शुक्रबार, वैशाख २१, २०८१

नाकमुनी मास्क लगाउनु कोरोना संक्रमणमा झनै खतरा

नेपालप्लस संवाददाता२०७८ वैशाख ३१ गते २२:१९

पेरिस निवाशी ग्रिस कुँवरको मोडलिङ गरिएको तस्विर

कोरोना भाईरस (कोभिड १९) ले कोशिकाहरूका प्रकारहरूलाई लक्षित गर्दछ । ति नाकमा हुन्छन् । अन्वेषकहरूका अनुसार खुला गरिएको नाकले त्यस ब्यक्तिलाई संक्रमित हुने खतरा निम्त्याउँछ ।

कोरोना महामारी रोकिने कुनै संकेत देखिएको छैन । बरु नयाँ नयाँ स्वरुपहरु देखिँदै गएका छन् । जनताले सार्वजनिक रूपमा बाहिर निस्किँदा अनुहारमा राम्रोसित मास्क लगाउनुपर्ने धेरै जिम्मेवारी छ । तर तपाई मास्क लगाएपनि यसलाई राम्रोसँग लगाउनुभएन भने त्यसले काम गर्ने होइन उल्टो नोक्सान पुर्‍याउन सक्छ ।

सीडीसी (सेन्टर फर डिजिज कन्ट्रोल) दिशानिर्देशन अनुसार मास्कले दुबै नाक र मुख ढाक्नुपर्छ । र गालामा मास्कको दुबै भाग टिपिक्क टाँस्सिनुपर्छ । तर सबैले त्यसरि मास्क लगाउँदैनन् । केही व्यक्तिहरू आफ्नो मास्क तल तान्न रुचाउँछन् । त्यसले तिनीहरूको मुख मात्रै छोप्दछ । उनीहरूको नाक खुला रहन्छ । त्यसरि मास्क लगाउँदा जेकोलागि लगाएको हो त्यो काम गर्दैन । अर्थात् यसले मास्क लगाउने प्रमुख उद्देश्यलाई पुरा गर्दैन । धेरै वैज्ञानिकहरूको अनुसन्धानले के देखाउँछ भने नाक कोरोना भाईरस संक्रमणको लागि अत्यधिक कमजोर भाग हो ।

मास्क लगाउँदा कोरोनाको प्रसारलाई कम गर्न मद्दत गर्दछ । जब कुनै व्यक्तिले सास फेर्दा कुराकानी गर्छ त्यो बेला वाष्पिकरण वा चिस्यानपनि हुन्छ त्यो हावामा । हो त्यो हावा नाकबाट धकेलिएर फोक्सोतिर जान्छ । केहि त स्वाश फेर्दा बाहिरै निस्किन्छ । श्वाश तान्दा वा फाल्दा त्यसको गतिपनि हुन्छ । त्यो बेला त्यसले वरिपरिको हावा सँगै त्यसमा मिसिएका किटाणु, जिवाणु, आदिपनि लिन सक्छ । जसलाई अंग्रेजीमा ड्रपलेटपनि भनिन्छ । र अर्को हुन्छ अेरोसोल भनिने । श्वास तान्दा स्प्रेले जसरि दबाब (प्रेसर) दिन्छ र त्यो बेला हावा भित्र पस्छ वा धकेलिन्छ । कुराकानी गर्दा, हाछ्युँ गर्दा, खोक्दा त्यो प्रेसर (दबाब) लाई रोक्छ । सिडिसीले यो भाइरस फैलाउने प्राथमिक तरिका हो भनेको छ ।

नाकको लापरवाही

अप्रिलमा अन्वेषकहरूको एक अन्तर्राष्ट्रिय टोलीले नाक सार्स कोभिड -२ का लागि मुख्य प्रवेश बिन्दु भएको निर्धारण गर्‍यो । यो त्यहि भाइरसले हो जसले कोभिड १९ पनि संक्रमण गराउँछ । नेचर मेडिसिन पत्रिकामा प्रकाशित उनीहरूको अध्ययनले के वर्णन गरेको छ भने नाकका कोषहरूले विशेष गरी सार्स-कोभिड -२ शरीरमा प्रवेश गर्नका लागि संलग्न गरिएको प्रोटीनहरूको उच्च स्तर समावेश गर्दछ । ति प्रोटीनहरुलाई एसिई २ र टिएमपिआरएसएस २ भनिन्छ।

भाइरसको लागि प्रोटिन मार्गहरू पत्ता लगाउन अनुसन्धानकर्ताहरूले दाताहरूबाट टिश्यु नमूनाहरू जाँच गरे जसमा फोक्सो, आँखा, नाक, आन्द्रा, मुटु, मृगौला र कलेजोका कोषहरू हुन्छन् । वेलकम सेन्जर इन्स्टिच्युटका इम्यूनोलोजिस्ट वाराडोन सुन्नाक र अध्ययनका प्रमुख लेखकले बताएअनुसार अनुसन्धानकर्ताहरूले नाकको कोशिकालाई एकपछि अर्को वा नियमित अनुसन्धान गरे र ती महत्वपूर्ण हुने आशा गरेनन् ।

किनभने नाक भाइरसको लागि मुख्य मार्ग हो । सुन्नाक भन्छन “यो सम्भावित स्पष्टीकरण किन हो भने कोभिड १९ महामारीको सुरुमै एकदमै प्रभावकारिताकासाथ फैलियो ।

“यी भाइरल प्रवेशका कारकहरूको प्रवेश नाकमा उच्च छ” सुन्नक थप्छन् “त्यसैले यो भाइरस भित्र पस्नको लागि धेरै सजिलो स्थान हो । जब एकचोटि यो भित्र पस्छ आफ्नो प्रतिलिपि गर्ने ठाउँ बनाउँछ । त्यो हुनबाट रोक्न कुनै प्रकारका उपायहरू छन् भने त्यो मास्क हो । त्यसैले यदि तपाईं मास्क लगाउँदै हुनुहुन्छ भने नाकमा अवरोध नराख्नुस । ”

कोरोना प्रवेशद्वार

अर्को अध्ययन जुलाईमा सेल पत्रिकामा प्रकाशित भएको थियो जसमा नाकको रक्षाको महत्त्व औंल्याईएको छ । एउटा टोलीले कोरोना भाईरस कसरी फोक्सोमा पसेर संक्रमणको प्रारम्भिक क्षेत्र कहाँ हो भनेर पत्ता लगायो ।

अन्वेषकहरूले सबैभन्दा बढी एसिई २ प्रोटीनहरू कुन क्षेत्रहरूमा छन् भनेर निर्धारण गर्न हावाको मार्गको सतहमा रिसेप्टर्सहरू नक्शांकन गरे । उनीहरूले निर्धारण गरे कि यी प्रोटिनहरूको उच्च सक्रियता वा केन्द्रिकरण नाकमा रहेको छ । त्यो उनीहरुले फोक्सोको गहिराईमा हुन्छ भन्ने आशा गरेको भन्दा फरक देखियो । टिश्यु नमूनाहरू सार्स-कोभि-२ लाई उजागर गरेपछि टोलीले निर्धारण गर्‍यो ‘नाक सम्पूर्ण श्वासप्रणालीको सबैभन्दा उर्वर संक्रमण स्थल हो ।’

चापेल हिलको नर्थ क्यारोलिना विश्वविद्यालयका पल्मोनरी अनुसन्धानकर्ता अध्ययनका लेखक रिचार्ड बाउचर भन्छन “यो नतिजा शरीरले फिल्टर गर्ने उपकरणको रूपमा प्रयोग गर्ने तरिकासँग मिल्दो छ जसमा भाइरस भित्र्याउने र जाल दुबै बनाउन सकिन्छ । नाकमा हुँदा भाइरस “सुक्ष्म-आकांक्षित (माईक्रो एस्पिरेटेड)” हुनसक्दछ । वा शरीरको तरल पदार्थको सानो थोपाबाट फोक्सोमा सास फेर्न सक्छ । एक पटक फोक्सोमा भाइरस पसेपछि त्यसले त्यहाँ कोषहरू प्रयोग गरेर दोहोर्याउँछ ।”

बाउचरको भनाईमा माइक्रो-एस्पिरेटेड बुढ्यौली र कुनै औषधी नियमित लिएका वा चिकित्शकको नियमित निगरानीमा रहेकाहरूको बीचमा बढी हुन्छ । यी मानिसहरुमा कोरोना जस्ता भाइरस हुने सम्भावना बढी हुन्छ । उनीहरूको तल्लो श्वसन प्रणालीमा असर गर्छ जसमा एयरवे र फोक्सो समावेश छ । यसको विपरित युवा वा स्वस्थ मानिसहरूमा भाइरस तिनीहरूको नाकको नाकामा रहिरहने सम्भावना बढी हुन्छ । त्यसको मतलब उनीहरूले नाक बग्ने, सिँगान आउने, छिँछिँ गर्ने जस्ता हल्का लक्षणहरू अनुभव गर्छन् ।

बाउचर भन्छन् “यो स्पष्ट छ कि नाकको रक्षा गर्नु फोक्सो र श्वासप्रश्वासको मार्गलाई कोभिड १९ बाट रक्षा गर्न अत्यन्त महत्त्वपूर्ण छ । हाम्रो अध्ययनको निष्कर्षले के भन्छ भने नाक मुनि मास्क लगाउनु कसैको श्वासप्रणालीको रक्षा गर्न पूर्णतया अप्रभावी छ ।”

बाउचरका अनुसार नाक मुनि मास्क लगाउनु वास्तवमै खराब हुन सक्छ किनभने यसले तपाईंलाई सुरक्षाको गलत अर्थ दिन्छ । बाउचर भन्छन् “तपाईं त्यस्तो अवस्थामा जान सक्नुहुन्छ जुन त्यति बुद्धिमानी हुँदैन । तर तपाईंलाई लाग्छ कि तपाईं सुरक्षित हुनुहुन्छ । त्यसैले मास्क लगाएकाले सुरक्षित भएको भ्रममा जानुहुन्छ र थप जोखिम लिनुहुनेछ । त्यसैले एक अर्थमा यो विश्वमै सबैभन्दा खराब कुरा हो । यो अप्रभावी छ । तर यसले तपाईंलाई सुरक्षित गरिएको सोच्ने बनाउँछ, सुरक्षित रहेको छु भनेर बहकाउन सक्छ। “

तपाइँको प्रतिक्रिया

फेसबुक