शनिबार, वैशाख १५, २०८१

व्यापार युद्ध: एयरबस र बोइङ बीच चार महिनाको विवाद अन्त्य

नेपाल प्लस२०७७ फागुन २२ गते २३:५४

अमेरिका र युरोपेली युनियन (ईयु) ले एयबस र बोइङबीचको पुरानो द्वन्द्व तोडेको घोषणा गर्दै आफ्नो व्यापार सम्बन्धमा नयाँ सुरुवात गर्ने इच्छा व्यक्त गरेका छन् ।

ब्यापारिक संघर्षको १५ वर्ष भन्दा बढी देखि चलेको विवाद संयुक्त राज्य अमेरिका र युरोपियन युनियन (इयु) ले शुक्रबार उनीहरूको व्यापार सम्बन्धमा नयाँ सुरूवात गर्ने चाहनालाई विमान निर्माताहरु एयरबस र बोइङको बीचको पुरानो द्वन्द्वले विषाक्त बनाएको र त्यो चरम सीमामा पुगेको बताका हुन् । यो विवाद मिलाउने बैठकको अध्यक्षता पूर्व अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले गरेका थिए ।

ईयु र अंमेरिकी एयरबसको संयुक्त बिज्ञपतीका अनुसार युरोपेली विमान निर्माता एयरबस र यसको अमेरिकी प्रतिद्वन्द्वी बोइङको बिचमा भएको विवादमा दुई पक्षले आफूमाथि लगाएको भन्सार महसुल चार महिनाका लागि स्थगित गर्न सहमत भएका छन् । ब्रसेल्स र वाशिंगटनले एकअर्कालाई सन् २००४ पछि उनीहरूको एयरोनटिक्स उद्योगलाई गैरकानूनी रूपमा सब्सिडी दिइएको आरोप लगाएका थिए ।

यो घोषणा राष्ट्रपति जो बिडेन र यूरोपीयन आयोगका अध्यक्ष उर्सुला भोन डेर लेएन बीच टेलिफोन आदानप्रदान पछि गरिएको हो । डेमोक्र्याटिक राष्ट्रपति व्हाइट हाउसमा आएदेखि यो उनीहरूको पहिलो आधिकारिक बैठक थियो ।

“जो बिडेनले युरोपियन युनियनकालागि आफ्नो समर्थन जनाउँदै अमेरिका र युरोपियन पार्टनरसिपको मर्मत र पुनर्जीवन गर्ने प्रतिबद्धतालाई जोड दिए” ह्वाइट हाउसले संझौताको संक्षिप्त विवरणमा भनेको छ ।

यस बैठकमा उनीहरूले एयरबस बोइङ विवादको सन्दर्भमा एक अर्कामा लगाएको भन्सार शुल्कलाई स्थगित गर्ने कुरामा सहमति भएको थियो । “यसले यूरोपेली संघ र अमेरिकालाई उनीहरूको उद्योग र मजदुरहरूमाथिको भार कम गर्नका साथै विश्व व्यापार संगठनमा लामो समयदेखि खडा भइरहेका विवादहरूको समाधानका लागि उनीहरूको प्रयासमा ध्यान केन्द्रित गर्ने छ” संयुक्त विज्ञप्तिमा भनिएको छ।

यसको उदेश्य भनेको उड्डयनका विवादहरूको वार्तालाप, बृहत र दिगो समाधानमा पुग्नु हो । त्यस्तै, वार्तालाप समाधानको मुख्य तत्वहरू भएकाले भविष्यमा उड्डयन क्षेत्रलाई कसरी समर्थन गर्ने भन्ने बारे एउटा रूपरेखा समावेश गर्न उनीहरु सहमत भएका छन् ।

“राष्ट्रपति बिडेन र म एरननोटिकल र गैर-एयरोनोटिकल उत्पादनहरूमा दुवै चार महिनाको शुरुआती अवधिको लागि एयरबस-बोइङ विवादको सन्दर्भमा लगाइएका हाम्रा सबै शुल्कहरू स्थगित गर्न सहमत भएका छौं” संयुक्त प्रेस बिज्ञप्तीमार्फत् उर्सुला भोन डेर लेयनले घोषणा गरेकि छन् ।

उनीहरूको बैठकमा युरोपेली कार्यकारि समितिका अध्यक्षले साझा मूल्य र सिद्धान्तमा आधारित ईयू र संयुक्त राज्य अमेरिका बीच नयाँ आर्थिक साझेदारी गर्नेबारेपनि प्रस्ताव गरेका छन् ।

ठूला विमान निर्माता कम्पनीहरु मध्ये अहिले विश्वमा एयर बस र वोइङकाबिच सबैभन्दा ठूलो प्रतिस्पर्धा छ । यि दुईबिच एकले अर्कोलाई कसरि गिराउने, विश्वको बजार कब्जा गर्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ । एयरबस युरोपेली युनियनका बिभिन्न देशको साझेदारि रहेको मल्टिनेशनल कम्पनी हो । बोइङ अमेरिकी हो ।

तपाइँको प्रतिक्रिया