लोक गायक पशुपती शर्माले पेरिस तताउने
लोक गायक तथा दोहोरीका बहु चर्चित गायक पशुपती शर्माले पेरिसमा आफ्नो गायन सुनाउने भएका छन । यही आउँदो २७ तारिख आइतवारका दिन पेरिसको काठमा रहेको कोसेली बफे रेस्टुरेन्टमा शर्माले लोक गीत गाएर मनोरन्जन दिन लागेका हुन । शर्मा सँगै अर्की लोक गायीका रमिला नेउपानेको विशेष सांगीतिक प्रस्तुति हुने कोसेलीका सञ्चालक मध्ये एक बिरु खड्काले नेपालप्लसलाई बताए ।
दिउँसो तीन बजेबाट उनीहरुको सांगितिक प्रस्तुती हुने भएको छ । खड्काले नेपालमै बहु चर्चित गायकबाट हुन लागेको यो प्रस्तुतिलाई अवशरका रुपमा नेपालीले लिएको पनि उल्लेख गरे ।
बिदेशमा भएपनि मन, मस्तिस्क र हरेक पल नेपाल सँगै रहने हुनाले यसले नेपालीलाई नेपालसँगको सामिप्यता र नेपालको तृष्णा जगाउने माध्यम बनाउने छ । ‘सधैं सुनिने गरेपनि नेपालकै सुप्रसिद्द लोक गायक, गायीकासित प्रत्यक्ष भेटेरै सुन्न, भेट्न पाउनु प्रवाशका नेपालीका लागि ठूलो अवशर हो’ खड्काले भने ‘यो सांगितिक पर्वमा प्रवाशका नेपालीहरु भेटेर नेपाल प्रतिको माया, स्नेह, चासो र लगन देखाउने मेसोपनि हो । वरिपरिका नेपाली जनसित भेट्ने, भलाकुसारी गर्ने आशा र रहर राखेका छौं ।’
यो सांगितिक प्रस्तुतिमा प्रवेश शुल्क १५ युरो राखिएको छ । सहभागिहरुले रेस्टुरेन्टमा अतिरिक्त दस्तुर तिरेर दर्जन भन्दा बढी नेपाली, भारतीय परिकार स्व इच्क्षा (बफे) ले लिनसक्ने छन । कार्यक्रमका लागि ब्यापक माग रहेकाले ढिलो नगरि आफ्नो स्थान सुरक्षित गर्न पनि सुझाव दिईएको छ । कार्यक्रमको ढाँचा र सम्पर्क यस प्रकार छ :
Entry Fee: 15€ (Food & Drinks Apart)
Date: SUNDAY, 27 April 2025, 3pm onwards
Venue: Koseli
Buffet Restauant, 197 Avenue Paul Vaillant Couturier, 93120 La Courneuve, France
Contact: 01.88.50.05.47
Email: [email protected]