क्रिसमसमा झन बढ्ने डरले युरोपभरि कोरोना भाईरस रोक्न कडा प्रतिबन्ध गरिने

लण्डनमा क्रिसमस अगाडि लागेको भिड
कृस्चियनहरुको राष्ट्रिय पर्व क्रिसमसका बेला कोरोना भाईरस धेरै फैलिनसक्ने त्रासले युरोपेली युनियनका देशहरुमा कडा प्रतिबन्ध लगाइने भएको छ ।
संयुक्त राज्य अमेरिकामा नयाँ संक्रमणको संख्या उच्च भएको रिपोर्ट आएपछि थुप्रै युरोपेली देशहरूले बुधबारबाटै क्रिसमस पर्वमा हुनसक्ने भिडलाई मध्यनजर गरेर कोरोना भाइरस थप फैलिन नदिन कडा प्रतिबन्ध लगाएका छन् ।
मोडेर्ना कोविड भ्याक्सिनको सकारात्मक मूल्यांकनले महामारीको अन्त्य हुने आशालाई बढावा दिएपनि एउटा अध्ययनले कम्तिमा पनि गरिव देशका पाँच भागको एक भाग जनसंख्यालाई खोप सजिलै उपलब्ध नहुने देखाएको छ । भाईरसले गरिब र धनी नभनी जसलाईपनि आक्रमण गर्नसक्ने हुनाले कोरोना संक्रमण रोकथामको प्रयास विश्वभरिनै हुनुपर्ने भन्दै धनी देशमा मात्रै उपलब्ध हुनाले भाईरस नरोकिने चेतावनी विशेषज्ञहरुले दिएका छन् ।
विशेषज्ञहरुको चेतावनीपछि खोपका लागि दौडिरहेका धनी देशहरुलाई नैतिक र प्राविधिक रुपमापनि थप अप्ठेरोमा पारेको छ ।
युरोपमा भाइरसको महामारी फेरि ह्वात्तै बढेपछि जर्मनीले गैर-अनिवार्य वस्तुका पसल र स्कूलहरू बन्द गर्यो । बेलायतमा धेरै क्षेत्रमा फेरि अंकुश लगाइयो । नेदरल्याण्डले यस प्रतिबन्धहरूलाई थप कडाई गर्यो ।
जर्मनीले वसन्तमा आएको पहिलो छाललाई तुलनात्मक रूपमा राम्रो सामना गरेको थियो । तर यसले हालका महिनाहरूमा त्यति सफलता हासिल गर्न सकेको छैन र त्यहाँ भाईरसको संक्रमण बढिरहेको छ । जर्मनीका स्वास्थ्यमन्त्रीले युरोपियन युनियनले फाईजर-बायोटेक खोपलाई क्रिसमस अघिनै अनुमोदन गर्नुपर्ने चाहना ब्यक्त गरेका छन् ।
युरोपेली संघका २७ वटै सदस्य देशहरूले एकताको संकेतको रूपमा कोभिड १९ खोपलाई एकै दिनमा सुरु गर्ने लक्ष्य लिएको युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेनले आज बुधबार बताएकि छन् ।
युरोपेली संसदमा उनको भनाईले संयुक्त राज्य अमेरिका र बेलायतको खोप अभियानसितै अगाडि बढ्न युरोपेली युनियनका देशहरुलाई दबाबमा पारेको छ । अमेरिका र बेलायतले युरोपमा बनेको फाइजर-बायोटेक खोप लगाउन थालिसकेको र आफ्नै भूमीमा बनेको खोप आफूहरुलेनै लगाउन नसक्दा युरोपलाई दबाब परेको हो ।
उच्च संक्रमण संख्याले बुधबार लन्डनलाई मध्य र उत्तरी बेलायतको ठूला भागहरूमा कडा, आर्थिक पीडादायी प्रतिबन्धहरूमा सामेल हुन बाध्य पारेको छ ।
पब, बार, रेष्टुरेन्ट र अन्य आतिथ्य साइटहरू बन्द हुनेछन् । टेकअवे बाहेक, थिएटर र अन्य मनोरन्जन स्थलहरूसमेत बन्द गर्ने निर्णय गरिएको छ ।
नेदरल्याण्ड्स, फ्रान्स र टर्कीले पनि क्रिसमसको छुट्टीको मौसममा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
अहिले विश्वमा सात करोड ३० लाखमा कोरोना भाईरस संक्रमित भैसकेको छ भने एक करोड ६० लाखको ज्यान गैसकेको छ ।
पछिल्लो समयमा अमेरिका कोरोन अभाईरस संक्रमणको माथिल्लो सूचीमा छ । मंगलवार मात्रै अमेरिकामा २ लाख ४८ हजारमा कोरोना संक्रमण भएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा यो अवस्था गम्भिर भएको छ जहाँ अधिकारीहरूले लास राख्न हजारौं अतिरिक्त झोलाको अर्डर दिएको फँस २४ न्युजले उल्लेख गरेको छ । एक करोड जनसंख्या भएको लस एन्जलसका अस्पतालमा १०० भन्दा कम सघन उपचार कक्ष मात्रै खालि थिए ।
अमेरिकाले फाइजर-बायोटेक भ्याक्सिन प्रयोग गर्न थालेको छ । खाद्य तथा औषधि प्रशासनले मंगलबार मोडेर्नाले उत्पादन गरेको खोप बाहेक अन्य बिकल्पका बारेमापनि छलफल गरेको छ । छलफलमा अन्य कम्पनीका खोपका बारेमापनि ब्रिफिङ भएको छ । अन्य खोपलाई आपतकालिन रुपमा अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे समेत छलफल भएको फ्रँस २४ न्युजले उल्लेख गरेको छ ।
अमेरिकाको स्वास्थ्य तथा खाद्य नियामक एजेन्सीले कोरोना भाईरसको परिक्षण घरमा समेत गर्न पाउने अनुमोदन गरेको छ । आवाश ग्रिहहरुको स्वागत कक्ष (काउन्टर) मै परिक्षण गर्न पाउने र त्यसको रिपोर्ट २० मिनेटभित्रै दिने निर्णय गरिएको छ ।