मंगलबार, वैशाख १८, २०८१

ईजिप्टमा रेल दूर्घटना : कम्तिमा ११ को मृत्यु, १०० भन्दा बढि घाइते

नेपालप्लस संवाददाता२०७८ वैशाख ६ गते १७:१०

Credit-Pùblico

ईजिप्टको काएरो नजिकै आइतवार रेल दूर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने झण्डै १०० घाईते भएका छन् ।

इजिप्टका स्वास्थ्यमन्त्रीलाई उघ्रित गर्दै सोमवार फ्रँस २४ न्युजले रेल लिकबाट बाहिर गएपछि यो दूर्घटना भएको उल्लेख गरेको छ । दूर्घटनामा ११ को मृत्यु भएको र ९८ जना घाईतेको भएको ईजिप्टका स्वास्थ्य मन्त्रीको भनाई उल्लेख गर्दै फ्रँस २४ न्युजले जनाएको छ ।

इजिप्टको स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको सूचनामा भनिएको छ “राजधानीबाट करिब ४० किलोमिटर दूरीमा रहेको उर्वरकृषी गाउँ तोखमा भएको रेल दुर्घटनामा ११ मानिस मारिए र अन्य ९८ जना घाइते भएका छन्”।

इजिप्टको मन्त्रिपरिषद्ले एक विज्ञप्ति मार्फत् चार डिबासहितको रेल काएरोबाट डेल्टा शहर मानसौरा जाँदै थियो र सोहि क्रममा रेलको चक्काले लिक छोडेर बाहिर निस्किएपछि रेल दूर्घटना भएको जनाएको छ ।

दूर्घटनालगत्तै दर्जनौं एम्बुलेन्सहरू दूर्घटनास्थलमा पठाइएको थियो । स्वास्थ्य मन्त्रालयले अनुसन्धानकर्मीहरू दुर्घटनाको कारण निर्धारण गर्न पठाइएको जनाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक