बिहीबार, वैशाख २०, २०८१

म्यानमारमा विद्रोहीसँगको भिडन्तमा प्रहरी र सैनिकहरू मारिए

नेपालप्लस संवाददाता२०७८ जेठ १० गते १५:२४

Photo credit-farsnews.ir

म्यानमारको विद्रोही लडाकुहरूले सरकारी सेनामाथि हमला गर्दा दर्जनौं प्रहरी र सैनिकहरु मारिएका छन् । म्यानमारको पूर्वी सिमानामा बिदोर्ही लडाकूसित भिषण लडाई हुँदा हिजो आइतबार म्यानमारको सुरक्षा बलका दर्जनौं सदस्य मारिएका हुन् ।

आन्दोलनकर्मीहरुलाई हटाउन त्यहाँको सेनाले घातक शक्ति प्रयोग गर्ने भएकोले गत फर्वरीको सैनिक कु देखिनै म्यानमारमा अराजकता छाएको छ । हरेक दिन जसो त्यहाँ सरकारी सुरक्षाकर्मीसित नागरिकको द्वन्द छ ।

एक स्थानीय अनुगमन समूहका अनुसार नागरिकको मृत्यु हुने संख्या कम्तिमा ८१५ जना ​​पुगेको छ ।

घरेलु हतियारसहित सरकारी सुरक्षा बलको बिरूद्ध लड्ने नागरिकहरु मिलेर उब्जाएको हिंसाले केहीलाई जनता विरोधी आन्दोलनमा उक्साएको छ । उनीहरूले आफ्नै शहरमा “जन सुरक्षा बल” (पीडीएफ) गठन गरिरहेका छन् । तिनले घरेलु हातहतियारद्वारानै सरकारी सुरक्षा बलसित लडिरहेका छन् ।

पूर्वी म्यानमारमा साताको अन्त्यमा बिद्रोही र सरकारी सुरक्षा बलबिच द्वन्द भएको थियो । विशेष गरी कायाह राज्यको डेमोसो शहर र छिमेकी शान राज्यमा यस्ता द्वन्दहरु भएका छन् ।

जन सुरक्षा बल सदस्य थेट वाई(बदलिएको नाम) ले भने “कम्तिमा २० प्रहरी अधिकारीको मृत्यु भयो । उनको पक्षले राजधानी नायपिडोको पूर्वमास्थित शान राज्यको मोबिएल शहरमा एक प्रहरी स्टेशन कब्जा गरेको छ ।

प्रहरी चौकी जलेको थियो । विद्रोही लडाकुहरूले सुरक्षा बलका चार सदस्यलाई आफ्नो कब्जामा लिएको स्थानीय मिडियाले जनाएका छन् ।

“मैले सोचें कि आज विद्रोहीहरुको विजयको दिन हो” २८ वर्षीया थेट वाईले एएफपीलाई भने ।

“तर मँ चिन्तित पनि छु । किनकि आज हामीले हवाई हमला र ट्यांक र हातहतियारसहितका सैनिक गाडीहरु देखेका छौं । उनीहरूसँग हामीसित भन्दा धेरै आधुनिक हतियार छन् ।”

उनका अनुसार म्यानमार सेनाले कायथ प्रान्तको ४० किमी दक्षिणको देमोसोमा साँझ हवाई आक्रमण गरेको छ ।

देमोसोका अर्का नागरिक लडाकूले आइतवार म्यानमारका कम्तीमा १९ जना सेनाहरुको मृत्यु भएको बताएका छन् । नागरिक लडाकूका तर्फबाट चार जना सैनिक घाइते भएको उनले बताएका छन् ।

“हामीले उनीहरूको पुलिस स्टेशनलाई कब्जा गर्ने योजना गरेका थियौं । तर तिनीहरूले हवाई हमला प्रयोग गरे र हामी उनीहरूको हातहतियार सहितको ट्रक शहरमा छिर्न रोक्न सकेनौं” उनले भने “हामीले युद्धबाट हाम्रो सेना फिर्ता लिनुपर्‍यो ।”

कायना राज्यको गढ रहेको जातीय सशस्त्र समूह करेनी राष्ट्रिय प्रगतिशील पार्टीका एक वरिष्ठ नेताका अनुसार आइतबार रातसम्म लडाइ जारी थियो ।

सेनाले डेमोसो र कायका राज्यको राजधानी लोइकाउमा ट्यांक, हेलिकप्टर र मोर्टार प्रयोग गएर हमलाहरू प्रयोग गरिरहेको उनले पुष्टि गरे ।

-ए एफपी, फ्रँस २४ न्युजको सहयोगमा)

तपाइँको प्रतिक्रिया

फेसबुक