आइतबार, मंसिर २३, २०८१

गोरखाली समाज फ्रान्सको अधिबेशनसँगै देउसी-भैलो कार्यक्रम

राजेन्द्र श्रेष्ठ / फ्रान्स२०८१ कार्तिक ३० गते १६:३६

गोररखाली समाज फ्रान्सले तिहारको उपलक्ष्यमा देसी-भैलो कार्यक्रमसँगै आफ्नो अधिबेशनपनि गरेको छ । पेरिसको उत्तर तर्फ जोडिएको ओबरभिलिय शहरमा १० नोभेम्बर २०२४ आइतबारका दिन गोरखाली समाज फ्रान्सले देउसी-भैलो कार्यक्रम गरेको हो ।

कार्यक्रम नेपाली राजदूत सुधीर भट्टराईको प्रमुख आथित्यता भएको हो । कार्यक्रममा नेपाली समाज पेरिसका अभिभावक तथा सम्मानित ब्यक्ति, बिभिन्न मैत्री संगठनका पदाधिकारी लगायत स्थानिय कलाकारहरुको सहभागीता थियो ।

कार्यक्रमको सभापतित्व गोरखाली समाज फ्रान्सका अध्यक्ष रामेश्वर श्रेष्ठ र उपाध्यक्ष सुजनराज भट्टले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । राजदूत भट्टराईले पानसमा दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको हो । आयोजकहरुले नेपाली राष्ट्रिय गानपनि सुनाएका थिए ।

साहित्यकार हरिहर आर्यालले स्वागत मनतब्य, ग्लोबल गोरखाली समाजका अध्यक्षद्वय गोकर्ण ढकाल र गोरखाली समाज बेल्जियमका अध्यक्ष राम घलेले कार्यक्रम सफलताको शुभ कामना दिनुभयो ।

राजदूत भट्टराईले बिदेशमा रहेरपनि नेपालीले आफ्नो पर्व, आफ्नो संस्क्रिति र मौलिकता संरक्षण गरेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले नयाँ पिँढीहरुलाई नेपाल र नेपालीपनसित एकै मालामा उनिरहनपनि यस्ता कार्यक्रम गर्नुपर्ने र त्यसमा समाजले भूमिका खेलेको भन्दै प्रशंगा गर्नुभयो ।

सभापति रामेश्वर श्रेष्ठले समाजको क्रियाकलापको साथै आर्थिक प्रतिबेदन पढेर सुनाउनुपछि समाजका सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिनुभयो ।

दोस्रो चरणको निर्बाचन कार्यक्रममा समितिका संयोजक हरिहर आर्यालले समितिका सद्स्यहरू सुक गुरूङ र सुजन भट्टराईको साथमा निर्वाचन नियमाबली र प्रक्रिया सुनाउनु भई सहमतीय आधारमा चयन १७ सदस्यीय कार्य समितिको नामाबली घोषणा गर्नुभयो ।

समाजको नयाँ कार्य समितिमा अध्यक्ष-सञ्जीब देबकोटा, उपाध्यक्षद्वय- सुजनराज भट्ट र नानू देबकोटा, महासचिब-सुजन बन्जारा, सह सचिब-राजन सिंखडा, कोषाध्यक्ष-कुल तामांग, सहकोषाध्यक्ष-बर्ता गुरुङ हुनुहुन्छ । त्यस्तै सदस्यहरूमा जीवन आले मगर, रबिना सिंखडा, सम्झना भट्ट, रन्जीत श्रेष्ठ, सबिन राना मगर, कुमार श्रेष्ठ, सुदीप दबाड़ी, नवराज बगाले, जीत घले र बिष्णु दबाड़ी चयन हुनुभएको छ ।

नव निर्बाचित पदधिकारीहरू र सदस्यहरूलाई राजदूत भट्टराईले बधाई र कार्य सफलताको शुभ कामना ब्यक्त गर्दै प्रमाणपत्र प्रदान गर्नु भयो ।

नवनिर्वाचित अध्यक्ष सञ्जीब देबकोटाले समाजको लक्ष्य प्राप्त गर्न आफूहरूले सकेसम्म राम्रो काम गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो । सभापति रामेश्वर श्रेष्ठले पनि नयाँ कार्य समितिलाई बधाई दिदै कार्य सफलताको शुभ कामना ब्यक्त गर्दै गर्नुभयो ।

नयाँ कार्य समितिको चयन पछि देउसी-भैलो कार्यक्रम शुरु भएको थियो । देउसी-भैलो कार्यक्रमको प्रारम्भमा सुजनराज भट्ट र बीरू खड़काले देउसी- भैली रोचक पाराले सुनाउनुभयो । सहभागीहरूको दान दक्षिणाबाट समाजको आपतकालीन कोषमा झन्डै दुई हजार पाँच सय युरो संकलन भएको गोरखाली समाज फ्रान्सले जनाएको छ ।

तपाइँको प्रतिक्रिया