आइतबार, जेठ ६, २०८१

पत्रकार घिमिरेको ज्यान लिने धम्की, माफी नमागे कानुनी कारवाहि अगाडि बढाइने

नेपालप्लस न्युज डेस्क२०७७ भदौ २ गते ६:०१

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय संजाल (इन्जा) युरोपकी कोषाध्यक्ष बेल्जियम निवासी पत्रकार निलम घिमिरे सापकोटालाई ज्यान लिने धम्कि दिईएको छ । बेल्जियमकै विरेन्द्र मल्ल लगायतको टोलीले ज्यान मार्ने धम्की दिएको प्रति इन्जा युरोपको गम्भीर ध्यानाकर्षण भएको ईन्जा युरोपले एक प्रेस बिज्ञप्ती जारि गर्दै जनाएको छ ।

नेपालप्लस अनलाइनमा लिखित “बेल्जियममा तिन दर्जन भन्दा बढि नेपालीमा कोरोना : चार जना आइसियूमा” शीर्षकको समाचारलाई लिएर मल्ल सहितका ब्यक्तिहरुले पत्रकार घिमिरेलाई अपशब्द प्रयोग गर्दै रातको समयमा घर घेरेर दुर्व्यवहार गरेको थियो । समाचारको विषयलाई लिएर ज्यान मार्ने सम्मको धम्की दिएकोमा इन्जा युरोपले निन्दा गरेको छ ।

इन्जा युरोपका तर्फबाट महासचिव दिपक धितालले जारि गरेको बिज्ञप्तीमा ‘राती राती फोन गर्दै घिमिरे पतिलाई समेत बाँकी नराख्ने’ भन्दै निरन्तर आएको धम्कीप्रति इन्जा युरोप चुप रहेर बस्न नसक्ने उल्लेख छ ।

समाचारमा उल्लेखित बिषयहरुमा चित्त नबुझे कानूनी रुपमा उपचार खोज्ने, सम्बन्धित संचार माध्यममा खण्डन पठाउने लगायतका विभिन्न उपाय हुँदाहुँदै ब्यक्तिगत रुपमा दुर्व्यवहारमा उत्रिनु बिल्कूल गलत र भत्सर्नायोग्य रहेकोपनि इन्जाको बिज्ञप्तीमा छ ।

कोरोना महामारीको यो संकटमा कोरोना नियन्त्रणका लागि सम्बन्धित देशले ल्याएको नियमको बर्खिलापमा गएर न्युयूनतम सावधानीका उपाय समेत अबलम्बन नगर्ने सो सऊहले उल्टै कोरोनाबाट जोगिउँ र जोगाउँ, समूदायमा कोरोना फैलन नदिउँ भन्ने उद्देश्यले प्रकाशित समाचारलाई लिएर पत्रकार घिमिरे माथि दुर्व्यवहारमा उत्रनु अशोभनिय भएको भन्दै बिज्ञप्तीमा भनिएको छ “निर्भीक रुपमा सत्यतथ्य समाचार प्रेषण गर्ने पत्रकारको कर्मलाई धम्कि र दुर्व्यवहारले कुनै फरक पार्ने छैन ।”

पत्रकार घिमिरे प्रति भएको दुर्व्यवहारको फेरी पनि घोर निन्दा गर्दै दुर्व्यवहारमा उत्रनेहरुले यो कदम गलत भएको र आगामी दिनमा यस प्रकारका गल्ती गर्ने छैनौं भनि माफि माग्न ईन्जा युरोपले गम्भीर चेतावनी दिएको छ ।

बिज्ञप्तीमा अब उप्रान्त यस प्रकारका गतिविधी जारी रहेमा सम्बन्धित मुलुकको कानून बमोजिम पत्रकार घिमिरेको सुरक्षाको निम्ति आवश्यक कानूनी सहयोग खोज्न संस्था अघि बढ्ने समेत उल्लेख छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक