बिहीबार, वैशाख २०, २०८१

इटालीसित हारेपछि बेलायती फूटबल समर्थकद्वारा ईटालियन समर्थकमाथि कुटपिट

नेपालप्लस संवाददाता २०७८ असार २८ गते १:२८

आइतवार भएको युरो च्याम्पियन खेलमा ईटालीसित हार खाएएका बेलायती फुटबल समर्थकहरुले ईटालियन समर्थकहरुमाथि कुटपिट गरेका छन् । ईटालीसित हारेको झोंकमा बेलायती समर्थकहरुले वेम्ब्ली रंगशाला र त्यसबाट निस्किने द्वारबाटै ईटालियन समर्थकहरुमाथि कुटपिट गर्न थालेका थिए ।

बेलायती समर्थकहरुले ईटालिको जर्सी लगाउने र ईटालियन खेलको समर्थन गर्दै हिँडेकाहरुमाथिपनि कुटपिट गरेका छन् । उनीहरु ईटालीयन समर्थकहरुलाई खोजिखोजि कुट्ने, तिनका लुगा च्यातिदिने र रेल स्टेशनमा भुइँमै ढलाएर कुटपिट गरेको भिडियोसमेत सामाजिक सन्जालमा प्रशारिर छ ।

त्यस्तै हजारौं समर्थकहरू लण्डनका विभिन्न स्थानहरू जस्तै लिसेस्टर स्क्वायर र वेम्ब्ली स्टेडियममा जम्मागरेर हुलदंगा मच्चाएको गेगमिस्पोर्ट डट कमले उल्लेख गरेको छ । खेल संवन्धि उक्त समाचार पोर्टलका अनुसार प्रशंसकहरूले प्रख्यात स्टेडियममा ब्यापकरुपमा हान्न कोशिश गरिरहेका छन् । यसले इटालीको ऐतिहासिक जितसँगै सम्भावित सुरक्षा उल्लंघनलाई निम्त्याएको छ ।

द मिररले रिपोर्ट गरे अनुसार प्रशंसकहरूको समूहले वेम्बली स्टेडियममा आफ्नो पहुँच प्राप्त गर्न कोशिस गरेको छ । स्टेडियममा पहुँच बनाउन खोज्दा त्यहाँ सुरक्षा घेरा बिग्रिएको थियो ।

बेलायती टिमका समर्थकहरूको हुलदंगा प्रयासलाई रोक्न धातुका थप अवरोधहरू स्थापना गरिएको छ ।

डेली मेलका अनुसार बेलायती प्रशंसकहरू रंगशालाका सुरक्षाकर्मीहरूको पछि पछि लागेर मैदानमा सफलतापूर्वक प्रवेश गरेका थिए ।

यस अघि जर्मनीसित भएको खेलमापनि जर्मन खेल समर्थकहरुलाई बेलायती समर्थकले त्यसैगरि आक्रमण गरेका थिए । एघार वर्षिया वालिकासमेत त्यो हुलदंगा र आक्रमण देखेर रोइरहँदापनि बेलायतीको भिड हाँसिरहेको भन्नेसमेत ज्याक नामका एक ब्यक्तिले आफ्नो सन्जालमा उल्लेख गरेका छन् । “बेलायतीको भिडमा ११ वर्षिया एक जर्मन वालिका रोइरहेको देख्दापनि खुशि भएर रमाउनेहरु देख्दा मैले कहिल्यै बेलायती हुनुको गौरव गर्दिन” उनले उल्लेख गरेका छन् ।

अर्का एक ब्यक्तिले “ति जर्मन वालिकाको आँसुले मेरो रात कट्ने भयो” भन्दै उल्लेख गरेका छन् । उनले भनेका छन् “मुर्ख, असत्त्तीहरु हो हामीले सधैं आफूले चाहेको पाउँदैनौं ।”

बेलायती समर्थकहरुले ति वालिकालाई तथानाम गाली गरेका थिय । वालिका त्रसित भएर रोएकि थिईन ।

तपाइँको प्रतिक्रिया

फेसबुक