लकडाउनले गर्दा विश्वमा ३ करोड १० लाख यौन हिंसाका थप घटना, ७० लाख अनावश्यक गर्भधारण
कोरोना भाईरसँगै विश्वब्यापी दुई महत्वपूर्ण घटना जोडिएर आएका छन् । एक त कोरोना भाईरसबाट विश्वको कुनैपनि देश कुनै न कुनै प्रभावबाट मुक्त छैन । अर्को कोरोना भाईरस पछि भएको लकडाउनका बेला विश्वभरि महिला माथिको घरेलु हिंसामा बृद्दी भएको छ ।
नाइजेरिया र दक्षिण अफ्रिकामा बलात्कारको घटना बढ्दो छ । पेरुमा बेपत्ता हुने महिलाहरूको संख्या बढेको छ । ब्राजिल र मेक्सिकोमा महिलाहरूको हत्याको दर उच्च रुपमा बढेको तथ्यांकले बताउँछ । युरोपमा भने अलि भिन्न छ । यहाँ यौनिक (सेक्सुअल) हिंसाको दरले सामाजिक संस्थाहरुको चासो र चिन्ता बढाइदिएको छ । तिनलाई निगरानीको उच्च खाँचो रहेको औंल्याइदिएको छ ।
सेप्टेम्बरको अन्तमा जारी गरिएको संयुक्त राष्ट्रसंघको तथ्यांकका अनुसार लकडाउनले अर्जेन्टिनामा २५ प्रतिशत, साइप्रस र फ्रान्समा ३० प्रतिशत र सिंगापुरमा ३३ प्रतिशत संवन्धित निकायमा घरेलु दुर्व्यवहारको रिपोर्ट गर्ने गुनासो वा फोन कल बढेको छ ।
अनिवार्य रूपमा सबै देशहरूमा कोरोना भाइरसको विस्तारलाई सीमित गर्ने उपायहरूको परिणामस्वरूप महिला र बच्चाहरू घरमा सीमित छन् । तर महिला र वालवालिकाका लागि आफ्नै घर सुरक्षित साबित भएनन् । आफ्नै घरमा ति हिंसाका शिकार भएका छन् ।
“घर महिलाहरूको लागि सबैभन्दा खतरनाक ठाउँ हो” मोरक्कोका एसोसिएसनहरूले अप्रिलमा सार्वजनिक गरेका थिए “आपतकालिन सहयोग” को लागि त्यहाँका महिला र वालवालिकाहरुले संवन्धित अधिकारीहरुसित याचना गर्दै भनेका थिए ।
भारतको मुम्बैमा बस्ने ३३ वर्षिया हीना (उनको वास्तविक नाम होईन) जो भान्छे हुन्, उनले भनिन् “म घर भित्रै बन्देजमा परेकि छु । मेरो पती काम गर्दैनन् । लागूपदार्थ सेवन गर्ने र हिंस्रक गतिविधी देखाएका छन्” । यसो भनिरहँदा उनका आँखाबाट आँसुका भेल बगेका थिए ।
“लागू पदार्थ किनेपछि उसले आफ्नो बाँकी दिन या त फोनमा पब्जी खेल्दै बिताउँछ वा मलाई कुटपिट र दुर्व्यवहार गर्छ” उनले एएफपीलाई टेलिफोनमा भनिन् ।
अगस्ट १५ मा उनका पतिले हेनालाई पहिलेभन्दा नराम्रोसित कुटपिट गरेका थिए । त्यसपछि उनका सात वर्षीय छोराको अगाडि बिहान ३ बजे घरबाट बाहिर निकाला गरेका थिए ।
“मेरो कतै जाने ठाउँपनि थिएन । आफ्नो शरिर मुस्किलले चलाउनसक्ने अवस्थामा पुगेकि थिएँ । मेरो पतीले मलाई कुटपिट गर्यो । कुटाईले मेरो शरीर फुलेको थियो” निनाले सुनाईन् ।
प्रहरीकहाँ जानुभन्दा उनी भागेर एक साथीको घर गइन् । त्यहाँबाटै बाउ आमाको घर पुगिन् । उनी हाल आफ्नो छोराकालागि लडाइँ गर्दै छिन् । छोरो नदेख्दा यात्रनागृहमा बसे जस्तै अनुभव उनलाई भयो । उनले अदालतमा मुद्दा दायर त गरेकि छन् । तर कोरोना भाईरसले गर्दा अदालतहरुले पूर्ण क्षमतामा काम गर्न पाएका छैनन् । र ढिलो भैरहेको छ । उनले आफ्नो छोरो चार महिनासम्म भेट्न पाइनन् । तर बाबुको आँखा छलेर छोरोले आफ्नी आमालाई बेला बेला फोन गरिरहन्छ ।
यो केवल अदालतहरुको समस्या मात्र होइन जुन भाइरसले अवरुद्ध पारेको छ । व्यवसाय र स्कूलको लकडाउनका साथै सांस्कृतिक र एथलेटिक गतिविधिहरूले पीडितहरूलाई हिंसाबाट उम्कने उपायहरूलाई खुम्च्याइदिएकाले ब्यक्तिको सुरक्षा कमजोर पारेको छ । आर्थिक सुरक्षालाई त झनै प्रभाव पारेकै छ ।
इराकी महिला नेटवर्ककी हाना एडवारले एएफपीलाई बताइन् “तालाबन्दी पछाडि परिवारका लागि सामाजिक आर्थिक स्थितिमा खतरनाक गिरावट आएको छ । धेरै परिवार गरीबीमा फसेका छन् जसले हिंसात्मक प्रतिक्रिया निम्त्याइरहेको छ “।
ब्राजिलमा सन् २०२० को आधा समयमै ६४८ जना महिलाको हत्या भएको थियो । सामाजिक सुरक्षाकालागि ब्राजिल फोरमको तथ्यांकका अनुसार सन् २०१९ को सोही अवधिमा भन्दा थोरै बृद्धि भएको हो ।
सरकारले महिलालाई आफ्ना समस्या र गुनासा दर्ताकालागि प्रोत्साहित गर्न अभियान चलाएको छ । तर फोरमले पीडितलाई सहयोग पुर्याउने उपाय अपर्याप्त रहेको बताएको छ ।
विश्वव्यापी रूपमा संयुक्त राष्ट्रसंघले भनेको छ कि आठ वटा देश मध्ये केवल देशले मात्रै महिला र वालवालिकामा महामारीको प्रभाव कम गर्नका लागि कदम चालेको छ ।
स्पेनमा, पीडितहरूले सावधानीपूर्वक फार्मेसीमा गएर घरेलु हिंसामा परेमा मद्दतको लागि “मास्क १९” कोड प्रयोग गरि सहयोग माग्न सक्छन् । केहि फ्रान्सेली संघ संस्थाहरूले सुपरमार्केटमा सम्पर्क बिन्दु स्थापना गरेका छन् ।
पेरिस नजिकैको शपिंग मलमा काम गर्ने संघका सहायक निर्देशक सोफी कार्ट्रनले भनिन् “हामीकहाँ आएका महिलाहरू असहनीय, खतरनाक अवस्थामा थिए । लकडाउनले मौनताको पर्खाल स्थापना गर्यो ।”
नोभेम्बर २५ मा महिला विरुद्ध हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस राखिएको थियो । तर कोरोना भाईरस महामारीका कारण विभिन्न प्रतिबन्धले गर्दा यो हुने हो कि होइन अनिश्चित छ ।
यहि हुँदाहुँदैपनि महिला अधिकारका लागि प्रदर्शनीहरु हालसालै पोल्याण्ड, फ्रान्स, स्विजरल्याण्ड, कोस्टारिका, ग्वाटेमाला, लाइबेरिया, नामिबिया र रोमानियामा भइसकेका छन् ।
त्यसो त, समान कामकालागि महिला र पुरुषलाई दिईने तलब र पारिश्रमिकपनि असमान छ । यो कोरोना भाईरसका बेला झन फराकिलो हुँदै गएको छ । यसलाईपनि साँघुरो पार्नुपर्ने चुनौति सरकारहरुको छ ।
लिंगिय आधारमा हुने हिंसा त झनै बढेको छ । यस्ता परिणामहरु गम्भिर देखिएका छन् ।
जुलाईमा, संयुक्त राष्ट्र संघले ६ महिनाको लकडाउनका कारण विश्वमा ३ करोड १० लाख यौन हिंसाका अतिरिक्त घटना भएको हुनसक्ने औंल्याएको छ । त्यस्तै ७० लाख अनावश्यक गर्भधारण हुने अनुमान गरेको छ ।
संयुक्त राष्ट्रले चेतावनी दिएको छ – यो स्थितिले महिला जननांग (जेनिटल) विक्रिति र जबर्जस्ति विवाह विरुद्दको लडाईलाईपनि कमजोर तुल्याएको छ ।
(फँस २४ डट कम, ए एफपी, न्युज २४ का साथमा नेपालप्लस डट कम)