कुनै चमत्कारले भारतको मन पग्लिएको कि सिमाना साटिएको ?
गत शनिवार नयाँँ परराष्ट्र नितिको समिक्षा गर्न परराष्ट्र मन्त्रालयद्वारा धुलिखेलमा आयोजना गरिएको एउटा कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारका नीति तथा कार्यक्रम, सुरक्षा नीति, औपचारिक सभा तथा सम्मेलनमा प्रधानमन्त्रीले दिएका मन्तव्यका आधारमा परराष्ट्र नीति सञ्चालित हुँदै आएकामा वर्तमान सरकारले स्पष्ट रूपमा छुट्टै परराष्ट्र नीति ल्याएको बताए । मन्त्रालयले नेपालको संविधानको दिशानिर्देश, परराष्ट्र नीति तय गर्न विभिन्न समयमा बनेका विज्ञ समूहका सुझाव, परराष्ट्र नीतिबारे राजनीतिक दलका दस्तावेजमा रहेका विषयको अध्ययन र परराष्ट्र सम्बन्धी अनुसन्धाताहरुले दिइएका सुझावहरुको निचोडका आधारमा नयाँँ परराष्ट्र निती ल्याइएको निर्धक्क साथ उल्लेख गरे ।
‘बितेको ७० वर्षमा नेपालको परराष्ट्र निती छिमेकी केन्द्रित, खास गरेर भारत केन्द्रित छ ।’ त्यसमा पनि परराष्ट्र मन्त्री ज्ञावलीले भने जस्तै हाम्रो परराष्ट्र निती प्रधानमन्त्रीले दिएका मन्तब्यका आधारमा, अझ भन्ने हो भने प्रधानमन्त्रिको मुडमा संचालन हुँदै आएको छ, यसमा दुई मत छैन । तर परराष्ट्र मन्त्रीले यही कुरा भनिरहँदा आइतवार बिहान भारतले दोस्रो पटक पठाएको १० लाख डोज भ्याक्सिन बोकेको जहाज काठमाडौं अवतरण भयो । पछील्लो पटक आएका यि खोपहरु नेपाल सरकारले किनेको हो । जुन पाँच दिन आघी मात्रै प्रधानमन्त्री ओलीले १० लाख डोज भ्याक्सिन भारतबाट किन्ने घोषणा गरेका थिए ।
यस अघी माघ ८ गते भारतले अनुदानमा दिएका १० लाख डोज नै नेपालमा उतारिएका थिए । र ति अनुदानका भ्याक्सिन समेत अहिलेकै गतिमा नेपाल भित्रिएका थिए । जब कि अन्य दक्षिण एशियाली मुलुकहरुले अनुदान प्राप्त गर्न पनि पर्खिनु परेको थियो भने उनिहरुको खरिद प्रकृया समेत ३ हप्ता यता देखी छलफलमै छ । तर यतिधेरै तिक्तताका वाबजुद नेपाललाई कोरोना भ्याक्सिन दिन भारत कसरी लचिलो भयो ?
माघ ८ गते सित्तैमा आएको १० लाख डोज कोभिसिल्ड खोप काठमाडौं उत्रनासाथै धेरैले भन्न थालिसकेका थिए— जे भएनि भारत असल छिमेकी हो । एउटै भूधरातलमा बसेपछि कहिलेकाहीँ खुट्टा त लागिहाल्छ नि ! लिम्पियाधुरासम्मको चुच्चे नक्साको सिमावर्ती विवाददेखि महाकाली नदीमा बाँध बाँधेको बिरोधको स्वरका कारण ‘भारतबिरोधी’ भैरहेका नेपालीको मन भने कोरोना प्रतिरोधी खोप आउनासाथै एकदमैं बदलिएको छ । अझ नेपाल सरकारले भारतबाटै खोप खरिद्ने भन्ने निर्णय गरेको ५ दिनमैं थप १० लाख डोज खोप आएपछि स्थिती अर्कै बनेको छ । ‘प्रधानमन्त्री केपी ओली र भारतकै लागि समेत आपसी सम्बन्धको कुरामा यो खोप उत्पादन तथा वितरण अभियान एक डोरी झैं बनेको छ,’परराष्ट्र मन्त्रालयका एक अधिकृत भन्छन् । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ ।
आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित १० लाख डोज खोप काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । कहिले निर्वाचन त कहिले संसद पुर्नस्थापनको होहल्लामाझ गुज्रिएको ओली सरकारका निम्ति यो खोप आउनु मात्रै पनि ठूलो उपलब्धी हो । ‘खरिद गरेरै ल्याएको भएपनि निर्णय गरेको ५ दिनमैं यति संवेदनशील सामान नेपालीमाझ आइपुग्नु आफैंमा उपलब्धी मुलक देखिन्छ- परराष्ट्रका ती अधिकारीले भने—‘यो संकटका माझ प्रधानमन्त्री ओलीले गर्न सकेको अर्को एउटा कामका रुपमा खोप परिचालन देखिन्छ ।
नेपालले तिब्र गतिमा खोप प्राप्त गरेको विषयलाई जो जसले जुनसुकै कोणबाट व्याख्या गरे पनि वर्षेनी द्वन्द्व र आन्तरिक कचिंगलमै रुममल्लीइरहने हाम्रो जस्तो मुलुकका लागि ठुलै उपलब्धी हो । तर कोरोना खोपको आयातमा मन्त्री ज्ञवलीले सुनाएको नयाँँ परराष्ट्र नितिको कतै छायाँ छवी देखिएन ।
उही पुरानो ढर्रा जस्तै प्रधानमन्त्रिकै तजविज मै काम बन्यो । आखिर नेपाल र भारत विच कस्तो सम्बन्ध हो ? यो सम्बन्ध जनताको तहले बुझ्न पर्ने हो कि होइन ? भुकम्पले मरणासन्न भएको देशलाई आधा वर्ष सिटामोल रोकेर खुच्चिङ खेलेको भारतले पाँच दिनमा कसरी कोरोनाका खोप पठायो ? के हो यो सम्बन्धको सधैं डगमगाइ रहने धरातल ?
अलिकती पछाडि जाउँ । वर्तमान प्रधानमन्त्री केपी ओलीका चुनावी सभाहरुमा जहाँँ यिनी पूर्णरुपमा भारत बिरुद्ध उत्रिएका थिए । भारतीय नाकावन्दिले लोत परेका जनताले उनलाई गतिलै साथ दिए । ओली गतिलो बहुमतका साथ प्रधानमन्त्री बने । चुच्चे नक्सा र पछील्लो ठोरी बहस चलाऊँदासम्म यिनको राष्ट्रवादी छविमा कतै दाग नदेखिएकै झल्को लाग्यो । तर रातारात के चमत्कार भयो र भारतको मन पग्लियो ? या त कोरोना खोप सँग देशको सिमाना साटियो या मोदी सरकारको मनमा मानवता पलायो ? यि कुरा जे भए पनि जनताले थाहा पाउनु पर्ने हो ।
अबको केही दिनमा देश चलाऊने मान्छे फेरिन सक्छन । त्यससँगै पक्कापक्की रुपमा भारतप्रतिको हेराइ फेरिने छ । चीनप्रतिको सोचाइ बदलिने छ । यो खास गरेर शासकको तहमा मात्र हुने छ । उनिहरुको फाईदा र घाटामा छिमेकी सँगको सम्बन्ध निर्धारण हुने छ । तर हामीले नाफा घाटाको पत्तो पाउने छैनौं । अब केही खोप उत्तरबाट आउलान् । तर हामी हरेक कदम लीलाममा राखिएको मुर्ती जस्तै हुने छौं । हामीलाई केही थाहा हुने छैन ।