शुक्रबार, वैशाख २१, २०८१

यूरोपीय मेडिसिन एजेन्सी एन्टिबडी उपचारको पक्षमा

नेपाल प्लस२०७७ फागुन १६ गते १५:४७

Credit-European Medicines Agency

ड्रग रेग्युलेशनको नियमन गर्ने युरोपेली निकाय युरोपियन मेडिसिन एजेन्सीलाई अमेरिकी कम्पनी रेजेनरनबाट एन्टिबडी उपचार ड्रग प्रयोग गर्न अनुकूल राय दिएको छ । यो ड्रग २०२० मा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपचार गर्न प्रयोग गरिएको थियो ।

डोनाल्ड ट्रम्पलाई कोरोना भाईरसबाट गम्भिर असर पर्नबाट मुक्त हुन अनुमति दिने चमत्कार मानिएको उपचार चाँडै युरोपियनहरूका लागि उपलब्ध हुनेछ । यूरोपियन मेडिसिन एजेन्सी (ईेमए) ले शुक्रवार अमेरिकी कम्पनी रेजेनरनबाट एन्टिबडी उपचारको अस्थायी प्रयोगको लागि अनुकूल राय दिएपछि अब युरोपेलीकालागि एन्टिबडी ड्रगकालागि खुला भएको हो ।

दुई वटा सिंथेटिक एन्टिबडीहरूको संयोजन गरेर बनाइएको यो औषधिले कोरोना भाईरस लागेका बिरामीहरूको नाक र घाँटी पछाडि रहेको भाइरसको मात्रा कम गर्न प्रबन्ध गर्ने फ्रँस २४ न्युजले उल्लेख गरेको छ ।

आर ई जि एन कोभिड-२ नामको यो ड्रग क्यासिरिविमब र इम्डेभीमबको संयोजन गरेर बनाईएको हो। यो ड्रगको दुई मोनोक्लोनल प्रतिजीवी (मोनोक्लोनल) हरू बिरामीहरूलाई फुजन (समिश्रण) गरेर दिईने ईेमएले उल्लेख गरेको छ ।

प्रयोगशालामा निर्मित यी सिंथेटिक एन्टिबडीहरूले संक्रमित स्थितिमा प्रतिरक्षा प्रणाली द्वारा स्वाभाविक रूपमा उत्पादित एन्टिबडी कार्यको नक्कल गर्दछन् ।

क्यासिरिविमाब र इम्देवैमाब ‘एस प्रोटीन’ लाई आक्रमण गर्न डिजाइन गरिएको थियो जुन भाइरसको सतहमा सानो भाग वा धब्बाजस्तो हुन्छ जहाँ तिखारिएको जस्तो भाग (स्पाईक) बन्छ । एन्टिबडी यी स्पाइकहरूमा टाँसिएको हुन्छ र यसलाई संक्रमण गर्न मानव सेलमा संलग्न हुनबाट रोक्छ ।

युरोपेली स्वास्थ्य नियामक संस्थाले फेब्रुअरी १ ​​देखि शुरू भएको दुई एन्टिबडीहरूको समीक्षा जारी रहेको बताउँदै भनेको छ “यो संयोगका लागि ईयुको मार्केटिंग प्राधिकरणको आधार तयार हुनेछ।”

घोषणाले एम्स्टर्डमस्थित ईएमए मासिक बैठकको अनुसरण गरेको छ जहाँ यसले स्पाइनल मसल्युलर एट्रोफीको केही प्रकारका बिरामीहरूको लागि पहिलो मुखको थेरापी उपचारसहित अन्य औषधिहरूको पनि स्वीकृति सिफारिश गर्दछ । मांसपेशि कमजोरी र प्रगतिशील नोक्सानी निम्त्याउने दुर्लभ र हड्डीको संरचना (मोटर स्किल्स) घातक आनुवंशिक रोगका लागि ।

फ्रान्सले हजारौं मोनोक्लोनल एन्टिबडी उपचार अस्पतालमा वितरण गरेको बिहीबारनै घोषणा गरेको थियो ।

तथापी ईएमएले जोनसन र जोनसनको कोविड १९ खोपको स्वीकृतिमा शुक्रबार कुनै घोषणा गरेन जुन यस महिनाको शुरूमा युरोपेली संघको मार्केटिङ प्राधिकरणको लागि आवेदन दिएको थियो ।

यूरोपियन मेडिसिन एजेन्सीले हालसम्म ईयुमा तीनवटा खोपहरू अधिकृत गरेको छ : फाइजर बायोटेक, मोडर्ना र एस्ट्राजेनेका।

तपाइँको प्रतिक्रिया

फेसबुक