सोमबार, वैशाख १५, २०८२

पोखरा कटेसी स्याङ्जा, फ्रान्समा पशुपती क्या मज्जा  !   

नेपाल प्लस२०८२ वैशाख १५ गते १७:३४

पोखराबाट देखिने हिमाल मज्जै हुन्छ । झन झन माथी स्याङ्जातिर पुगेपछी हिमाल झन अग्लिन्छन । जती अग्लिँदै जान्छन उति उति झन मज्जा आउँछ । फ्रान्समापनि नेपालीहरुले स्थानीय तरिकाले, स्थानीय कलाकारबाटै मनोरञ्जन त लिन्छन । रमाईलो गर्छन । तर राष्ट्रका अग्ला, चुचुरिएका कलाकार पशुपती शर्मानै उपस्थित भए त्यो मनोरञ्जनको उचाई कती अग्लो होला ? आइतवार पेरिसको कोशेली बफे रेस्टुरेन्टमा राष्ट्रिय कलाकार पशुपती शर्माले पोखरापछी स्याङ्जाको उचाई बढे जस्तै मनोरञ्जनको उचाई थपिदिए ।

गीत, संगित जती लाग्यो हिमाली उचाईको दृष्य जस्तै हो । विशिष्ठ कलाकारले दिने प्रस्तुतिको मज्जा र आनदको उकालो । मनोरञ्जनको उचाई पनि साहसिक यात्राको स्वाद जस्तै हो । फरक स्वाद्, स्पष्ठ गला, राष्टृय स्तरमा चर्चित, त्यो गला र मिठास मिल्ने भए छोपेर यही राखौं जस्तो लाग्ने स्वरका धनाढ्य पशुपती शर्माले मनोरञ्जनको निकै अग्लाईमा पुर्‍याईदिए ।

फ्रान्सका लागि नेपालका आवासीय राजदूत सुधिर भट्टराईले प्रवाशका नेपालीहरुमाझ नेपालका राष्ट्रिय कलाकारले आफ्नो संगित, कला र संस्कृती प्रस्तुत गर्नाले प्रवाशमा नेपालको कला, संस्कृती संरक्षणमा विशेष टेवा पुग्ने बताए । कलाकारहरुलाई स्वागत गर्दै उनले प्रवाशी नेपालीका लागि यस्तो सांगितिक प्रस्तुतिले भरपुर आनन्दको अवशर दिने र आफ्ना कलाकारको सम्मानले नेपालीहरु जता रहेपनि हार्दिकता रहिरहने उल्लेख गरे ।

पेरिस र आसपासबाट आएका नेपालीहरुले यती मज्जा लिए कि कोही त नाच्दा नाच्दा असिन पसिननै बनेका थिए । शर्माको प्रस्तुती अघि मिठा मिठा गीत गाएर तताउने, रमाउने, उमंग भरिदिने काम अर्की लोक गायीका रमिला नेउपानेले गरेकी थिईन । मिठो स्वर, हितैषी पारा, स्रोताहरुप्रतिको उच्च सम्मान ब्यक्त गर्ने कलापनि उनको गज्जबकै थियो ।

पशुपती शर्माको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट’ गीत गाउँदा हलमा पररररररर बजेको तालीको गडगडाहटले नेपालमा कती छ भ्रस्टाचार र मानिस कती आजित छन भन्ने झल्काउँथ्यो । उनले हलबाटै भ्रस्टाचार नगर्न र जसले गरेपनि उसलाई सामाजिक रुपमा नंग्याउन पनि आव्हान गरे ।

गीतकारले गीत त गाउँछ । तर स्रोताहरुलाई एकतृत गर्न सक्ने, जुरुक्क जुरुक्क पारेर निन्याउरो मुद्रामा बसेकालाईपनि जुरुक्कै उठेर हाँस्ने, रमाउने, ताली बजाउने र छमछमी नाच्ने बनाउन सबै कलाकारले सक्दैनन । पशुपती शर्मा अहिलेको चर्चित पशुपती बन्नुको एक कारण पेरिसमा फेरी देखाए । उनले आफूलाई न्युन, साधारण ब्यक्तिका रुपमा लिन आग्रह गर्दै आफ्नो गरिमा झनै बढाए ‘मलाई खासमा म कलाकार हुँ भन्ने नै लाग्दैन । मलाई पशुपती, तपाईहरु जस्तै सामान्य मानिस, अझ काले भनेपनि हुन्छ ।’ मिलनसार बानी, हँसिलो अनुहार, छरितो ज्यान र मुजुरको पंखा जस्तै हेरिराख्न मन लाग्ने मुस्कान । यि सबैले रहेछ पशुपती शर्मा बनाएको । ‘जो नाच्यो ऊ जुगौं जुग बाँच्यो । जो नाच्यो मज्जाले बाँच्यो’ । उनको मन्त्र जस्तै रहेछ । यो मन्त्रले पनि दर्शक, स्रोतालाई उठौं उठौं बनाएको थियो ।

मिठो स्वर र हार्दिकतापूर्ण प्रस्तुतिले स्थानीय कलाकार नवीन के परियारको निकैले प्रशंसा गरे । उनले केहि गीत सुनाए । हललाई रोचकपूर्ण तरिकाले अन्त्यसम्म डोर्‍याए । कोशेली बफे रेस्टुरेन्टका सञ्चालक बिरु खड्का, थानेस कँडेल र  सुजना भट्टराईले कलाकारहरुलाई स्वागत गरे । ‘राष्टृय कलाकारहरुलाई प्रवाशको ब्यस्तताका बिच मनोरञ्जन दिलाउन, हार्दिकता, सामिप्यता बढाउन पाउनु अवशरका रुपमा लिएको बताए । आयोजक कोशेलीले कलाकारहरुलाई मायाको चिनो दिएर भावुक बनाएको थियो । एनआरएनए फ्रान्स, स्याङ्जा समाज, मगर समाज लगायतले कलाकारहरुलाई सम्मान गरेका थिए ।

पेरिसको आडैमा रहेको कोशेली रेस्टुरेन्ट २५० जना भन्दा बढी अटाउने क्षमताको छ । यहाँ नेपाली मम, सेकुवा, भुटनका साथै अन्य नेपाली र भारतीय स्वादका परिकार रोजिरोजी खान पाइन्छ । बिहे, ब्रतबन्ध, भोज, सांगितिक साँझ र अन्य कार्यक्रमका लागी स्टेज, सांगितिक उपकरण (Equipment) सहितको ब्यवस्था छ । पाँच दर्जन बढी मानिसले गर्मीयामको आनन्द लिँदै कौशी (टेरास) मा बसेर खान सकिने सुविधा पनि छ । फ्रान्समा यो सुविधाको रेस्टुरेन्ट नेपालीले खोलेको पहिलो हो ।

 

पहिल्ला दुई तस्विर पशुपती शर्मा र गायीका रमिला नेउपानेलाई विमानस्थलमा स्वागत गर्दाको हो । फोटो : कोशेली रेस्टुरेन्ट

तपाइँको प्रतिक्रिया