बेल्जियममा कोरोनाका विरामीको उपचार कोरोना संक्रमितबाटै : दुई विरामीकालागि एउटा बेड
बेल्जियमा कोरोना भाईरसका विरामीहरुको उपचार गर्न चिकित्शकहरुको अभाव भएपछि कोरोना संक्रमित चिकित्शकहरुबाटै गर्न थालिएको छ ।
बेल्जियमको लिज क्षेत्र सबैभन्दा बढि कोरोना संक्रमित छ । त्यहाँको सिएचसी मोन्टलगियामा करिब २५० जना चिकित्सकमध्ये एक सय जनालाई कोरोना संक्रमण भएको छ । चितित्सकहरुनै कोरोना संक्रमित भएर उपचारमा बसेपछि त्यहाँका चिकित्शकहरुले स्वैइक्ष्का आधारमा ति केहि चिकित्शकहरुले कोरोना पिडितहरुको उपचार गर्नुपर्नेको बेल्जियमको सिएचसी मोतलेजिया अस्पातालको सघन उपचार कक्षमा कार्यरत बेल्जियन मेडिकल एसोसिएसनका प्रमुख डा फिलिप डाभोसले बताएको डिडब्ल्युले उल्लेख गरेको छ । डाभोसको भनाइमा चिकित्शकहरुको अभावका कारण त्यहाँका चिकित्शकहरुले हप्तामा सातै दिन र २४ सै घण्टा विरामीको सेवामा खटिनुपरेको छ ।
आफ्नो अस्पतालका १० प्रतिशत डाक्टर र नर्सहरुमा कोरोना भाईरसका लक्षणहरु देखिएको उनको भनाई छ । हाल ति घरमा विरामीका रुपमा बसेका छन् । त्यसैगरि बेल्जियमको अत्यधिक संक्रमित क्षेत्र लीजका अन्य अस्पतालमा २० प्रतिशत डाक्टर र नर्समापनि कोरोना भाईइरसको लक्षण देखिएको छ । ति अस्पतालमा चिकित्सक र नर्सहरुको अभाव देखिएपछि कोरोना भाईरसको वाडमा एसिम्प्टोमेटिक (कोरोना संक्रमित तर लक्षणबिहिन) डाक्टर नर्स प्रयोग गर्न बाध्य भएको उनले बताएका छन् ।
“हामीसँग पर्याप्त चिकित्शक छैनन् । त्यसैले अब कुनै समाधान छैन । हामी उनीहरूलाई काम गर्न लगाउन बाध्य छौं । यदि तिनीहरू सहमत भएको खण्डमा मात्रै हो ।”
कोरोना भाईरसबाट संक्रमित चिकित्शक र नर्सहरुलाई कोरोना भाईरसकै रोगीहरुको उपचार गर्ने कक्षमा मात्रै काम गर्न लगाएको उनको भनाई छ । “हामीले कोभिड वार्डका विरामीको उपचारमा मात्रै लगाएका छौं अन्य बिरामीहरूलाई संक्रमित नहोस् भनेर । यो अब सम्पूर्ण देशमा लागू हुने नियम बनेको छ” उनले भने “स्वास्थ्य मन्त्रालयले यो नियम पारित गरेको छ ।”
ति डाक्टरहरू र नर्सहरू एसिम्प्टोमेटिक भएपछि तिनीहरूले बिरामीहरूको हेरचाह गरिरहेका बेला भाइरल भारहरू बढाउन सक्छन् कि सक्दैन ? संक्रमित विरामीहरुबाटै चिकित्शक र नर्सहरुलाई संक्रमणको भार बढाउन सक्छ कि सक्दैन भन्ने विषयपनि उठेको थियो ।
त्यस्ता चिकित्शक र नर्सहरुमा संक्रमणको भार कम भए मात्रै काममा लगाउने डाभोसको भनाई छ । उनीहरुमा संक्रमणको भार कम भएपछि तिनले विरामीमा थप संक्रमण नबढाउने तर्कपनि उनले गरेका छन् ।
कोरोना संक्रमितहरुले आफ्नो वार्डमा स्वाशप्रवाश गर्दा कोरोनाका भाईरसहरु बाहिर फालिरहेका हुन्छन् । तिनको उपचारमा कोरोना संक्रमित चिकित्शक र नर्सहरु आएर उपचार गर्दा मास्क लगाएपनि तिनबाट भाइरसका जिवाणुहरु त बाहिर निस्किन्छन् । यस्ता चिकित्शले निकाल्ने भाइरस त पक्कैपनि विरामीमा सर्न सक्छ । तर डाभोसको
डाभोसको तर्क यस्तो छ – ति चिकित्शकहरुले एफ एफ पि २ मास्क प्रयोग गर्छन् । भाईरस बाहिर नजाओस भनेर उनीहरुलाई यस्तो मास्क कसरि लगाउनुपर्छ भन्ने राम्रो ज्ञान छ । उनीहरूले अस्पतालमापनि जताततै सुरक्षा प्रयोग गर्छन् । उनीहरूले खाना खाने बेला मास्क हटाउनुपर्दा एक विशेष कोठामा जानुपर्छ । आफ्नै भाईरस अन्यत्र नफैलाउन् भनेर त्यस्तो कोठा प्रत्येक घण्टा सफा गरिन्छ । अर्को उपाय भनेको विरामीलाई अस्पतालमा भर्ना नलिनु हो ।
डाभोस भन्छन् “विरामीहरु मर्ने कि कोरोना भाईरस संक्रमण भएका डाक्टरबाट उपचार नलिने भन्नेमा एउटा बिकल्प छनौट गर्न बाध्य छन् । कोहिपनि विरामीले मर्ने छनौट गर्दैनन् ।”
अस्पतालका चिकित्शकहरु आफ्नै जिवन जाने त होइन भनेर डराउने गरेका छन् । डाभोसको अस्पतालमा यो एक समस्या भएको छ । किनभने त्यहाँका अधिकांश डाक्टरको उमेर ६० वर्षभन्दा माथि छ । त्यसैले उनीहरु धेरै डराउने गरेका हुन् । त्यो उमेरका डाक्टरलाई सकेसम्म गैर कोभिड वार्डमा पठाएर युवा डाक्टरहरु कोभिड वार्डमा परिचालित गर्ने गरिएको छ ।
अघिल्लो सोमवार त्यहाँको अस्पतालमा कार दूर्घटनामा परेको विरामी हेलिकप्टरले ल्यायो । त्यो हेलिकप्टर एम्बुलेन्सले त्यहाँको अस्पतालमा बेड मागेकोथियो । वरिपरिका सबै अस्पतालहरूले ति विरामी लिन अस्वीकार गरेपछि एम्बुलेन्स फर्कियो, विरामी लिएरै । त्यो हेलिकप्टर नजिकैको अर्को अस्पताल गयो । त्यहाँपनि त्यस्तो विरामी लिन पाउने प्रावधान थिएन । तर अस्पतालले त्यस्तो विरामी लिन पाउने अधिकार नभएपनि बेड दियो । यस्तो अवस्थाको विरामीको उपचार गर्न अस्पताल बाध्य थियो । यो घटना सुनाउँदै डाभोसले भनेका छन् ” हामी अहिले बेल्जियममा धेरै गाह्रो अवस्थामा छौं ।”
बेल्जियमको तथ्यांकले भनिरहेको छ, अब केहि दिनमै विरामीहरु त्यहाँका अस्पतालले धान्न सक्ने छैन । अब त्यहाँका विरामी जर्मनीतिर स्थानन्तरण गरिनुपर्छ । अब बेल्जियमसित मात्रै दुई बिकल्प रहने छन् : कि त विरामीहरु जर्मनी पठाउने । वा ट्रियाजसिस्टम(विरामीको गम्भिरता अनुसार कसलाई उपचार गर्ने र कसलाई नगर्ने भन्ने निर्णय) गर्नुपर्नेछ । यसको मतलब त्यहाँ दुई जना विरामीकालागि एउटा बेड मात्रै रहने छ । दुई जना मध्ये एक जना कसलाई लिने भन्ने निर्णय गर्नुपर्ने छ । सामान्यतया यस्तो छनौट आतंकवादमा, युद्धमा, आणविक विस्फोट जस्ता प्रकोपमा गरिन्छ ।
(फोटो- Association Belge de syndicats médicaux)