शुक्रबार, वैशाख २१, २०८१

म्यानमारमा सैनिकहरुद्वारा एकै दिन दर्जनौं मारिए

नेपालप्लस संवाददाता२०७७ चैत २९ गते १७:१०

फोटो-उत्तम पुडासैनीको फेसबूक

लोकतन्त्र समर्थक प्रदर्शनकारीहरूमाथि म्यानमार सुरक्षा बलले गरेको कारवाहीमा आज एकै दिनमा कम्तिमा ८२ जना मारिएका छन् । स्वतन्त्र स्थानीय मिडिया र फर्वरीको कुदेखि यता हताहत हुनेको संख्या निगरानी गरेका संगठनको रिपोर्टले यस्तो सार्वजनिक गरेको हो ।

यस अघि यांगुनमा एकै दिन १०० भन्दा बढि मारिएका थिए । एसोसिटेड प्रेस (एपी) ले भने म्रित्यु हुनेको संख्या स्वतन्त्ररुपमा पुष्टि गर्न नसकेको उल्लेख गरेको छ ।

८२ जनाको संख्या राजनीतिक कैदीहरूका लागि सहयोग संस्था ‘असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजोनर्स’ ले संकलन गरेको प्रारम्भिक तथ्यांक भएको एपीले उल्लेख गरेको छ । बन्दीको लागि काम गरिरहेको उक्त संस्थाले फर्वरी १ ​​तारिखमा आङ साङ सुचीको निर्वाचित सरकारको सत्ताबाट निष्कासन गरेपछि शुरु भएको बिरोधबाट हताहत र पक्राउपर्नेको दैनिक गणना जारी गरेको छ ।

उक्त संस्थाले कुनैपनि घटना राम्रोसित पुस्टि नभएसम्म आफ्नो वेभसाईटमा राख्दैन र सार्वजनिक गर्दैन । त्यसैले उक्त निगरानी संस्थाको सूचीलाई विश्वसनिय मानिँदै आएको छ ।

यांगुनबाट करिब ६० किमी पर रहेको बागो शहरमापनि सेनाको कारवाहीमा ६० भन्दाबढि मारिएका थिए । मारिनेको संख्या अझै पुस्टि भैरहेकाले उक्त संख्या बढन सक्ने असिस्टेन्स एसोसिएसनस फर पोलिटिकल प्रोजोनर्सले उल्लेख गरेको छ ।

म्यानमार नाउ साईटलेपनि आज सैनिकहरुको आक्रमणमा ८२ जना मारिएको उल्लेख गरेको छ । त्यहाँका मानव अधिकारवादी स्रोतहरुलाई उल्लेख गर्दै सैनिक कारवाहीमा मारिएकाहरुको लास बुद्दिस्ट प्यागोडाको जमिनमा लगेर गाडिएको उल्लेख छ ।

म्यानमारमा सैनिक कूपछि हालसम्म ७०१ जनाको हत्या भैसकेको छ । असिस्टेन्स एसोसिएसन्स फर पोलिटिकल प्रिजोनर्सका अनुसार सैनिक कु बिरुद्द लोकतान्त्रिक आन्दोलनमा उत्रेका मात्रै नभएर राजनितिक आन्दोलनमा सरिक नभएका सर्वसाधारण र वालवालिकाहरुको समेत हत्या भएको उल्लेख गरेको छ ।

गत साता बोगोमा भएको आक्रमणमा सत्तारुढ दलका जनताको लगातार विरोधलाई दबाउन ठूलो शक्ति प्रयोग भएको थियो ।

सैनिक शासनको कट्टर विरोधीहरुमा बुधवारबाट आक्रमण तिब्र पारिएको थियो । सैन्य कुका बिरोधीहरुले देशको उत्तरमा काला र ताजे शहरहरुमा गढहरू बनाएका थिए । दुबै ठाँउमा कम्तिमा ११ जना मारिएका थिए । ति मध्ये केही यात्रीहरुसमेत परेको रिपोर्टमा उल्लेख छ ।

सैनिक शासनको कट्टर विरोधीहरुमा बुधवारबाट आक्रमण तिब्र पारिएको थियो । सैन्य कुका बिरोधीहरुले देशको उत्तरमा काला र ताजे शहरहरुमा गढहरू बनाएका थिए । दुबै ठाँउमा कम्तिमा ११ जना मारिएका थिए । ति मध्ये केही यात्रीहरुसमेत परेको रिपोर्टमा उल्लेख छ ।

सुरक्षा बलले शान्तिपूर्णरुपमा आन्दोलनमा उत्रेकाहरुमाथिपनि भारी हतियारहरू प्रयोग गरेको आरोप लगाइएको छ । रकेट, ग्रेनेड र मोर्टार सहित सेनाले आन्दोलनकारिमाथि प्रहार गरीएको समाचारमा उल्लेख छ । बागोबाट सोशल मिडियामा पोष्ट गरिएका फोटोहरूमा मोर्टार शेलको टुक्रा देखापरेको उल्लेख छ ।

देशभरिका शहरहरूमा धेरैजसो विरोध प्रदर्शन अहिंसात्मक प्रदर्शनकारीहरूले गरेका छन् । ति आन्दोलनकारीहरुले आफुलाई एक नागरिक अनाज्ञाकारिता आन्दोलनको हिस्सा मान्ने गरेका छन् ।

पुलिस र सेनाले घातक शक्तिको प्रयोग बढाउँदा प्रदर्शनकारीहरूको एउटा कट्टर समूहले आत्मरक्षाको नाममा फायर बम जस्ता घरेलु हतियारहरू प्रयोग बढाएका छन् । काला क्षेत्रमा आन्दोलनकारी र खासगरि यो सैन्य कुका बिरुद्दमा आन्दोलन गर्नेहरु
आफूलाई “सिभिल आर्मी” भनेर चिनिने गरेका छन् । केहिले दुर्गम क्षेत्रका परम्परागत शिकार राइफल्स प्रयोग गरेको पनि समाचारमा उल्लेख छ ।

म्यानमार नाउ भन्ने साईटमा प्रकाशित एक रिपोर्ट अनुसार तामु शहरका नागरिकहरुले सेनालाई आक्रमण गर्न शिकार खेल्दा प्रयोग गरिने बन्दुक प्रयोग गरेका थिए । ति स्थानियहरुले सैनिकहरुलाई एम्बुसमा पार्ने कोसिस गरेको र तिन जना सैनिक मारेको दाबीसमेत गरेको छ ।

जुन्टाले प्रतिरोधलाई निरुत्साहित गर्न अन्य उपायहरूपनि अपनाएको छ । हालसालै यसले कला र पत्रकारितामा सक्रिय १४० व्यक्तिको कालो सूची प्रकाशित गर्दै सैनिकले पक्राउ गर्न चाहेको उल्लेख गरेको छ । ति १४० ब्यक्तिले देशको स्थायित्व र कानूनको शासनलाई कमजोर पार्न लागिपरेको आरोप लगाइएको थियो । तिमाथि त्यस अपराधको लागि तीन वर्षको कारावास सजायँ दिने भन्ने छ । हाल ती सूचिमा परेकालाई पक्राउ गरिएको सरकारी मिडियामा अत्यधिक प्रचार गरिएको छ ।

म्यानमारको सेनाको निर्देशनमा रहेको सरकारी टेलिभिजन च्यानल एमआरटीभीले शुक्रवार राती गरेको प्रशारणमा सैन्य अदालतले मार्च २७ मा यांगुनमा एक सैनिक अधिकारीको हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्ड सुनाएको थियो । यो युद्ध मार्शल रहेको शहरको एउटा क्षेत्रमा भएको थियो । कानून र अदालतको कार्यवाही पहिलो पटक जुन्टाको सजाय अन्तर्गत मृत्युदण्ड सुनाईएको जस्तो देखिन्थ्यो ।

म्यानमारका लागि अमेरिकी विशेष दूत क्रिस्टीन श्रानेर बुर्गेनर शुक्रवार म्यानमारको संकट समाधान गर्न क्षेत्रीय मिसनमा थाईल्याण्डको राजधानी बैंकक पुगेकि थिईन् । उनले दक्षिणपूर्वी एशियाका देशहरु, खासगरि म्यानमारका छिमेकी देशहरुका विचारहरु सुन्ने र म्यानमारको प्राजान्त्रिक आन्दोलनमा सहयोगका लागि भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

(नेपालप्लससँगै एपी र फ्रँस २४ न्युज)

म्यानमार संवन्धि तलका समाचार र लेखपनि हेर्नुस्

म्यानमारको अर्थ मन्त्रालयद्वारा ८० भन्दा बढि कर्मचारी बर्खास्त

मानवता रोएको म्यानमार र सैनिक सत्ता

म्यानमारमा सैनिक कूबिरुद्द दोस्रो पटक हजारौं नागरिक सडकमा

म्यानमारमा सैन्य कूको विश्वभरिबाट निन्दा

आङ सान सुकीमाथि गैरकानुनी रुपले सन्चार उपकरण आयात गरेको आरोप

आङ साङ सुकीले वाचा तोडिन्, सेनाले सत्ता हत्यायो

तपाइँको प्रतिक्रिया

फेसबुक