आइतबार, वैशाख १६, २०८१

पोर्चुगलमा कोरोनाको अकल्पनिय चाप, जर्मन सेनाले स्वास्थ्यकर्मी र उपकरण पठाउने

नेपालप्लस संवाददाता२०७७ माघ १९ गते २२:०७

पोर्तुगलको लिस्बोनस्थित सान्तमारिया अस्पतालमा कोरोनाका विरामी ओराल्न लागेका एम्बुलेन्सको भिड । Photo- REUTERS/Pedro Nunes

कोरोना भाइरसबाट संक्रमितहरुको उपचारमा पोर्चुगलको स्वास्थ्य सेवाले धान्न मुस्किल भएपछि जर्मनीको सेना चिकित्सा कर्मचारी र स्वास्थ्य उपकरणसहित सहयोग गर्न पुगेको छ ।

जर्मनीको बर्लिन स्थित रक्षा मन्त्रालयले जारि गरेको विज्ञप्ती अनुसार पोर्चुगलमा कोरोना भाइरस संक्रमितको बढ्दो संख्यापछि सघन उपचार कक्ष भरिएकाले जर्मन सेना सहयोग गर्न पुगेको हो ।

ल लिबरास्सियोँ अखबारका अनुसार शनिवार पोर्चुगलका अधिकारीहरुले आफ्नो मुख्य भूमिमा रहेको ८५० सघन उपचार कक्ष मध्ये जम्मा तिन बेड मात्रै खाली भएको बताएका थिए । बाँकि कोरोना भाइरसका विरामीहरुले भरिएका थिए । त्यसपछि पोर्गुगलले जर्मनीसित स्वास्थ्य सहयोग मागेको थियो ।

“हामी पोर्चुगललाई स्वास्थ्यकर्मी र स्वास्थ्य उपकरण उपलब्ध गराएर सहयोग गर्छौं” रक्षा मन्त्रालयका अधिकारीको भनाई उल्लेख गर्दै रोयटर्स न्यु एजेन्सीको समाचारमा छ । सहयोगको विस्त्रित विवरण यहि साता सार्वजनिक गरिने उल्लेख छ ।

पोर्गुगलमा आइतवारसम्म १२ हजार एक सय ७९ जनाको म्रित्यु भैसकेको छ । सात लाख ११ हजार १८ जना संक्रमित छन् । आवर वर्ल्ड इन डाटा डट ओ आर जी डाटा ट्र्याकरका अनुसार एक सातामै औशत रुपमा यति धेरै कोरोनाको संक्रमण र प्रतिब्यक्ति म्रित्यु भएको विश्वमै यो पहिलो हो ।

जर्मन पत्रिका स्पिजेलमा उल्लेख भए अनुसार जर्मन सेनाले २७ जना डाक्टर र पारामेडिकलको टोली पठाउने भएको छ । उक्त टोली शुरुमा तिन हप्तासम्म बस्ने छ । उनीहरुले विरामीकालागि अस्पतालमा केहि भेन्टिलेटर र मोबाईल भेटिलेटर पनि राख्ने छन् । त्यसबाहेक विरामीकालागि केहि बेडपनि बनाउने भएका छन् ।

फ्रान्सेली भाषाको ल लिबेरास्सियों दैनिक अखवारका अनुसार गत मार्च महिनामा पोर्चुगलमा दिनको लगभग आठ सय ब्यक्ति संक्रमित थिए । अहिले दिनकै १५ हजार नयाँ ब्यक्तिमा कोरोना संक्रमण भएको अभिलेख गरिएको छ । राजधानी लिस्बोनमा सबैभन्दा बढि संक्रमण फैलिएको छ र त्यहाँका स्वास्थ्यकर्मीहरुले निकै कठिन स्थितिको सामना गरिरहेका छन् ।

पोर्चुगिज नर्सिङ युनियन सिन्डेपोरका क्षेत्रीय अध्यक्ष लुस मिगुएल जनेरियो ल लिबेरास्सियों दैनिकसित भनिन् “हामी हताश छौं । विरामीको दबाब धेरै कडा छ । हामी हरेक क्षण गल्ती गर्ने डरमा बाँचिरहेका छौं । ”

लिस्बोनको अमाडोरा-सिन्त्रा अस्पतालमा कार्यरत उनका अनुसार यस अस्पतालमा भएको सुविधा र क्षमता भन्दा करिब तीन गुणा बढी कोविड बिरामीहरुलाई सेवा दिनुपरेको छ । गत हप्ता, दर्जनौं बिरामीहरूलाई पर्याप्त अक्सिजनको अभावले अन्य अस्पतालहरूमा स्थानान्तरण गर्नुपर्‍यो । उपलब्ध ओछ्यानको संख्या यकिन छैन । बेड भरिएपछि आउने विरामीकोलागि ब्यवस्थापन गर्ने निकाय नभएर बिरामीहरूलाई अस्पतालहरूलेनै दिनदिनै व्यवस्थित गर्नुपरिरहेको छ।

लिस्बनको सान्ता मारिया अस्पताल अगाडि बिरामीहरू झार्न पर्खिरहेका एम्बुलेन्सका तस्विरले मेडियाका मुख प्रिष्ठ ढाकेका छन् ।

पोर्चुगलमा कोरोना भाईरसका विरामीको संख्या ब्यापक बढेपछि फर्वरी १ सम्मको लागि लकडाउन घोषणा गरिएको छ । हालको अवस्था हेर्दा लकडाउनले तत्कालै राम्रो परिणाम देला जस्तो देखिन्न ।

पोर्चुगलकालागि कोरोना बहैइरसलाई नियन्त्रणको मुख्य आशा खोप हुन सक्छ । खोपलाई नर्सिंग स्टाफ र व्रिद्दव्रिद्दाहरुलाई प्राथमिकतामा राखिएएको छ । तर खोप उत्पादक कम्पनीहरुको ढिलाईले गर्दा पोर्चुगललाई अझ धेरै क्षती गर्ने त्रास बढेको छ ।

यसै बीच हालको समस्यालाई सुधार गर्न पोर्चुगलले युरोपेली आर्थिक सहयोग र राहतको आशा गरेको छ । अष्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले आइतवार आफ्नो ट्वीटर मार्फत आफ्नो देशले पोर्चुगी बिरामीहरुलाई ल्याएर उपचार गरिदिने घोषणा गरेका छन् ।

तपाइँको प्रतिक्रिया