शनिबार, साउन १२, २०८१

हिटलरलाई सलाम गर्न इन्कार गर्ने निडर ब्यक्ति को थिए ? के भयो ?

जयडेन युगी२०७७ चैत ७ गते ०:०१

Photo-wikipedia

यो सायद इतिहासकै सबभन्दा प्रभावकारी फोटो हो । यसमा तपाईं नाजी उत्साहीहरूको एउटा समूह देख्न सक्नुहुन्छ । तिनीहरूले हतियारहरू उठाउँदै छन् । रोमी सलाम प्रदर्शन गर्दै छन् । तस्वीरको घेरामा हेर्दा माथिल्लो दायाँ भागमा एक जना मानिसले चुनौतीपूर्ण पोज देखाएर हतियार पार गर्दै गरेको देख्न सकिन्छ। जुन बाँकी मानिससँग विरोधाभासपूर्ण देखिन्छ ।

हिटलरको अगाडि सेग हिल (नाजीको कुनै बिजयमा गरिने स्यालुट) नगरि ज्यान जोखिममा हाल्ने व्यक्ति को थिए ? के कारणका लागि थियो ? जबकि त्यो इशाराले लगाएको जोखिमहरू थाह पाउँदापाउँदैपनि किन त्यसो गरे उनले ?

के ति ब्यक्तिले त्यो स्यालुट गर्न इन्कार गरे ? जून १९३६ मा नाजी पार्टीले ह्याम्बर्गको ब्लोहम + भोस जहाजको आँगनमा रहेको नयाँ जर्मन नौसेना जहाजको बाप्तिजम लिन गरेको कार्यमा यो फोटो लिइएको थियो ।

सबै श्रमिक र परिवारका सदस्यहरू आधिकारिक अभिवादन गर्दै थिए । या त राजनीतिक विश्वासका कारण वा वरिपरि रहेका जासुस, निगारानीकर्ताहरूको डरले त्यसो गर्दै थिए । अगस्ट ल्याण्डमेसरसँग नाजी तानाशाहलाई सन्तुष्टि नदिन वा असहमति जनाउने पर्याप्त कारणहरू थिए ।

अगस्ट ल्याण्डमेसर ब्लोम + भोस कम्पनीमा कार्यरत थिए । उनी सन् १९३१ मा नाजी पार्टीमा भर्ति भए । शिपिंग कम्पनीमा काम गर्ने इजाजतपत्र पाउनको लागि नाजी पार्टीमा भर्ति भएका थिए उनी ।

जे होस्, सन् १९३३ मा उनको जीवनमा केही यस्तो घटना भयो कि त्यसले सबै कुरा परिवर्तन गराइदियो । त्यो वर्ष उनले इरमा एक्लर नाम गरेकी एउटी महिलालाई भेटे । उनी यहूदी हुँदाहुँदै पनि उनलाई माया गर्न थालिसकेका थिए अगस्टले । उनले अरु कुराको मतलब नगरि न्युरेम्बरबर्गको जातिय कानूनलाई अस्वीकार गर्दै उनीहरू दम्पती भए । तिबाट एक छोरी जमिईन् सन् १९३५ मा । उनको नाम इग्रिड थियो । परिणाम स्वरूप उनी नाजी पार्टीबाट निष्कासित भए । त्यसकारण उनमा क्रोध र अवज्ञाको विकास भयो । त्यसको संकेत अर्को वर्षको फोटोमा देखा पर्दछ।

सन् १९३७ मा हिटलरको नेतृत्वमा उनको जुईस बिरोधी क्रियाकलाप र कट्टरपन्थी मोड देखेर उनले आफ्नो परिवारसमेत डेनमार्क भाग्ने निर्णय गरे । तर उनीहरूलाई सीमामा पक्राउ गरियो । उनीमाथि मुद्दा चलाइएको थियो । जातिय बेइज्जती र जातीय कुख्यात अपराधको आरोप लगाइएको थियो । सन् १९३८ मा उनलाई इरमासँग सम्बन्ध बिच्छेद गरेमा उनी निर्दोष हुने कुराको सूचना दिइयो । अगस्टले स्वीकार गरेनन् । बरु यातना शिविरमा तीन वर्ष बिताउनुपर्ने सजाय सुनाइएको थियो । त्यो बेला उनकी गर्भवती महिलालाई पनि पक्राउ गरियो । उनलाई अर्को ठाउँ लगियो जहाँ उनकी छोरी इरेनको जन्म भएको थियो । त्यहाँ तिनीहरूलाई इरमाबाट अलग गरे नाजीहरुले । अन्ततः उनको जिवन समाप्त भयो ।

अगस्टलाई रिहा गरेपछि उनलाई आफ्नी पत्नी र छोरीहरू कहाँ छन् भनेर थाहा भएन । उनलाई तुरून्त यस्तो सूचीमा राखियो उनी कतै फेला परेनन् । जहाँ उनी सायद मरे । किनभने त्यसपछि उनको चिहान कहिल्यै भेटिएन । यो अवहेलना र मृत्युको कथा अज्ञातरूपमा अन्त्य भएको हुनसक्छ । मृत्यु र पीडाको समयमा धेरै अरूलाई जस्तै उनलाईपनि गुमनाम मारिएको हुनसक्छ । त्यो बेला नाजी शासनले आफ्नो आदेश पालना नगर्ने धेरैलाई त्यसैगरि गुपचुप अन्त्य गर्थे ।

तर यो समय यस्तो थिएन । सन् १९६ मा यो कथाको पटाक्षेप भयो । नाजीलाई अभिवादन गर्न इन्कार गर्ने मानवीय मर्यादाको यो कथा अगस्तकी छोरी ईरेनले बाहिर ल्याइदि ईन् । उनलाई लाखौं धन्यावाद दिईयो । अगस्तलाई नाजी जर्मनी कालका एक साहसिक पुरुषका रुपमा मानिन्छ ।

सन् २०१८ मा २०१८ मा फासिस्ट सलामलाई जर्मनी र अष्ट्रियामा प्रतिबन्धित गरिएको थियो । र जसले सेग हेइ (Sieg Heil) भन्ने पदावली प्रयोग गर्छन् तिनलाई तीन वर्ष जेल सजाय हुनसक्छ ।

(हिस्ट्री अफ यस्टरडे डटकमको यो आलेखलाई नेपालप्लसले भावानुवाद गरेको हो ।)

तपाइँको प्रतिक्रिया