‘निर्मला पन्तको बलत्कारी खै ?’ लेखेको टिसर्ट लगाउने युवा ओलीको कार्यक्रमबाट पक्राउ
पस्चिम धनगढीमा आज शुक्रबार आयोजित सभालाई सम्बोधन गर्न पुगेका कामचलाउ प्रधानमन्त्री केपी ओलीको कार्यक्रममा एक युवालाई “निर्मला पन्तको बलत्कारी खै ?” लेखेको टिसर्ट लागएकाले पक्राउ गरिएको छ ।
धनगढीको कार्यक्रमलाई ओलीले संवोधन गर्ने क्रममा मन्चको नजिकै एक युवा “निर्मला पन्तको बलत्कारी खै ?” लेखिएको टिसर्ट लगाएर उभिएका थिए । त्यो देखेपछि ति युवालाई तत्कालै प्रहरीले पक्राउ गरेको हो । ति युवा को हुन् भन्ने अझै खुलेको छैन । “निर्मला पन्तको बलत्कारी खै ?” भन्ने टिसर्ट लगाएकै भरमा पक्राउ गरिनु ओली सरकारमा कानुनी राज्यको उपहास भन्दै सामाजिक सन्जालमा आलोचना शुरु भएको छ ।
आफ्नै प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब एक वर्षदेखि अनुपस्थित प्रधानमन्त्री ओली एकाएक धनगढी पुगेका हुन् । त्यहाँ गएर उनले पुरानै शैलीमा उखानटुक्का हाल्ने, आफ्नो गुणगाण गाउने र नेकपाका पूर्व सहयात्रीहरुलाई गाली गर्ने गरे ।
(फोटो- लेखक भुपीन खड्काको फेसबूकबाट)