भ्रस्टाचारको मुद्दामा फ्रान्सका पूर्व राष्ट्रपती सार्कोजी सर्वोच्च अदालतद्वारा दोषी ठहर
पदमा रहँदा भ्रस्टाचार गरेको आरोपमा मुद्दा खेप्दै आएका फ्रान्सका पूर्व राष्ट्रपती निकोला सार्कोजीलाई फ्रान्सको सर्बोच्च अदालतले दोषी ठहर गरेको छ ।
उच्च राजनितिक अधिकारी भएकाले उनी जेलमै बस्नु नपरेपनि हातमा विध्युतीय ट्याग लगाएर आफ्नै निवासमा जेल सजायँ भुक्तान गर्नुपर्ने छ ।
पुनराबेदन अदलतले फैसला गरेर गरिसकेको उक्त मुद्दालाई सर्बोच्च अदालतले बुधवार सदर गरेपनि सार्कोजी पक्षले मानव अधिकारको लागि युरोपेली अदालतमा उक्त निर्णयलाई अपील गर्ने योजना बनाएको छ ।
६९ वर्षीय सार्कोजी एक वर्ष जेलमा बस्नुपर्छ । एक इलेक्ट्रोनिक ब्रासलेट लगाएर आफ्नै निवासमा बस्न पाउने ब्यवस्थाको अनुरोध गरिने भएको हो । तर सार्कोजीको यहि फैसला सदर भएमा उनी देश छोडेर आफ्नो हिसाबले अन्यत्र जान पाउने छैनन् । उनले आफ्नो भूमि छोड्नुपर्दा अनुमति लिनुपर्ने छ ।
उनी सन् २०२१ मा पेरिस अदालत र २०२३ मा पुनरावेदन अदालत दुबैले भ्रष्टाचार र पदमा रहँदा पदीय अधिकार दुरुपयोग गरेर भ्रस्टाचारमा संलग्न रहेको दोषी ठहर्याएका थिए । उनको मुद्दामा न्यायाधीशलाई घुस दिन खोजेको आरोप लगाइएको थियो । सन् २००७ को चुनावी अभियानको वित्तिय अनुसन्धानको बारेमा गोप्य जानकारीको बदलामा उनले प्रभाव पारेको आरोप थियो ।
सार्कोजीका वकिल प्याट्रिस स्पिनोसीले पूर्व राष्ट्रपतिले उक्त फैसलालाई चुनौती दिन मानव अधिकारका लागि युरोपेली अदालतमा अपील गर्ने बुधवार पत्रकारहरुका सामु बताएका छन् ।
“म मानवअधिकारको युरोपेली अदालतमा यस निर्णय बिरुद्द चुनौति दिन्छु । यसले फ्रान्सका विरुद्ध निन्दा गर्न सक्छ,” ट्विटरमा सार्कोजीले उल्लेख गरेका छन् “म फेरि एक पटक निर्दोष छु भनेर दोहोर्याउन चाहन्छु ।”
सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति रहेका सार्कोजीले २०१७ मा सार्वजनिक जीवनबाट अवकाश लिएका थिए । तर उनले आफ्नो पार्टी युएमपी मार्फत् राजनितिमा सक्रियता देखाउँदै आएका छन् ।
पूर्व राष्ट्रपतीमाथि भ्रस्टाचारको मुद्दा लागेको यो पहिलो पटक नभएपनि सर्वोच्च अदालतले दोषी ठहर्याएर भ्रस्टाचारमा जेल सजायँ तोकेको भने फ्रान्समा गणतन्त्र आएपछिको यो पहिलो घटना हो ।