शनिबार, वैशाख १५, २०८१

कोरोना बिरुद्दको खोप लिन ५९ प्रतिशत फ्रान्सेली मात्रै इच्क्षुक, खोप जनवरिबाटै शुरु गर्ने तयारि

नेपाल प्लस२०७७ मंसिर १० गते १४:०९

फ्रान्सले कोरोना भाईरस बिरुद्दको खोप जनवरि महिना (नयाँ वर्ष २०२१) बाट शुरु गर्ने भएको छ । युरोपियन मेडिसिन एजेन्सीले यो खोप अनुमोदन गरेमा फ्रान्सेली सरकारले यो खोपलाई जनवरीमा राष्ट्रव्यापीरुपमै खोप दिने लक्ष्य लिएको बताएको छ ।

अमेरिकी बायोटेक पछि मोडर्नाले कोभिड १९ लाई रोकथाम गर्न एकदमै उच्च सफलता दर घोषणा गरेको एक हप्तामा दोस्रो कम्पनी आएपछि फ्रान्सका स्वास्थ्य अधिकारीहरूले यसलाई व्यापक खोप अभियान अन्तर्गत तत्काल शुरु गर्न तयार भएको जनाएका छन् ।

सरकारका प्रवक्ता गेब्रियल अटलले फ्रान्स २ टेलिभिजनलाई भने, “हामी युरोपियन र राष्ट्रिय स्वास्थ्य अधिकारीहरूले यो खोप स्वीकृत गरेको खण्डमा प्रक्षेपणका लागि तयार हुन अभियानको तयारि गर्छौं ।”

युरोपियन औषधि एजेन्सीले यो वर्षको अन्त्यसम्ममा पहिलो खोप स्विकृत गर्न तयार हुनसक्ने उल्लेख गर्दै एटेलले भनेका छन् ” फ्रान्सले विभिन्न फर्मास्युटिकल कम्पनीहरुबाट करोडौं डोजको विकल्प राखेको थियो । त्यस अनुरुप कोविड १९ बिरुद्दको खोप दिन जनवरिबाटै तयारी गरिरहेको छ ।”

फ्रान्सले कोरोन अबिरुद्दको खोपकालागि एक अर्ब ५० करोड युरोको बजेट छुट्याएको छ ।

“अन्तिम विकल्प त्यस्तो खोपको लागि हुनेछ जसले स्वास्थ्यको लागि थोरै जोखिम पनि स्रिजना नगरी महामारीलाई हटाउने उत्तम अवसर दिन्छ” उनले भने ।

गत सेप्टेबर महिनामा प्रकाशित एक सर्वेक्षण अनुसार ५९ प्रतिशत फ्रान्सेलीहरु मात्रै कोरोना बिरुद्दको खोप लिन इच्क्षुक छन् । जबकि विश्वब्यापी रुपमा भने ७४ प्रतिशत नागरिक यस्तो खोप लिन चाहन्छन् । त्यसैले फ्रान्सेली प्रधानान्त्री जँ कास्तेकले भनेका थिए ” मलाई डर छ कि पर्याप्त फ्रान्सेली नागरिकहरुले खोप नलगाउने हुन् कि ?”

तपाइँको प्रतिक्रिया