शुक्रबार, वैशाख २१, २०८१

नेपाल एयरलाईन्स बोर्ड अध्यक्षको आकस्मिक राजिनामा : कोविड संकटका माझ महाप्रबन्धक डिम अमेरिका उड्न लागेकोमा ‘असहमती’

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ जेठ २८ गते १८:५१

उखान त्यसै बनेको होइन ‘अरुलाई के को धन्दा, घर ज्वाईलाई खानकै धन्दा ।’ नभन्दै ‘घर ज्वाई’ कै तहमा रहेका नेपाल वायुसेवा निगमको संचालक समितिका अध्यक्ष शुशिल घिमिरेले शुक्रबार आकस्मिक रुपमा राजीनामा दिएका छन् । यो संकटमाझ अमेरिका जान लागेका नेपाल एयरलाईन्सका महाप्रबन्धक डीमप्रसाद पौडेल (प्रकाश) का कारण अध्यक्ष घिमिरे राजिनामा दिने स्थितीमा पुगेका हुन् ।

‘यो संकट र महामारीका माझ अमेरिका भ्रमणमा नजानका लागि र संस्थाको छवि उजागर गर्नका लागि मैंले अनुरोध गरेको हुँ,’नेपाल वायुसेवामा बोर्डका एक संचालकले नेपालप्लससँग भने—‘तर उहाँ शनिबार अपरान्ह अमेरिका जाने हनुभएको छ, एक कानूनी सहचारी साथमा लिएर ।’

नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आफू आएपछि कुनै पनि उपलब्धिमूलक एउटै कार्य गर्न नसकेको र भैरहेको संरचना समेत भंग गराएर निगम ध्वस्त पार्न तल्लिन देखिएको आरोप कर्मचारीले लगाउँदै आएका छन् ।

महाप्रबन्धक पौडेल अहिले चार ठाऊँको जिएसए नियुक्तिमा आफ्नो एजेण्ट छिराएर करोडौं रकम कुम्ल्याउने दाउमा लागेको आरोप कर्मचारीहरुको छ । बिभागिय मन्त्रिलाई समेत पत्तो नदिइ भारत, साउदी अरब, दुबई र ग्वान्जावोको जिएसए नियुक्त गर्न तल्लिन देखिएका छन् उनी ।

भारत र दुबईमा अहिले भईरहेको जिएसए बर्ड ट्राभल्स र आजमान नेशनल ट्राभल एजेन्सी (एन्टा०) सँग निगम महाप्रबन्धक पौडेलले राम्रै बार्गेनिङ गरिरहेको र यसै सेटिङ मिलानका लागि बाणिज्य बिभागको निर्देशकमा अर्थका निर्देशक जनकराज कालाखेतिलाई सरुवा गरिएको छ । र, अर्थको कामु निर्देशकमा अनिशा खड्कालाई नियुक्त गरिएको छ ।

भारतका लागि तोकिएको जिएसए बर्ड ट्राभलले पौडेलको डिमाण्ड पुरा गर्ने छाँटकाँट नदेखाएकोले भारतको जिएसएमा बर्डलाई नदिने र एण्टाले पौडेलको रकमको डिमाण्डमा ग्रिन सिग्नल देखाएकोले कालाखेती र पौडेल एण्टाप्रति भने सकारात्मक देखिएको श्रोतले बतायो ।

निगमको वाइडबडि जहाज दुई महिनादेखि ग्राउण्डेड छ, त्यो कसरी उडाउन सकिन्छ भन्नेतिर निगम प्रमुख पौडेलको कुनै ध्यान छैन । तर त्यो बनाउँदा कसरि कमिशन आउँछ र जिएसएमा आफ्नो एजेण्ट छिराएर ठूलै रकम हात पार्न सकिएला भन्ने दाउमा महाप्रवन्धक देखि संचालक समितिका केही सदस्य लागेको निगम श्रोतको दावी छ ।

यति मात्र होईन, एयरपोर्टमा सेटिङ मिलाएर दुबई पठाउने कार्यमा लागिरहेका एयरपोर्टमा कार्यरत कुमार केसीलाई बचाउन समेत महाप्रवन्धक पौडेल लागिपरेको निगममा कार्यरत एक निर्देशक बताउँछन । निगमको एयरपोर्टमा कार्यरत केसी मानव सेटिङमा संलग्न कर्मचारी भएको र उनले दुबई मार्फत् बिभिन्न देशमा भिजिट भिषामा कामदार पठाउने गरेको निगमका कर्मचारीहरुको भनाई छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक