सोमबार, वैशाख ३१, २०८१

ईटालीमा हिमनदी खस्ने खतरा, दर्जनौंलाई अन्यत्र सारियो

नेपाल प्लस२०७७ साउन २६ गते १५:३७

युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँको ईटालीयन क्षेत्रमा पर्ने एउटा हिमनदीको ठूलो भाग खस्ने खतरा देखिएपछि दजनौंलाई ईटालीको कुरमायर शहरमा सारिएको छ । होरासेक ग्लासियर नाम दिइएको उक्त हिमनदी खसेर ईटालीतर्फको भाल दाओस्ता नगरपालिकाका नागरिक जोखिममा पर्न खस्ने खतरा देखिएपछि एकाएक उद्दार गरेर त्यहाँ सारिएको हो ।

मोब्लँको ईटाली क्षेत्रमा पर्ने भाल फेरेतमा जान हाल प्रतिबन्ध गरिएको छ । हिमनदीको खस्न लागेको भनिएको त्यो भाग खसेमा यो गाउँलाईनै जोखिममा पार्नसक्ने देखिएपछि यो गाउँ खाली गरिएको हो । यो हिमनदी खसेमा त्यसमा पानीको क्षमता पाँच लाख क्युविक मिटर छ । यो भने ८० मिटरको बरफले भरिएको एउटा फूटबल मैदान जत्रै हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक