मंगलबार, कार्तिक ६, २०८१

संवैधानिक आयोग र राजदूत गरेर १०० भन्दा बढी नियुक्ती खारेजीमा (नियुक्तिपत्र सहित)

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ असार ३० गते ०:०८

नेपालमा न रेल कुद्छ, न रेल्वे बारेका कामकारवाही संचालनमा छन् । तैपनि रेल्वे कम्पनीका महाप्रबन्धक छन्— गुरु भट्टराई । आफूलाई केपी ओलीको छोरा भन्न रुचाउने गुरु पेशामा इन्जिनियर भएपनि कसैले केपीलाई गाली गरेमा वा अनादर गरेमा फेसबुकबाटै ‘तल्लो स्तरका गाली गर्ने वा अश्लिल तस्वीरै पोष्ट गरिदिने’ उनको चिनारी थियो । यी चाकडीपात्रलाई केपी ओली स्वयमले रेल्वे कम्पनीमा महाप्रबन्धक बनाइदिएका हुन् ।

यस्तै झुण्डमा थिए— गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खनाल, महाप्रबन्धक कृष्णमुरारी भण्डारी, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईजस्ताको दिन सखाप भैसकेको छ । यसैगरी, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संसदीय सुनुवाइबिनै संवैधानिक निकायमा मात्रै दुई चरणमा ५२ जनालाई नियुक्ति गराएका ओलीले संसदीय सुनुवाइबिनै १० राजदूतको नियुक्ती सिफारिश गरेका थिए । ओलीले पहिलोपटक मंसिर ३० मा र त्यसपछि वैशाख २१ मा संवैधानिक परिषद्सम्बन्धी ऐनलाई अध्यादेशमार्फत संशोधन गरेर सबैजसो संवैधानिक निकायमा नियुक्ति गरेका थिए । अब ति झोलेमोले सबैको नियुक्ति रद्द हुने भएको छ ।

वैशाख २६ को सिफारिसबाट नियुक्त पदाधिकारी :

—हरि पौडेल, आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
—सुमित्रा श्रेष्ठ (व्याञ्जु), आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
—माधवप्रसाद रेग्मी, सदस्य, लोकसेवा आयोग
— माधव बेल्वासे, सदस्य, लोकसेवा अयाोग
—वीरबहादुर राई, सदस्य, लोकसेवा आयोग
—दिनेश सिलवाल, सदस्य, लोकसेवा आयोग
—मञ्जु कुमारी, सदस्य, लोकसेवा आयोग
—सगुनशमशेर जबरा, निर्वाचन आयुक्त, निर्वाचन आयोग
—विपिनराज निरौला, सदस्य, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
— जया घिमिरे, सदस्य, राष्ट्रिय महिला आयोग
—सावित्रा कुमारी शर्मा, सदस्य, राष्ट्रिय महिला आयोग
—सुन्दर पुर्कुटी, सदस्य, राष्ट्रिय दलित आयोग
—रामकृष्ण तिमिल्सेना, अध्यक्ष, राष्ट्रिय समावेशी आयोग
—पुष्पराज तिमिल्सिना, सदस्य, राष्ट्रिय समावेशी आयोग
—मनप्रसाद खत्री, सदस्य, राष्ट्रिय समावेशी आयोग
— सूर्यबहादुर गुरुङ, सदस्य, आदिवासी जनजाति आयोग
— आभा कुमारी, सदस्य, मधेसी आयोग
—उमाशंकरप्रसाद चौधरी, सदस्य, थारू आयोग
—शान्ति मोदी, सदस्य, थारू आयोग
— मो समशुल हक, सदस्य, मुस्लिम आयोग

मंसिर ३० गतेको सिफारिसमा नियुक्त पदाधिकारी :

१) प्रेमकुमार राई, प्रमुख आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२) किशोरकुमार सिलवाल, आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
३) जयबहादुर चन्द, आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग
४) रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त, निर्वाचन आयोग
५) जानकीकुमारी तुलाधार, निर्वाचन आयुक्त, निर्वाचन आयोग
६) तपबहादुर मगर, अध्यक्ष, राष्ट्रिय मानवअधिकार आयोग
७) सूर्यप्रसाद शर्मा ढुंगेल, सदस्य, राष्ट्रिय मानवअधिकार आयोग
८) मिहिर ठाकुर, सदस्य, राष्ट्रिय मानवअधिकार आयोग
९) मनोज दुवाडी, सदस्य, राष्ट्रिय मानवअधिकार आयोग
१०) लिली बस्न्यात, सदस्य राष्ट्रिय मानवअधिकार आयोग
११) जुद्धबहादुर गुरुङ, सदस्य, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
१२) अमरराज श्रेष्ठ, सदस्य, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
१३) कमलाकुमारी पराजुली, अध्यक्ष, राष्ट्रिय महिला आयोग
१४) कृष्णकुमारी पौडेल, सदस्य, राष्ट्रिय महिला आयोग
१५) विद्याकुमारी सिन्हा, सदस्य, राष्ट्रिय महिला आयोग
१६) देवराज विश्वकर्मा, अध्यक्ष, राष्ट्रिय दलित आयोग
१७) मीनादेवी सोब, सदस्य, राष्ट्रिय दलित आयोग
१८) टुन्जे कामी, सदस्य, राष्ट्रिय दलित आयोग
१९) मेहल पार्की, सदस्य, राष्ट्रिय दलित आयोग
२०) रामचन्द्र जोशी, सदस्य, राष्ट्रिय समावेशी आयोग
२१) हरिदत्त जोशी, सदस्य राष्ट्रिय समावेशी आयोग
२२) रामबहादुर थापामगर, अध्यक्ष, आदिवासी जनजाति आयोग
२३) मीनबहादुर श्रीष, सदस्य, आदिवासी जनजाति आयोग
२४) रिना राना, सदस्य, आदिवासी जनजाति आयोग
२५) शरण राई, सदस्य, आदिवासी जनजाति आयोग
२६) जीवछ साह, सदस्य, मधेसी आयोग
२७) रेणुदेवी साह, सदस्य, मधेसी अयोग
२८) विजयकुमार गुप्ता, सदस्य, मधेसी आयोग
२९) सुबोधसिंह थारू, सदस्य, थारू आयोग
३०) भोलाराम चौधरी, सदस्य, थारू आयोग
३१) महमदिन अलि, सदस्य, मुस्लिम आयोग
३२) मिर्जा अर्सद वेग, सदस्य, मुस्लिम आयोग

उनले गरेका असंवैधानिक नियुक्तिका केहि पत्र हेर्नुस्

तपाइँको प्रतिक्रिया