शुक्रबार, वैशाख २१, २०८१

समान अधिकार माग्दै हजारौं स्विस महिला सडकमा

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७८ असार १ गते २०:५७

Photo Credit-weforum.org/

महिला र पुरुषबिच  लैंगिक समानताको माग गर्दै हजारौं स्विस महिलाहरु सोमवार सडकमा उत्रिएका छन् ।

महिला र पुरुषबिच अधिकारमा ठूलो असमानता रहेकाले त्यसलाई खारेज गरि पुरुषसरह महिलालेपनि सबै अधिकार समान हुनुपर्ने माग राखेका छन् ।

किस्टोन न्युजका अनुसार स्विजरल्याण्डको जेनेभा, बासेल, जुरिच, लुसर्न, लुजेर्न, लोजान, फ्रिबुर्ग, नुसातेललगायत स्विजरल्याण्डका साना ठूला गरि ४० भन्दा बढि शहरमा प्रदर्शन गरिएको छ ।

महिलाहरुले आफ्नो हक अधिकारकालागि प्रदर्शन र माग गर्दा लगाउने आधिकारिक रङ बैजनी रङको लुगा लगाएर उनीहरु सडकमा उत्रिएका थिए । महिलाको लागि उचित तलब, उत्पीडन र हिंसाको बिरूद्ध संरक्षण र महिलाको अवकाश उमेर ६५ वर्ष बढाउने सरकारी नियम बिरूद्ध लडाईको आह्वान समेत गरेका छन् ।

“संविधानमा समानताको सिद्धान्त समेटिएको चालीस वर्ष पछि, महिलालाई मतदानमा सहभागि हुन दिएको ५० वर्षपछि, पहिलो पटक महिला हडताल भएको तीस वर्ष पछि, सन् २०१९ मा भएको विशाल महिला हडतालको दुई वर्ष पछाडिपनि हाम्रा मागहरू अझै वैध छन्” आन्दोलनकारि महिलाहरुले सोमवार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

हालसालै, कोभिड १९ महामारीको बेलापनि महिलाको काम राम्रोसँग पहिचान नगरिएको वा महिलाहरुको कामलाई पुरस्कृत नगरिएको आरोप महिला अधिकारकर्मीहरुको छ ।

फ्रँस २४ न्युजका अनुसार गत हप्ता, ट्रेड युनियन महासंघले स्विट्जरल्याण्डमा पुरुष र महिला बीच समान वेतन, निवृत्तिभरण र श्रम शर्तमा समान प्रगति नभएको भन्दै आलोचना गरेको थियो ।

स्विजरल्याण्डमा अझैपनि लिंगको बिच एक ठूलो तलब अन्तर छ । आधिकारिक तथ्यांकका अनुसार सन् २०१६ मा (उपलब्ध पछिल्लो तथ्यांक) स्विजरल्याण्डमा मानकीकृत (स्ट्यान्डराइज्ड) औसत कुल मासिक ज्याला महिलाको लागि ६,०११ स्विस फ्र्यांक र पुरुषका लागि ६,८३० फ्र्यांक थियो । अर्थात् महिला र पुरुषबिच १२ प्रतिशत असमानता देखिएको छ ।

निजी क्षेत्रमा त्यो फरक अझ ठूलो थियो । त्यहाँ महिलाहरूले आफ्ना पुरुष सहकर्मीहरू भन्दा १४ दशमलव ६ प्रतिशत कम तलब पाउँछन् समान कामकालागिपनि ।

तर वर्ल्ड इकोनोमिक फोरम (डब्ल्यूईएफ) का अनुसार स्विट्जरल्याण्डमा लैंगिक समानता सुधार हुँदैछ । यस वर्षको मार्चमा स्विट्जरल्याण्डले आठ स्थानमा सुधार भएको औंल्याएको छ ।

डब्ल्यूईएफले ग्लोबल जेंडर ग्याप रिपोर्टको बाह्य लिंकको अन्तिम संस्करणमा समाजमा पुरुष र महिलाहरुलाई प्रदान गरिएको तुलनात्मक अवसरहरुको मापन गर्दछ ।

 

तपाइँको प्रतिक्रिया

फेसबुक