मंगलबार, वैशाख १८, २०८१

अफ्रिकामा कोरोना भाईरसद्वारा खड्कीको मृत्यु

नेपाल प्लस२०७८ असार २९ गते १८:२५

युगान्डाको कम्पलामा कोरोना भाईरसको संक्रमणले ४७ वर्षिय हिरा बहादुर खड्कीको मृत्य भएको छ । तनहुँ जिल्लाका उनको युगाण्डामा उपचार गर्दागर्दै मृत्य भएको युगाण्डाका नेपाली अबैतनिक वाणियदुत सुधिर रुपरेलियाले पुष्टि गरेका छन् ।

युगाण्डाको कम्पाला स्थित एक ट्राभल्स कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत उनी बिगत एक महिना देखि कोभिड-१९ द्वारा संक्रमण भइ अस्पतालमा उपचाररत थिए । अफ्रिकामा कोभिडले मृत्य हुने उनी छैटौं नेपाली भएको एनआरएनए केन्द्रिय समितिका पूर्व कोषाध्यक्ष हिकमत थापाले जानकारि दिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक