शनिबार, साउन ३२, २०८२

पेरिसमा राष्ट्रिय कलाकारसहितको तीज धमाका हुने

नेपालप्लस संवाददाता / फ्रान्स२०८२ साउन २९ गते २१:५४

पेरिसमा अगस्ट १७ आइतवारका दिन राष्ट्रिय कलाकारसहितको तीज साङ्गितिक साँझ आयोजना हुँदै छ ।

लोकदोहोरी समुह, फ्रान्सले आयोजना गर्न लागेको यो कार्यक्रममा नेपालका राष्ट्रिय लोक दोहोरी कलाकार शान्तिश्री परियार र रवीन लामिछानेले विशेष प्रस्तुती गर्ने छन ।

उनीहरुको साथमा फ्रान्स निवासी कलाकार सन्जय थापा मगरको प्रस्तुती पनि रहने छ । फ्रान्सका आधा दर्जना भन्दा बढी स्थानीय नेपाली कलाकारहरुको समेत प्रस्तुती हुने लोक दोहोरी समुह फ्रान्सका नवीन के परिवारले जानकारी दिए ।

अपरान्ह तीन बजे देखि राती १० बजे सम्म हुने यस कार्यक्रमको प्रवेश शुल्क २० युरो छ । यसमा साँझ खानाको ब्यवस्थासमेत गरिएको छ । तर १० वर्ष मुनिका बालबालिकाका लागि भने नि:शुल्क छ ।

राष्ट्रिय रुपमै चर्चित र सुरिला, मिठा स्वरका धनी कलाकारको साथै स्थानीय रुपमा प्रतिभाशाली स्थानीय कलाकारको समेत प्रस्तुति रहनाले यो कार्यक्रमबारे धेरैले चासो र चाख राखेको नवीन के परिवारको भनाइ छ ।

कार्यक्रमको सम्पूर्ण विविरण :

मिति : 17 अगस्त 2025

स्थान : 14 RUE GEORGES POLITZER 93120,

LA COURNEUVE

कसरी पुग्ने ? :

  • Tram 1, Station : hotel de ville,
  • RER B : la Courneuve Aubervilliers)

समय : अपरान्ह तीन बजे देखि राती १० बजे सम्म

 टिकट शुल्क : 20 युरो (खाना सहित) 10 मुनि का बालबालिकालाई निशुल्क

कार्यक्रम संयोजक : गंगा आचार्य र राजु थापा मगर

तपाइँको प्रतिक्रिया