बिहीबार, वैशाख २०, २०८१

युरोप-रसियाबिच तनाव : रसियाद्वारा तिन युरोपेली कूटनितिज्ञ निष्कासित

एजेन्सी२०७७ माघ २४ गते १२:५६

credit- kenosha News

रसियाले शुक्रबार स्विडेन, पोल्याण्ड र जर्मनीका कूटनीतिज्ञहरूलाई निष्कासन गरेको छ। यसले गर्दा युरोपेली युनियन र रसियाबिचको तनाब झन गहिरिएको छ ।  क्रेमलिनका सबैभन्दा प्रख्यात दुश्मनलाई जेलमा पार्दा अन्तर्राष्ट्रिय तनाव बढेकोले विपक्षी नेता अलेक्सी नाभाल्नीको समर्थनमा जुलुसमा भाग लिएको आरोप लगाउँदै उनीहरूलाई निष्कासन गरेको आरोप रसियाको छ ।

यूरोपियन युनियनका विदेश मामिला प्रमुख जोसेप बोररेलले रूसी विदेशमन्त्री सेर्गे लाभ्रोभलाई नाभाल्नीको व्यवहारले ब्रसेल्स र मस्कोबीचको सम्बन्धमा दूरी बढाउने बताएका थिए ।

रसियन विदेश मन्त्रालयले सेन्ट पिटर्सबर्गमा स्वीडिन र पोल्याण्डका कूटनीतिज्ञ र मास्कोमा एक जर्मन कूटनीतिज्ञले २३ जनवरीमा नाभाल्नीको गिरफ्तारी बिरुद्द निकालेको “अवैधानिक” जुलुसमा भाग लिने गरेको आरोप लगाएको छ । त्यस दिन नाभाल्नीको गिरफ्तारीबिरुद्द रसियाका हजारौं मानिस सडकमा उत्रिएका थिए ।

एक कूटनीतिज्ञलाई “पेर्सोना ननग्राता” घोषित गर्दै रसिया छिट्टै छोड्नु पर्ने रसियाली मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

युरोपियन अधिकारीहरूले भने यस कदमको कडा शब्दमा निन्दा गरेका छन् ।
आफ्नो कूटनीतिज्ञले घटनाको अनुसरण गरी आफ्नो कर्तव्य पूरा गरेको भन्दै जर्मनीले रसियाका जर्मनीस्थित राजदूतलाई बोलाएर रसियाको कदमलाई अनुत्तरित हुन नदिने चेतावनी दिएको छ ।

“हामी यो निष्कासनलाई अनुचित ठान्छौं । हामीले सोचेका छौं कि यो रसियामा देख्न सकिने अर्को गलत पक्ष हो जुन कानूनी शासनबाट एकदमै टाढा छ” जर्मन चान्सलर एन्जेला मार्केलले फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंसित अनलाईनमा वार्ता गरिसकेपछि बर्लिनमा भनेकि छन् । माख्रोंले जर्मनी, पोल्याण्ड र स्वीडेनलाई आफ्नो एकता र समर्थन रहेको जनाउँदै यस घटनाको निन्दा गरेका छन् ।

स्विडेनको परराष्ट्र मन्त्रालयका प्रवक्ता म्याट्स साम्युल्सनले एसोसिएटेड प्रेसलाई दिएको विज्ञप्तिमा भनिएको छ “ हामी यसलाई पूर्णतया अनुचित ठान्छौं जुन हामीले रूसी पक्षलाई पनि सुनाइसकेका छौं ।”

स्विडेनद्वारा आफ्ना कूटनीतिज्ञले रसियामा प्रदर्शनमा भाग लिएको भन्ने रुसी दाबीलाई कडा शब्दमा अस्वीकार गरेको छ । स्विडेनले रुसी निर्णयको जवाफमा उचित कदम चाल्ने अधिकार स्विडेनसित सुरक्षित रहेको समेत उल्लेख गरेको छ ।

अमेरिकाका विदेश सचिव एन्टोनी ब्लिन्केनले ट्वीट गर्दै निष्कासनको निन्दा गरेका छन् “यो मनमानी र अनुचित कार्य रूसको अन्तर्राष्ट्रिय दायित्वहरूबाट बिदाइ भएको पछिल्लो घटना हो ।”

बेलायती विदेश सचिव डोमिनिक राबले पनि ट्वीटरमा भनेका छन् “कूटनीतिज्ञहरूलाई उनीहरूको कामका लागि निष्कासित गर्नु भनेको रुसको विपक्षी नेता, आन्दोलनकारी र पत्रकारलाई आफ्नो कार्यबाट विचलित गर्ने कच्चा प्रयास हो ।”

रसियाली अधिकारीले भने आफ्नो सम्बन्ध कडा तनावमा रहेको र नोभाल्नी मामला आफ्नो गतिलो सम्बन्ध कायम गर्नकलागि न्यून बिन्दु भएको उल्लेख गरेका छन् ।

रसियाले नाभाल्नीमाथिको कारवाहिका बिरुद्द पस्चिमी बिरोध र भनाई नसुन्ने बताइसकेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक