जम्यो फ्रान्समा म्याग्दी समाजको तीज
फ्रान्सको राजधानी पेरिसमा म्याग्दी समाज फ्रान्सले चेलेबेटीहरुको लागि तीज पर्व कार्यक्रम आयोजना गरेको छ ।
आइतवार पेरिस छेउको लाकुर्नव पार्कमा फ्रान्सवासी महिला र पुरुषहरु समेतलाई निम्ता गरेर सामुहिक तीज पर्व मनाएको हो ।
तीजको सन्दर्भमा लगभग पहिलो कार्यक्रम सार्वजनिक आव्हान गरेर निशुल्क मनाईदिएकाले महिला र पुरुषहरुको समेत उल्लेख्य उपस्थिती थियो ।
आइतवार विहान ११ बजेबाटै शुरु गरिएको तीजको दर तथा अन्य भोजन र नाचगान कार्यक्रम ढिलोसम्म चलेको थियो ।
तीजको पर्वमा म्याग्दी समाजले सबै चेलीबेटीलाई सम्झेकोमा अनुग्रहित बनेका थिए । उनीहरु तीजको गीतमा ढिलोसम्म नाचगान गर्दै रमाएका थिए ।
म्याग्दी समाज फ्रान्सका अध्यक्ष ओम गौचनले तीजमा आफ्ना चेलीबेटीहरुको मुख्य पर्वमा सम्झिनुपर्ने दायित्वबोधले यो कार्यक्रम निशुल्क आयोजना गरेको बताए ।
“चेलीहरुको मुख पर्वनै तीज हो । यस्तो बेला प्रवाशका चेलीको माईती भन्नु हामी त हो । हामीले सम्झिनुपर्छ भनेर मनाएका हौं । चेलीबेटीहरु रमाएको देख्दा हामी प्रफुल्ल भएका छौं ।’