बिहीबार, वैशाख २०, २०८१

एक जना बेलायतीद्वारा १२० भन्दा बढि स्विसहरुमा कोरोना संक्रमित, नर्सिङ होममा तनाव

नेपाल प्लस२०७७ माघ ५ गते १५:२७

स्विजरल्याण्डमा स्की खेल्न आएका एक वेलायतीबाट एक सय २० जनाभन्दा बढि स्विस नागरिकमा बेलायती रुपको कोरोना भाईरस सएको स्विसहरुले दाबी गरेका छन् । त्यसबाहेक अन्य नर्सिङ होममापनि बेलायती रुपको कोरोना भाईरस सरेको छ ।

स्विजरल्याण्डले वेन्जेनको माउन्टेन रिसोर्टसमेत गरी बेलायती रुपको कोरोना भाईरसबाट अत्यधिक संक्रमित भएकामा १२० जना फेला परेका छन् । त्यहाँ एकल बेलायती पर्यटकले उत्परिवर्तित भाइरसलाई यस क्षेत्रमा ल्याएको दाबी स्विसहरुको छ । यहाँ नयाँ रुपको बेलायती कोरोना भाइरस फैलिएपछि विश्व स्की कप दौड रद्द गरियो । तिसिनो सरकारले नर्सिङ होम प्रकोपसँग सम्बन्धित विरामी मध्ये कसैको मृत्यु भएनभएको केहि खुलाएको छैन ।

बेलायतमा उत्परिवर्तित (रुप बदलि भएको) कोरोना भाईरसले स्विजरल्याण्डका नर्सिङ होमहरुमा थप तनाव दिएको छ ।

दक्षिणी स्विजरल्याण्डको एक नर्सिङ होमका तीन चौथाई बासिन्दा र आधा कामदारहरू पहिलो पटक बेलायतमा फेला परेको उत्परिवर्तित (म्युटेड) कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

इटालियाली भाषा बोलिने तिसिनो प्रान्तमा संक्रमणको श्रृंखला एक पछि अर्को गर्दै द्रुत गतीमा पुन: बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । यसले स्वास्थ्य अधिकारीहरुलाई अनुवंशिक अनुक्रम (जेनेटिक सिक्वेन्सिङ) संचालन गर्न प्रेरित गर्‍यो जसले बेलायतमा विकास भएको पछिल्लो संस्करण फैलिएको पुष्टि भएको छ ।

प्रान्तिय सरकारले एक विज्ञप्तिमा भनेको छ “यस परिक्षणले प्रकोप द्रुत गतिमा फैलिइरहेको पुष्टि गरेको छ । सुरक्षाकर्मीले राखेका सुरक्षात्मक उपायको बाबजुद करिब आधा कर्मचारी र तीन चौथाई पाहुनाहरू बेलायती रुपको विकसित भाईरसबाट सकारात्मक छन् ।”

बेलायती उत्परिवर्तित रुपको कोरोना भाइरस तिब्ररुपमा संक्रमित भएपछि मेन्ड्रिसियो नगरपालिकामा वृद्धहरूका घरमा भ्रमण गर्न बन्द गरिएको छ ।

तिसिनो प्रान्तिय सरकारका अनुसार बेलायती रुपको भाइरसको तनाव गम्भीर छैन, तर बढी संक्रामक छ । संक्रामक बढि भएकाले यसको प्रसारलाई सकेसम्म बढी रोक्नको लागि अझ तीव्र सम्पर्क ट्र्याकिंग आवश्यक परेको उनीहरुको भनाई छ ।

बुधवार स्विट्जरल्याण्डले बेलायती र अन्य रूपका भाईसहरू द्रुत रूपमा फैलिएर अस्पताल र स्वास्थ्य सेवा पूर्वाधारलाई ओझेलमा पर्नसक्ने डरले सम्पर्कहरू घटाउन स्टोरहरु बन्द गर्ने लगायत कडा कदमहरू घोषणा गर्‍यो ।

करिब ८६ लाख जनसंख्या भएको स्विजरल्याण्डमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट आठ हजार नागरिकको ज्यान गैसकेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक