प्रेम पात्र
प्रियतम …….!
राजधानीको एउटा कुनामा म, धर्तीको अर्को कुनामा तिमी छौं ।
यसबेला रातको करिब १२ बज्ने तरखर गरिरहेछ घडीले । काखमा बाघको आकृतवाला ‘डल’ छ । अर्कोतिर सिरानी । अगाडि ल्यापटपमा रामायणका सिरियल ‘स्टेप बाई स्टेप’ अगाडि बढिरहेछन् । जसरि तिमी सँगको प्रेम दिनानुदिन सिखर लम्किहेछ मोबाइलमा पटकपटक आँखा दौडिरहन्छन । तिम्रै म्यासेज र फोनको कति महत्व छ !
यतिबेला जुन कुरा तिमीलाई बताउनसम्म सकिरहेकी छैन । केहि चाहिको छैन यो मनलाई । हुन त सबथोक चाहिन्छ भौतिक संसारलाई । यति बुझ्दाबुझ्दैपनि मुटुमा गाँठो कसिैदै गइरहेछ । बोल्न या केहि भन्नै नसक्ने यो अवस्थामा केवल म तिमीलाई संझिरहेछु । संझिनपनि चाहेजति सक्दिन । डर छ, कतै वेबले डसिदिने हुन् कि तिमीलाई ! बिथोलियौ भने के गरँला भन्ने सोचेर ।
साँच्चै प्रेम गर्न सजिलो हुँदोरहेनछ । र त आफै -आफै हुने कत्ती कुराहरलाई पनि अड्कलीरहेछु । मैले तिमीलाई ‘केयर’ नगरेको गुनासो सुन्दापनि मन चस्किन्छ ।
हो प्रिय !
म सजग रहनलाई सचेत हुन खोजें । तिमी भने सिंगल नहुनुको कारण अल्मलियौ ।
तिमीलाई थाहै छ, म तिम्रो यात्रामा बाधक हुनै सक्दिन र त कति मन बाँधेर हरेक पल तिम्रो प्रतिक्षा गरिरहन्छु ।
हिजो मात्र हो, देशको संकटकालिन अवस्थालाई देखेर आफन्तजनले ‘लिन पठाउँछु’ भन्दापनि जानै सकिन । मन नै मानेन । अरुले देख्नुमा कति कठिन छ, असहज छ, त्यति नै मलाई सरल लागिरहेछ । कारण तिमी हौं । जुन दिनदेखि तिम्रो दर्शन पाएकि हुँ त्यहि दिनदेखि म बस्ने कुटिभित्र तिमीसँग जोडिएका हरेक घटना साक्षी छन् । संवाद होउन् वा अन्य विषयवस्तु, यत्रतत्र छरिएका छन् । मेरो ह्रिदय प्रस्फुटित प्रेम यहि कुटीभित्र उत्पत्ती भएको हो ।
नादान वालकलाई जस्तैगरि सम्हाल्ने कतिब्यबोध गरेका तिमीले नै दिन वा दिन वच्चा जस्तै बनाउँदै गयौ ।
आफूभित्रको शुन्यताको अनुभूति तिम्रो आवाजबाट शुरु हुन थालेको छ । नत्र म आफूलाई नै थाहा हुने थिएन । आफ्नो निरव स्वाभाव बारे !
प्रिय ! उसो त प्रेम जस्तो पवित्र चिजको बयान गर्ने समय नै भएको छैन कि ? तिम्रो स्पर्श, सुगन्ध, धड्कन तिम्रै छातीको सिरानीसँगै अँगालों महसुस नगरेसम्म कुन अनुभूतिलाई शब्दमा उतारुँ ? तिम्रो दिब्य रुपको दर्शन, मन्द हाँसोको अलावा पिता, माता, बन्धुको छवी निभाउन जानेका एउटै पात्र तिमीलाई यो मध्यरातको कलमबाट प्रेमिल संबोधन मात्र गर्छु……. ………..
(८ अप्रिल २०२०, काठमाडौं ।)
क्रमश :