शनिबार, वैशाख १५, २०८१

हेलिकोप्टर अस्विकार गरेर जनसेनासहित काठमाडौं भित्रिए विप्लव

नेपाल प्लस२०७७ फागुन २१ गते ०:०४

शुक्रवारको वार्ताकालागि ग्रिहमन्त्री राम बहादुर थापा बादलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द बिप्लवलाई लिन हेलिकोटर ठिक्क पारेका थिए । ग्रिहमन्त्रालय मार्फत सेनाको हेलिकोप्टर तम्तयार थियो । बडो तामझामका साथ बिप्लवलाई हेलिकोप्टरमा हालेर काठमाडौं उतार्ने तयारि गरेका थिए । तर नेकपाका महासचिव नेत्र विक्रम चन्दले त्यसलाई अस्विकार गरेर आफ्नै ब्यवस्थामा विहिवार साँझ निजि गाडीमा काठमाडौं भित्रिएको नेकपा विप्लव समूहका एक नेताले नेपालप्लसलाई बताए ।

ग्रिहमन्त्री राम बहादुर थापा बादलले बिप्लवलाई तामझामपूर्ण तरिकाले हेलिकप्टरमा चढाएर काठमाडौं ओराले लगत्तै ग्रिहमन्त्रालयमै विशेष सुविधा सहित केहि कोठाको व्यवस्था गरेका थिए । नेकपा एक नेताका अनुसार विप्लवलाई सेना र प्रहरीको विशेष सुरक्षासहित ल्याउने योजना थियो । तर विप्लवले त्यसलाई अस्विकार गरेर आफूहरु आफैं, आफ्नै सुरक्षामा काठमाडौं आउने जवाफ दिएका हुन् । विहिवार साँझनै उनी गाडीमा काठमाडौं भित्रिएर पार्टीका एक विश्वासिला कार्यकर्ताको घरमा दुई वटा कोठा लिएर बसेका छन् । वार्ताको तयारि त्यहिँबाट गरिरहेका छन् । उनलाई उनैको पार्टीका जनसेनाले विशेष सुरक्षा दिएको छ ।

अन्तिम अवस्थामा यसरि बन्यो वार्ताको सहमती

माओवादी नेताका अनुसार शुक्रवार गर्ने भनिएको वार्ता झण्डै भड्किइसकेको थियो । राम बहादुर थापा र नेकपाका खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ वार्तामा बसेका बेला बादलले प्रकाण्डसित शान्तिपूर्ण तरिकाले राजनितिक गतिबिधी गर्ने र अहिलेकै संविधान अन्तर्गत, यहि ब्यवस्थामा आफ्नो राजनितिक गतिबिधी गर्ने भन्ने शर्त राखेका थिए । प्रकाण्ड र बादलकाबिचमा यहि विषयमा केहिबेर चर्काचर्की परेको थियो ।

दोहोरो चर्काचर्कीका बिचमा प्रकाण्डले ‘तपाईहरुलाईनै यो ब्यवस्थाको भर छैन । यो ब्यवस्थाले निकास दिएको छैन भने कसरि हामी यहि ब्यवस्थामा आफ्नो राजनिति सिमित राख्न सक्छौं । यस्तो अडानमा हाम्रो वार्ता हुन सक्दैन, विप्लवजी आउनुहुन्न’ भन्ने अडान राखेका थिए । त्यसपछि बादलसित ‘शान्तिपूर्ण तरिकाले आफ्नो राजनितिक गतिबिधी गर्ने’ भन्नेमा सहमति बनेको थियो ।

बिप्लव पक्षका कार्यकर्ता, नेता निशर्त रिहाई गर्ने, लागेका मुद्दा खारेक गर्ने, नेकपामाथिको प्रतिबन्ध हटाउने र शान्तिपूर्ण तरिकाले आफ्नो राजनितिक गतिबिधी गर्ने’ भन्नेमा ग्रिहमन्त्री बादलले सहमति जनाएपछि अन्तिम अवस्थामा विप्लवनै आउने निस्चित गरिएको थियो ।

तपाइँको प्रतिक्रिया