शनिबार, वैशाख १५, २०८१

आइएलओ -एनआरएन भ्रस्टाचार काण्ड : राजनितिक भागबण्डा र केन्द्रकै मिलोमतोमा आर्थिक गोलमाल !

नेपालप्लस विशेष संवाददाता२०७७ चैत १० गते १८:१९

कोरोना भाईरसको महामारीका बेला नेपाली श्रमिकहरुलाई उद्दार, पुनर्स्थापना र सुरक्षित अवतरणकालागि विश्व श्रमिक संगठनले दिएको रकम एन आर एन ए केन्द्रको मिलोमतोमै गोलमाल गरेको देखिएको छ । भ्रस्टाचार बाहिरिएपछि केन्द्रिय समितिकै पहलमा गठित भएको छानबिन समितिका सदस्यपनि बिभिन्न राजनितिक दलका कार्यकर्ता छन् । तिनले आफ्नै दलका राजनितिक समर्थकलाई भुक्तानी स्वयंसेवक (पेड भोलेन्टियर्स) को रुपमा अमेरिकी डलरमा पैसा दिएका छन् । युएईमा पाइने मासिक तलब भन्दापनि बढि स्वयंसेवकहरुलाई अमेरिकी डलरमा पैसा तिरेर सूची तयार पारिएको छ ।

आइएलओबाट पैसा आएपछि हुण्डिमार्फत नेपालबाट पैसा ल्याइयो । यो रकम आएपछि नेपालमा खाता खोलियो । तर एनआरएनए युएईका कोषाध्यक्षलाई जानकारिनै दिईएन । खर्च देखाउने नाममा ल्यापटप त किनियो । ल्ल्यापटपमै हुन्छ किबोर्ड । तर तिनले किबोर्ड किनेको भनेर छुट्टै खर्च देखाएका छन् । माउस र प्रिन्टरको खर्च १४०० दिराम अलग्गै देखाइएको छ । त्यति मात्रै हो र ? सफ्टवेयर किनेकोसमेत उल्लेख छ । यस्तो खर्च उपाध्यक्ष पासाङ र प्रकाश कोइरालाले देखाएका हुन् ।

कोको हुन् पेड भोलेन्टियर्स, कति डलर लिन्छन् ?

यो घटना धेरै समयसम्म गुपचुप राखियो । तर यस्तो अन्तर्राष्ट्रिय संस्थाको कोषको हिसावकिताबमा मुख्य जिम्मेवार, भूमिका त अध्यक्ष र कोषाध्यक्षले खेल्नुपर्ने हो । यस्तो रकम आउँदा कार्य समितिमा छलफल हुनुपर्ने थियो । तर भएन ।

पेड भोलेन्टियर्सहरु युएईमै दिनभरि अन्य कुनै संस्थामा काम गर्ने जागिरदारहरु छन् । तनाब कम गरिएको भनेर यो प्रोजेक्टमा चार हजार भन्दा बढिको नाममा खर्च देखाइएको छ । तर ति परामर्शदाता सबै कुनै ज्ञान नभएका नेपालीको नाममा खर्च गरिएको छ । एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाले आफ्नै छोरी भन्दै सामाजिक सन्जालमा लेखेका ब्यक्तिलाई समेत त्यस्तो काम गरेबापतको खर्च उल्लेख छ ।

नेपालमा रहेका नेपाली कांग्रेस समर्थित राजेन्द्र राउतको सिफारिसमा प्रविण पोखरेललाई कोअर्डिनेटर नियुक्त गरिएको छ । राउत आफैं एनआरएनए आइएलओका प्रोजेक्ट कोअर्डिनेटर छन् । उनी लिमो चलाउँछन् । आइएलओको प्रोजेक्ट कोअर्डिनेटर हुँदाहुँदै यसरि बेकामका कर्मचारी आफ्नो तर्फबाट नियुक्त गर्न सिफारिस गर्नुले आइएलओमा कार्यरत नेपाली कर्मचारीपनि यो प्रोजेक्टको भ्रस्टाचार वरिपरि घुमेको वा नाजायज फाइदा लिन अन्तर्राष्ट्रिय संस्थालाई दुरुपयोग गरेको देखिन्छ । र प्रविण पोखरेलले मासिक ८०० अमेरिकी डलर लिएका छन् । पोखरेल आफैं युएईमा जागिर गर्छन् । एकातिर पूर्णकालिन कामदार हुँदाहुँदै उनले कसरि पूर्णकालिन पेड भोलेन्टियर्सका रुपमा समय दिएर मासिक ८०० अमेरिकी डलर लिए ? यि राजेन्द्र राउतको एन आर एन का केन्द्रिय पदाधिकारीहरुसितको संवन्धले काम गरेको युएइका नेपालीहरु बताउँछन् ।

कोअर्डिनेटर बाहेक अन्य पेड भोलेन्टियर्स अर्थात् भुक्तानी स्वयंसेवकले मासिक ६५० अमेरिकी डलर लिएका छन् । सामाजिक संस्थाको स्वयंसेवकलाई उसले कामै नगरि वा अन्य कुनै कम्पनीको पूर्ण कालिन कामदार हुँदै यत्रो भत्ता अमेरिकी डलरमा ? यो कसले पत्याउँछ ?

त्यस्तो पेड भोलेन्टियर्सहरु मध्ये सुदर्शन खड्का, सुशन आचार्य, मोहन लामा, समिक्षा तिवारी छन् । समिक्षा तिवारी प्रकाश कोइरालाले आफ्नो छोरी भन्दै उल्लेख गरिएकि महिला हुन् ।

पूर्व नेकपाको युएईस्थित भात्रि संगठन प्रवाशी नेपाली एकता मञ्चले सिफारिस गरेका आठ जनालाई पेड भोलेन्टियर्सका रुपमा राखिएको छ । ति हरेकले मासिक ६५० अमेरिकी डलर बुझेका छन् ।

तर अनौठो के छ भने महामारीको बिगबिगी भएका बेला यि कोहिपनि स्वयंसेवामा खटिएका थिएनन् । स्वयंसेवा गर्ने ब्यक्तिहरु अरुनै थिए । तिनले आफ्नो संलग्नतापनि कतै उल्लेख गर्दैनन् । यि भोलेन्टियर्समा मानसिक वा तनाबको परामर्श दिने ज्ञान, अध्ययन र सिप केहि छैन । तिनलाई परामर्शदाताको रुपमा नाम लेखाएर दाम मात्रै दिईएको छ ।

युएइमा कोरोना महामारी चलेका बेला उद्दारका लागि आइएलओले आर्थिक सहयोग दिने भएपछि प्रोजेक्ट प्लान (परियोजनाको ढाँचा) तयार पार्ने भनेर एनआरएनए युएईमा छलफल भएको थियो । युएईमा एनआरएनए युएई यहि नेपाल एसोसिएसनको सिफारिसमा नेपाल एसोसिएसन (एनआरएनए) भन्दै दर्ता भएको थियो । त्यहाँ जेजति सामाजिक काम हुन्छन् यहि कम्युनिटि डेभलपमेन्ट औथोरिटि (सिडिए) भन्ने युएई सरकारको निकायमार्फत हुनुपर्छ । नत्र कानुनि कारवाहि हुन्छ ।

आइएलओले आर्थिक कोष उपलब्ध गराउँदै छ त्यहाँ समस्यामा परेका नेपालीहरुलाई भन्ने भएपछि नेपालीलाई उद्दार गर्ने भन्दै सिडिएमा बुझाए त्यो लिखित प्रस्ताब । सिडिएले त्यो प्रस्ताब बदर गरिदिएको थिएन ।

बिचैमा एनआरएनए केन्द्रिय समितिका केहि ब्यक्ति र प्रकाश कोइरालाकाबिचमा भित्रभित्रै केहि खिचडी पाक्यो । कोइरालाले ‘यो सिडिए मार्फत् जाँदा झन्झटि भयो । यसका अनेक नियम पालना गर्दा झमेला भयो । यसरि बिदेशी रकम युएइमा ल्याएर खर्च गर्दा यहाँको सरकारले झ्याप पार्छ । मानव अधिकारपनि नभएको यो देशमा काम गर्न गाह्रो हुन्छ । यो योजनामा काम गर्नेहरु होसियार बन । समाएर नेपाल फिर्ता पठाउला । जेल हाल्ला’ भन्दै हाउगुजी देखाए । उनले त्यहाँका केहि बौद्दिक र टाठाबाठा ब्यक्तिहरुबिच यहि हौवा फैलाइदिएपछि नेपालीहरु तर्सिए । त्यसपछि प्रकाश कोइरालाको एनआरएनए केन्द्रिय समितिसित मात्रै पत्रचार शुरु भयो । कोइराला र पाशाङले केन्द्रसित सिधा सम्पर्क गर्न थाले ।

पासाङ र कोइराला मिलेर कसैलाई जानकारि नदिकनै नेपालको माछापुच्छ्रे बैंकमा सुटुक्क खाता खोले । केन्द्रिय मिलोमतोमा पैसा यि दुईको खातामा पठाइयो । केन्द्रसित सल्लाह गरेर खाता खोलियो । ‘केन्द्रको निर्देशन आयो ‘ढुक्क भएर काम गर्नु । हल्ला गर्नुपर्दैन, हामी छौं ।’ यसरि ढास दिएर साँठगाँठ कोको हुन् केन्द्रका नाम अझै खुलेको भने छैन । तर यो प्रोजेक्टको नेत्रित्वकर्ता भने केन्द्रिय उपाध्यक्ष डा बद्री केसीले गरिरहेका छन् ।

केहि समयपछि यहाँ अनेक गुनासा गरेजस्ता नाटकपनि शुरु भए । जस्तो कि, बाबुराम लोप्चन डा बाबुराम भट्टराईसम्मिलित समाजवादी जनता पार्टीका युएई स्थित आइेएनटिएल (जनजाति महासंघ) नामको भात्री संस्थाका अध्यक्ष हुन् । उनले ‘हाम्रो पार्टीपनि नेपालमा एक प्रमुख पार्टीनै हो । हामीलाई किन छानबिनमा, कार्यदलमा राखिएन ? हामीलाई बाइपास गरेर किन बेवास्था गरियो’ भन्दै प्रेस बिज्ञप्तीनै जारि गरेका थिए । बाबुराम लोपचनले नेपाली समाजमा अहिले जुन जुन ब्यक्तिले छानबिन गर्ने भनेर समिति बनेको छ दुतावासलेपनि तिनैलाई सदर गरेको छ’ भन्दै बताउने गरेका छन् । उनले दुतावासले पत्रनै पठाएको भन्ने गर्छन् तर त्यो पत्र अहिलसम्म सार्वजनिक भने गरेका छैनन् । र दुतावासका अधिकारीहरुपनि यसबारे केहि बोलेका छैनन् ।

तर चाखलाग्दो पक्ष के छ भने उनले छानबिन समितिमा आफ्नो पार्टीका मान्छे नराखेको गुनासो गरेपनि त्यहाँका नेपालीको विमानको टिकट उनको ट्राभल एजेन्सी पिपल ट्राभलबाट बिक्रि हुने गरेको छ । यसरि नेपालीको विमान टिकट कुन ट्राभलबाट राम्रो र सस्तो पाइन्छ भनेर एनआरएनए युएई कमिटीमा छलफल हुनुपर्थ्यो तर भएन । र कसले सस्तो र राम्रो दिन्छ भनेर बोलपत्र आव्हानपनि गरिएन । सर्वसाधारणलाइ पनि कुनै जानकारि दिईएन ।

प्रोजेक्ट शुरु भएपछि आश्रय बनाउने निधो भयो । तर यस्तो आश्रय तिनै राजनितिक दलका कार्यकर्ता, प्रकाश कोइरालाको केन्द्रिय साँठगाँठमा गुपचुप पाराले बन्यो । त्यस्तो गोप्य जस्तो आश्रममा चिनजान, सिफारिस र आफन्त, पैसा खर्च गर्ने टोलीमा भएकाले छानी छानी राख्न थाले । तिनबाट आफूलाई उपयुक्त हुनेगरि बिल भर्पाई बनाउनकालागि यसो गरिएको युएईकै छानबिन कमिटीका एक सदस्यले नेपालप्लसलाई बताए ।

अनियमितताको प्रसंग बाहिर आएपछि बैठक बस्यो । प्रकाश कोइरालाले ‘मैले ब्यक्तिगत रुपमा दुख गरेर, निजि पहलमा ल्याएको यो प्रोजेक्टले उद्दार गरेको छ के नराम्रो भयो ? ब्यक्तिगत तहमा मेहनत गरिगरि पैसो ल्याएर उद्दारपनि गर्न नपाउने ?’ भन्दै ब्याख्या गरे । बाँकि सदस्यले ‘प्रोजेक्ट आएपछि सल्लाह गर्नुपर्दैन ? कुरो उद्दारको होइन बिधीको हो’ भन्ने तर्क राखे ।

यो काण्डमा पासाङ शेर्पाको पनि दोष रहेको छानबिन समितिका ति सदस्यले बताउँदै भने “अध्यक्षले गलत काम गरेको देखेपछि यस्तो गलत काममा म समर्थन गर्दिन किन भनेनन् ?’

पिसिआरमा ठगी

युएईमा ढाट (टोल फ्री) पार गर्दा कतिपय ढाटहरु निशुल्क छन् । सबैमा पैसो तिर्नुपर्दैन । तर यो प्रोजेक्ट सन्चालन कर्ता प्रकाश कोइरालाको टोलीले सबै टोलमा पैसा तिरेको उल्लेख गरेका छन् । उनीहरुले घरमा राखेको इन्टरनेटको खर्चसमेत यहि प्रोजेक्टका नाममा बनाएका छन् । कोइरालाले निशुल्क पार्किङकोपनि पार्किङ शुल्क तिरेको भन्ने उल्लेख गर्दै रकम असुलेका छन् ।

नेपालीलाई खाना खान दिएको रकमनै ६१ हजार तिन सय ७ दिराम (नेरु १९६१८२४) करिब छ । यो कुनैपनि नेपाली पत्याउन तयार देखिन्न । ईन्टरनेट र टेलिफोनको ६२१० दिराम (१९८७२० नेरु), कोरोना टेस्टको नौ हजार दिराम (२८८००० नेरु) छ । युएईमा कोरोना परिक्षण निशुल्क हुँदाहुँदै यत्रो रकम कोरोना परिक्षणमा कसरि खर्च भयो ? युएईबाट नेपाल एयरलाईन्सको विमानमा उड्ने भए निशुल्क पिसिआर टेस्टलेपनि काम गर्छ । तर फ्री हुँदाहुँदै किन यति धेरै पिसिआरको टेस्ट पैसा तिराइयो ?

पिसिआरको अर्को तथ्यपनि छ । आबुधाबीमा यो टेस्ट गराउन ७५ देखि ८० दिराम दिए पुग्छ । तर कसरि हरेक टेस्ट १५० देखि २५० दिरामसम्म खर्च भयो ? त्यस्तै, दुबाइमा यो टेस्ट गराउन १२५ दिराम लाग्छ । तर किन २५० दिरामसम्म लिएको खर्च देखाईयो ?

युएईमा सरकारी क्याम्पहरु छन् जहाँ निशुल्क पिसिआर परिक्षण गर्न पाइन्छ । त्यसको रिपोर्ट अलहोस्न, पियोर हेल्थ र सेहाबाट रिपोर्ट डाउनलोड गरेर लिन पाइन्छ । पैसानै लाग्दैन । त्यहाँको पि सिआर टेस्ट यि तिनवटै एप्समा पाइन्छ । अलहोसमा आएको पिसिआर टेस्टको रिजल्टमा स्ट्याम्प हुन्न । बाँकि दुइ वटाकोमा स्ट्याम्प हुन्छ । जुनमा स्ट्याम्प छ त्यसको रिपोर्ट जुनसुकै एयरलाईन्सले स्विकार गर्छ । तर किन हरेक पिसिआरको पैसा लिएको खर्च देखाईयो ?

खर्च कति ?

हालसम्म एक लाख ८२ हजार नौ सय १९ दिराम युएईमा खर्च भैसकेको छ । अर्थात् ५० हजार डलर खर्च भएको छ । हालसम्म दुई लाख १६ हजार पाँच सय ९२ दिराम प्राप्त गरिसकेका छन् । खर्च भएको मध्ये चार पटक गरेर रकम आएको हो, आइएलओबाट ।

खर्चको शिर्षक र रकम हेर्नुस्

(ग्राफ साभार- जनसवाल डट कम)

यसैसित संवन्धित यस अघिका रिपोर्टपनि हेर्नुस्

आईएलओ – एनआरएन प्रोजेक्ट : बस्ने खाने सहयोग भन्दा मानसिक परामर्श लिने बढि (रिपोर्टको प्रमाण सहित )

आइएलओ रकम अनियमितता काण्ड : एन आर एन एद्वारा यि सबै तथ्य लुकाउनुको कारण के ? (आईएलओका नेपालप्रमुखको पत्रसहित)

(नेपालप्लस हेर्दै गर्नुहोला, आइएलओ भ्रस्टाचार काण्डका थप सामाग्रि आउँदै छन्)

तपाइँको प्रतिक्रिया