई ती ढुंगाहरुलाई रंगाएर काला बनाईएको थियो।
आफ्नै घरमा पालेको ठूलो खसी थियो। करेसाबारीमा केराहरु टन्न थिए। केरा काटेर दशैंको लागि पकाउन हामी पराल भित्र केरा राखि बोरा भित्र राख्ने गर्थ्यौं । घरमा भैंसी ब्याउन लागेको थियो।
बिहान बेलुकाको मौसम चिसो हुन लागेको थियो। खेतमा धानका र बारीमा कोदोका बाला झुल्न थालेका थिए। गाउँमा पिङ हाल्नुपर्छ भनेर अग्रजहरु बाबियो खोज्न लागिसकेका थिए।रौनकै बेग्लै थियो।
गाउँमा दशैंको लुगा किनेको खबर एक अर्कोलाई सुनाउँदा हामी केटाकेटीहरु असाध्यै खुसि हुन्थ्यौं।
टाढा टाढा जागिर खान जाने फर्केर आउने समय थियो। लाहुर गएकाहरु काँधमा रेडियो घन्काएर आफ्नो गाऊँ फर्कने समय थियो।
हाम्रो घरमा दशैंको समय बा अफिसबाट ढिला आउनु हुन्थ्यो। बा बैंकमा काम गर्ने हुनाले दशैंको बेलामा घरमा पनि मानिसहरुको चहल पहल बढी हुन्थ्यो। बैंकमा लाईनमा बसेर नयाँ नोट साट्न नसक्नेले मेरा बा मार्फत घरमै आएर नयाँ नोट लैजान्थे।
एक दिन दशैंको छुट्टि भन्दा केही दिन अगाडि बा बैंकबाट घर आउन ढिला गर्नुभयो। बा घरमा हुनुहुन्थेन।
साँझमा आमा गोठमा घाँसपात गर्न जादाँ अलि आत्तिए जस्तो गरि कराउनु भयो। आमा कराएको सुनेर म दौडिँदै गोठतिर गएँ । मलाई देख्ने बितिक्कै आमाले भनिहाल्नु भयो ‘पल्लो घरमा गएर ठुलीआमा र ठुलाबालाई बोलाएर ले त। भैंसी ब्याउन लागे जस्तो छ।’
म दौडिँदै पल्लोघरतिर गएँ । तुरुन्तै ठुला बा र ठुली आमालाई बोलाएर ल्याएँ।
ठुला बाले भैंसी देख्ने बित्तिकै भनिहाल्नु भयो ‘ओहो भैंसी त भँडाल्ने परे छ। यसलाई बस्न दिनु हुँदैन । रातभरी कुर्नुपर्छ।’
‘भाइ अफिसबाट आएको छैन ?’ ठुलाबाले आमालाई सोध्नु भयो । आमाले ‘आउनु भएको छैन’ भन्ने जवाफ दिनु भयो।
छेउमा उभिएर ठुलीआमा बिँडि तान्दै हुनुहुन्थ्यो ।
बुझ्दै र अनुभव गर्दै जाँदा अहिले लाग्न थाल्यो ‘मेरा मात्र नभई सबैका बाहरु साँच्चै महान्, बहादुर, बलिया र ठुला हुँदा रहेछन्।’
‘यस्तो भँडाल्ने भैंसी अलि खतरा हुन्छ। भाईलाई लिन पठाऊ। राती कुर्ने मान्छे चाहिन्छ’ उहाँले थप्नुभयो ।
‘अलि अगाडि खाल्टो खनेर गहिरो भागमा भैंसी बान्नुपर्छ’ भन्दै ठुलाबाले गाउँका अरु एकदुई जना बोलाउनु भयो। ठुलाबा पशु कार्यालयका सहायक थिए। सायद उनले त्यहाँबाट केही सिकेका थिए। ठुलाबाका कुरा मैले बुझिन त्यतीखेर।
ठूलो दाई काठमाडौं बसेर पढ्नु हुन्थयो। माईला दाइ घरमा थिएनन् । दिदीलाई सायद छोरी मान्छे भनेर होला, आमाले बालाई बोलाएर ‘लिएर आईज’ भन्दै मलाई अर्हाउनु भयो।
साँझको समय हुनाले मलाई भने बालाई बोलाउन जान डर लाग्यो। साँझपख हिड्दा भुत लाग्छ भन्ने डर थियो म भित्र। अनि अर्काे कुरा म जाने र बा आउने बाटो फरक परेर पछि फर्कने बेला म एक्लै परें भने ?
मनमा अनेक कुरा सोचें । तर पनि आमाले अर्हाएपछि डराई डराई बालाई बोलाउन गएँ। म बाको अफिस पुगें। तर बा त्यहाँ हुनुहुन्थेन।
बैंक कुर्ने गार्डले बा अन्तै भएको जानकारी दिए। म फेरि बा भएको ठाउँमा गएँ । बा त साथीहरूसँग तास खेलेर बस्नु भएको रहेछ। मलाई देख्ने बितिक्कै बाले सोधीहाल्नु भयो ‘साँझमा किन आईस ?’
मैले बासँग घरको समस्या बताएँ ।
बा जुरुक्क उठेर ‘ल तपाईहरु रमाईलो गर्नुस’ भन्दै साथीभाईसँग बिदा मागेर हिँड्नु भयो।
बा अघिअघि हिँड्नु भयो। म बाको पछि पछि लागें म ।
धर्तीमा आमाले आफ्नो सन्तानलाई गर्वमा नौ महिना बोकेर जन्म दिन्छिन् भने जन्मपछि बाले आफ्नो सन्तानलाई जीवनभर बोक्नुपर्ने रहेछ।
आधाबाटो पुगेपछि बिचमा एउटा चिया पसल थियो। चिया पसलसँगै चौतारो थियो। आजपनि त्यो चौतारो त्यहिँ छ।
पसलमा चिया मात्र नभएर, जेरी, मालपुवा, खिर, समोसा तरकारी पाईन्थ्यो। त्यो बेलाको एकदम चलेको पसल थियो।
बजारमा किनमेलमा आएका । सरकारी अड्डा अदालत कार्यालयमा कामगर्ने कर्मचारी तथा हिँडुल गर्ने व्यापारी, सामान बोक्ने भरिया सबैले खाजा खान्थे त्यहाँ।
पसलेलाई जुँगे साहु भन्थे सबैले। उनले जुँगा पालेका थिए। रमाईलो गर्दा मुख बिगार्दै जुँगा मज्जाले हल्लाउँथे बेलाबेला।
म भने जुँगे ठुला बा भन्थें । उनको कान्छो छोरा र म एउटै कक्षामा पढथ्यौं। उनको छोरा र मेरो मित्रता स्कूल सुरु गर्दा देखिको हो। हाम्रो मित्रता आजका दिनसम्म कायम छ।
जुँगे ठुलाबा भने धेरै अगाडि बिते। उनले मलाई बालक कालमा दिएको माया सम्झन्छु अझैपनि बेला बेलामा।
जुँगे साहुले बालाई देख्ने बितिक्कै सोधिहाले ‘सुब्बा साब आज ढिला भएछ त? कान्छा पनि सँगै रहेछ। दशैंको लुगा लिन आएछ कि के हो? उनले मेरा बालाई ‘सुब्बा साब’ भन्थे।
मेरा बाले जवाफ नदिँदै उनले फेरि कुरा थपे ‘लु चिया खाएर जानुस्’ । त्यति भनेर पसल भित्र बोलाए। बाहिर पानी पर्ला जस्तो थियो।
पसल भित्र छिर्ने बितिक्कै बाले एउटा चुरोट निकालेर जुँगे साहुलाई दिँदै अर्को आफ्नो मुखमा चेपेर उत्तर दिनु भयो ‘घरमा भैंसी ब्याउन लाग्यो भनेर कान्छो बोलाउन आएछ। म त एकछिन साथीहरुसँग पप्लु खेल्दै थिएँ।’
‘दशैं लाग्या छ । एकछिन बसौं थापाकाजी भने साथीहरुले । यसो बसेको मात्र थिएँ । यो लिन आएछ।’ बाले मतिर हेर्दै जुँगे साहुलाई जवाफ दिनुभयो।
जुँगे साहुले चुरोट सल्काउँदै मतिर फर्केर सोधिहाले ‘जेरी खान्छौ कान्छा ?’
मेरो जवाफ नआउँ फेरि कुरा थपे ‘ए साँझपख भनेपनि नडाराई आएछन् यी कान्छा।
चलाख छन् कान्छा’ उनले मतिर हेरेर हाँसे ।
फेरि भने ‘ल एउटा जेरी खाऊ है।’
साँझपख हिड्दा भुत लाग्छ भन्ने डर थियो म भित्र। अनि अर्काे कुरा म जाने र बा आउने बाटो फरक परेर पछि फर्कने बेला म एक्लै परें भने ?
‘मैले जेरी खान्छु’ भन्ने संकेतका साथ मुन्टोमात्र हल्लाएँ । उनले प्लेटमा राखेर एउटा जेरी दिए।
बातिर हेर्दै जुँगे साहुले कुरा थपि हाले ‘म पनि पसल बन्द गरेर हिँड्न आँटेको थिएँ। तपाईलाई देखेर उभिएँ।’
बाले चिया पिईसकेर गोजी छाम्नु भयो। त्यतिनै बेला जुँगे साहुले भने ‘भयो सुब्बा साब आज चियाको पैसा पर्दैन। बरु पानी पर्ला जस्तो छ अलि चाडो जानुस। म पनि बन्द गरेर साईकलमा जान्छु।’
हिँड्ने बेला जुँगे साहुले मलाई सोधिहाले ‘ए कान्छा यसपाली पढाईमा तिम्ले जित्ने कि मेरो छोरो कान्छाले हँ ?’
म हाँसे मात्र ।
उनको छोरा र म बालक कालदेखि स्कुल सुरु गर्दाको साथी थियौं। हामी दुईको पढाई राम्रो थियो त्यतिखेर। कक्षामा हामीविच पढाईमा प्रतिस्पर्धा थियो। हामी दुवैले एक अर्कालाई आज भेट्दा पनि एक अर्कामा कान्छा भन्दै संवोधन गर्छौ।
पानी पर्ला जस्तो थियो। जुँगे साहु सँग बिदा माग्दै बा र म घरतिर लाग्यौं।
घरजाने बाटो दुईटा थियो। खोलाबाट जाँदा अलि नजिक पर्थ्यो। गाउँबाट जाँदा अलि टाढा। सायद! बाले जुत्ता लाउनु भएको थियो। हामी गाउँको बाटो गयौं।
एकछिन हिँड्ने बित्तिकै पानी पर्यो। हामी बाटोको छेउमा रहेको केराको बोटमा ओत लाग्यौं। सिमसिम पानी परेको थियो। पानी रहने सुरसार थिएन। बाले केराको दुईटा पात लुछ्नुभयो। एउटा बाले ओड्नु भयो। एउटा मलाई दिनु भयो।
अनि हामी सिमसिमे पानीमा केराको पात आोडेर लुखुर लुखुर हिँड्यौं। गाउँमा बारीको डिलमा आली आली भएको बाटो हिँड्नुपर्थ्यो। बाटोको दुईतिर कोदोबारी हुनाले पानीले कम्मर मुनि सबै लुगा भिजेको थियो।
बाटो अलि अगाडि काटेपछि एउटा खोल्सो थियो। त्यो खोल्सानिर पुगेपछि। बाले फेरी चुरोट सल्काउनु भयो । पानी पँधेरो भन्थे त्यो ठाउँलाई। त्यो ठाउँपुग्दा झमक्क रात परिसकेको थियो। अलि अफ्ट्यारो बाटो थियो त्यहाँनिर। त्यो ठाउँमा भुत लाग्छ भन्थे त्यतिबेला । हामी साना हुदाँदेखिनै।।
दिउँसो भने त्यो ठाउँमा पानी लिन आउँथे गाउँका मानिसहरु। सानो पानी पँधेरो थियो त्यहाँनिर।
बाले चुरोट तान्दै भन्नूभयो ‘बाटो चिप्लो छ । अलि बिस्तारै हिँड् ।’
मैले डराउँदै भनें ‘बा भुत लाग्छ भन्छन् यहाँ त।’
बाको फोटो अगाडि उभिएर उत्तर दिँदै भन्छु ‘छैन बा, छैन । म थाकेको छैन । समाजले मलाई थाक्न दिने छैन। यदि थाकें भनेपनि म तपाईंको हात समातेर पछिपछि हिँडिरहनेछु बा ।’
बाले अलि ठूलो स्वरले भन्नू भयो ‘आगो भएको ठाउँमा भुत लाग्दैन। मेरो हातमा चुरोट छ।’
बाले जे भने पनि म भित्र देखि डराएको थिए। बिस्तारै डराई डराई अफ्ट्यारो बाटो काटें।
झरीले चुरोट निभ्छ भनेर होला बाले चुरोट छिटो छिटो तान्नु भएको थियो। हामी त्यो ठाउँ कटेपछि।
बाले सोधिहाल्नु भयो ‘डराईस्?’ म बोलिन। म नबोलेको देखेर। बाले भन्नू भयो ‘लु नडराई हिँड् म तलाई राजाको कथा सुनाउँछु।’
म बाको पछि लागें । बा अघिअघि हिँड्नु भयो। बाटामा हिँड्दै जादा बाले कथा सुनाउन थाल्नुभयो। बाले सुनाएको कथा यस्तो थियो-
एक पटक एक राजा आफ्ना मन्त्रीसहित जंगलमा सिकार खेल्न निस्किए। सिकारकै क्रममा समय बितेको पत्तो भएन। यसैबीच ठूलो पानी पर्यो।
जंगलको बीचमा एउटी वृद्ध पुरुषको कुटी रहेछ। राजा र मन्त्री दुवै कुटीभित्र छिरेर ओत लागे। वृद्ध पुरुषले दुइटा पिर्का ल्याएर बस्नका लागि अनुरोध गरे। मन्त्री एउटा पिर्का समातेर बसे। तर राजा बस्न मानेनन्, उभिईरहे।
राजालाई केही अभाव महसुस भयो। राजा बेचैन हुँदै यताउता हेर्न थाले। असहज महसुस गर्न थाले। ती वृद्ध पुरुषलाई यस्तो लाग्यो। आसन सानो र नराम्रो भएकाले बस्न मानेनन्। ती राजा हुन् भन्ने पनि ती वद्धलाई थाहा थिएन। तैपनि पानी परेको साँझ, कुटीभित्र छिरेका पाहुना भनेर एउटा पुरानो गलैंचा ल्याएर उनले राजालाई बस्न अनुरोध गरे। तैपनि राजा बसेनन्। वृद्ध अचम्ममा परे।
मन्त्रीले वृद्धलाई असहज नहुन अनुरोध गर्दै भने ‘उहाँ राजा हुनुहुन्छ। सिंहासनबाहेक अरू कुनै पनि आसनमा बस्नु हुन्न।’
राजाले आसन खोजे या राजाको मनले खोज्यो। जे भएपनि राजाले त्यो एक दिनको महत्व र मूल्य बुझे कि बुझेनन्। तर सधैं सिंहासनमा विराजमान हुने राजाले त्यो क्षण एक गरिब वृद्धको संवेदनासँग आफूलाई साक्षात्कार गर्न सकेनन् । उनले वृद्धमाथि संवेदना जगाउन बिर्से। त्यो समय उनको खेर गयो। अस्तित्वगत परीक्षामा उनी सामेल हुन सकेनन्।
राजाको मनभित्रको अस्थिरताका कारण उनको अमुल्य समय खेर गयो । मनले त सधैं त्यस्तै कुरा खोज्छ। जुन पाएपछि अरू चाहना नहोस्। तर त्यो सम्भव छैन। समयले दिएको अवसर राजाले गुमाए।
छाती चौडा, शरीर रुख झैं बढेर मात्र पनि बा जति अग्लो हुन नसकिने रहेछ । बा जस्तै अग्लो हुन त कर्म गर्नुपर्ने रहेछ । म बा जति अग्लो हुन बाँकि नै रहेछ।
कथा सकिए छ क्यारे। बा चुपचाप हुनु भयो।
मेरो बालमष्तिष्कले त्यो बेलामा कथा बुझ्यो कि बुझेन थाहा पाईन। तर कथाको सार सुनाउँदै बाले अगाडि भन्नु भयो ‘हेर कान्छा एक पलले एक दिन बदल्न सक्छ। अनि एक दिनले एक जीवन बदल्न सक्छ । र त्यही एक जीवनले पूरा समाज बदल्न सक्छ । राजाको सिंहासन मोह झैं कुनै पनि कुरामा आफूलाई उचोँ नराख्नु है। मानविय समवेदना नभुलेस् है। एक दिन तँ त्यही समाज बदल्ने जीवन हुनु है कान्छा।’
आफ्ना कुरा राख्दै बाले मेरो शिर माथी हात राख्नुभयो। भिजेको मेरो शिर बाको हातको स्पर्सले तातो भयो।
म बालाई हेर्छु । बाको हात लामा छन्। बाका लामा हात कम्मरसम्म पुगेका छन्। म बाको हात बिस्तारै समाउँछु। मलाई बा झैं अग्लो हुन मन लाग्छ।
बाले मलाई बिस्तारै तान्नु भयो। बाको हात समातेर पछि पछि हिँडें म ।
आकासबाट परेको पानी बिस्तारै घट्यो। बा र म घर पुग्यौं । घरपुग्दा ठुला बा र गाउँका अरु दुईचार जना जम्मा भएका थिए।
बालाई देख्ने बितिक्कै ठुलाबाले भनीहाने ‘भैंसी बेच्नेले तलाँई झुक्याएर बेचेछ भाइ। भँडाल्ने भैंसी परेछ। यस्तो भैंसी ब्याउने बेलामा दु:ख दिन्छ।’
बाले केही जवाफ दिनु भएन। गाउँका केही दाजुभाई र बा भैंसी कुरेर बस्नु भयो। हामी केटाकेटी भात खाएर सुत्यौं।
म बिहान उठ्दा घरमा भैंसी ब्याएको थियो। भैंसीले पाडो पाएको रहेछ। आमाले मलाई सोधीहाल्नु भयो ‘पाडोको के नाम राख्छस् नि कान्छा ?’
आमा म तिर हेरेर हास्नु भयो ‘मैले तुरुन्त आमालाई जवाफ दिएँ- जुने ।
मेरो कुरा सुनेर आमा फेरि हाँस्नु भयो।
के सोचेर ? पाडोको नाम जुने राखें थाहा छैन। तर त्यही जुनेलाई तीन चार वर्षपछि दशैंकै समयमा बेच्दा भने म निकै रोएँ ।
जुनेलाई किनेर लाने मान्छेले पचासको नयाँ नोट मेरो हातमा हालिदिएको याद छ। जुने सँगको विछोड भोगेको तीन दशक भएछ।
आमालाई धर्ती भन्छन्। धर्तीको कथा लेखेर सकिँदैन पनि । मेरी आमा पनि अरुको आमा जस्तै धर्तीमाता हुन्। जननी हुन्। मैले पनि आमाको कथा लेख्न सक्दिन।
बा बितेको तीन वर्ष भयो। बासँग छुट्टिएपनि दशैंको समय आउँदै गर्दा बाले सुनाएको त्यो दिनको कथा सम्झन पुग्छु म ।
आज आएर बाले सुनाउनु भएको कथाको अर्थ बुझ्दै छु म। बाले सुनाउनु भएको कथाको सारले मेरो मनमा जरो गाडेको छ।
बेला बेला अफ्ट्यारो बाटोमा समाएका ती बाको हात सम्झन्छु। बाको हात सम्झेर मलाई ठूलो हुन मन लाग्छ। बाको हात समातेर पछि पछि हिँड्न मन लाग्छ। अफसोच आज म सँग अफ्ट्यारोमा समाउने ती बाका हातहरु छैनन्।
अहिले म बा सम्झेर एकान्तमा टोलाउँ छु। थकित महसुस गर्छु। म टोलाएको देखेर, थकित देखेर म भित्र बस्नु भएको मेरो बाले बेलाबेलामा मलाई सोध्नुहुन्छ ‘कान्छा थाकिस ?’
म बालाई झलझली सम्झन्छु। अनि बाको फोटो अगाडि उभिएर उत्तर दिँदै भन्छु ‘छैन बा, छैन । म थाकेको छैन । समाजले मलाई थाक्न दिने छैन। यदि थाकें भनेपनि म तपाईंको हात समातेर पछिपछि हिँडिरहनेछु बा ।’