बिहीबार, वैशाख २०, २०८१

विश्व व्यापार संगठनको महानिर्देशकमा पहिलो अफ्रिकी महिला निर्वाचित

नेपालप्लस, स्विजरल्याण्ड सम्वाददाता२०७७ फागुन ४ गते २३:४२

विश्व व्यापार संगठनको महानिर्देशकमा नाइजेरियाकी पूर्व अर्थमन्त्री ङोजी ओकोन्जो इवेआला निर्वाचित भएकी छिन् ।

अफ्रिकी महादेशबाटै अझ त्यो पनि प्रथम महिला इवेआला विभिन्न अन्तर्राष्टिय संघसंस्थामा लामो समय काम गरेकी अर्थविद्को रुपमा परिचित नाम हो । दुई कार्यकाल नाइजेरियाको अर्थमन्त्री भैसकेकी यी महिलाको सोझो
टक्कर दक्षिण कोरियाली वाणिज्य मन्त्री यू मुयुँगसँग थियो । कार्यकाल सकिनुभन्दा वर्षदिन अगाडि नै तत्कालीन महानिर्देशक ब्राजिलका रोबेर्टो अजभेदोले राजिनामा दिएपछि १ सय ६४ देशको सहमतिमा ६६ वर्षकी यी महिला
महानिर्देशक भएकी हुन् ।

स्विजरल्याण्डको जेनेभामा अवस्थित विश्व ब्यापार संगठनको मुख्यालयमा मार्च १ गतेदेखि उनले कार्यभार सम्हाल्दैछिन् ।

अमेरिका र चीनबीचको व्यापारिक तनावलाई सन्तुलनमा ल्याउन पहल गर्ने, कोभिडका कारण थिलो परेको विश्व अर्थतन्त्र उकास्न पहल गर्ने जस्ता महत्वपूर्ण जिम्मेवारी इवेआलाको काँधमा आइपरेको छ । उनीसँग अमेरिकाको पनि नागरिकता छ।

नयाँ राष्ट्रपतिमा वाइडेन निर्वाचित भएपछि अमेरिकी मत पनि यी महिलाको पक्षमा देखिन आएकोले प्रतिस्पर्धीले मनोनयन फिर्ता लिएपछि उनलाई चुनिन सजिलो भएको थियो।

तपाइँको प्रतिक्रिया

फेसबुक