शनिबार, वैशाख २२, २०८१

फ्रान्समा कोरोना महामारीको चौथो तरंग घोषणा, स्वास्थ्य नियम पालना नगराउने ब्यवशायीलाई ४,००० युरोसम्म जरिवाना

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ साउन ७ गते ७:३१

Image credit-france3-regions.francetvinfo.fr

फ्रान्सेली सरकारले कोरोना कोरोना भाईरसको चौथो तरंग घोषणा गर्दै स्वास्थ्य पास नियम उल्लंघनकर्तालाई चार हजार युरोसम्म जरिवाना तिराउने घोषणा गरेको छ । सरकारले स्वास्थ्य पास घोषणा गरेको तिन दिनमै यस्तो निर्णय गरेको हो ।

सोमबार फ्रान्सेली सरकारले सांस्कृतिक स्थल र कार्यक्रमहरुमा जान कोरोना खोप लगाएको वा कोरोना परिक्षण गर्दा नकारात्मक देखिएको प्रमाण पेश गर्नुपर्ने भन्दै स्वास्थ्य पासपोर्ट (प्रमाणपत्र) कार्यक्रम घोषणा गरेको थियो ।

तर फ्रान्सेली सरकारका प्रवक्ता गाब्रियल पेरीले हिजो बुधवार कोरोना भाईरसका नयाँ नयाँ स्वरुप देखा परेपछि फ्रान्समा डेल्टा भेरियन्टको संक्रमणले गर्दा चौथो तरंग देखा परेको बताएका छन् ।

अगस्टको सुरुदेखि नै विभिन्न ठाउँहरूमा स्वास्थ्य पास अनिवार्य लागु गर्ने घोषणा गरिएको छ । स्वास्थ्यकर्मीहरूले खोप अनिवार्य रुपमा लगाएको हुनुपर्ने छ । तर यि नियमहरु अनिवार्यरुपमा लागु गर्न युरोपमा सबैभन्दा गाह्रो स्थिति देखिँदै छ ।

यो स्वास्थ्य पासमा कोरोना भाईरसबिरुद्दको खोप लगाएको, कोरोना भाईरस परिक्षण गर्दा नेगेटिभ देखिएको वा कोरोना भाईरस लागेर निको भएको उल्लेख गरिएको हुने छ ।

स्वास्थ्य पासको नियम अनुसार स्वास्थ्य पास भए नभएको जाँच नगरि आफ्ना ब्यापारिक केन्द्र, ब्यवशायभित्र ग्राहकलाई प्रवेश दिने ब्यापारिक संस्थाहरुलाई पहिलो चरणमा १,५०० युरो र दोस्रो पटक उल्लंघ गरेको देखिएमा ४,५०० युरो जरिवाना गरिने छ । नियम उल्लंघन दोहोर्‍याउँदै जाने ब्यवशायीको हकमा जरिवाना अझ बढ्दै जाने छ ।

नागरिकहरुलाई स्वास्थ्य नियमहरु लागु गर्ने बानी बसाल्नकालागि यस्तो नियम ल्याएको सरकारी प्रवक्ताको भनाई छ । त्यसैले जरिवाना कुन मितिदेखि लागु हुन्छ भन्ने अहिलेनै यकिन नगरिएको सरकारका प्रवक्ता अटलले उल्लेख गरेका छन् ।

यो जरिवाना लागु हुनु पहिले नागरिक, ब्यवशायीहरुलाई बानी बसाल्न वा सबैसमक्ष जानकारि पुर्‍याउन एक हप्तादेखि एक महिनाको समय दिईनेपनि उनले पत्रकार सम्मेलनमा बताए ।

“हामी महामारीको चौथो तरंगमा प्रवेश गरेका छौं” फ्रान्सेली मन्त्रीपरिषदको बैठकबाट बाहिर निस्किंदासाथ प्रवक्ताले बुधवार पत्रकारहरुसित भने ।

सिनेमा, बार, रेस्टुरेन्ट, अस्पताल, बस, लामो दूरीको रेल र विमान चढ्दा स्वास्थ्य पास आवश्यक पर्ने छ ।

तर नागरिकको प्रजातान्त्रिक हक कुण्ठित गरेको भन्दै यस निर्णयबिरुद्द फ्रान्स, ग्रिस, जर्मनी, स्पेनलगायत युरोपका केहि देशमा नागरिकहरुले बिरोध जुलुसपनि आयोजना गर्दै आएका छन् ।

सरकारी नियमको बिरोध कर्ताहरुले यो स्वास्थ्य पासलाई ‘स्कन्डाल’ भन्दै बिरोध गरेका छन् । केहि बिरोधकर्ताहरु खोप र स्वास्थ्य पास दुबै ‘हामीलाई मान्य छैन’ भन्दै बिरोधमा उत्रिएका छन् । यसरि बिरोध गर्नेहरुमा फ्रान्सका स्वास्थ्यकर्मीसमेत देखिएका छन् ।

फ्रान्सेली राष्ट्रपती एमानुयल माखोंले स्वास्थ्य नियमहरुका बारेमा संसदमा मतदान गरिने बताएका थिए । तर उनको भनाई पछि फ्रान्समा संक्रमण दर बढेको र कोरोना बिरुद्दको खोप लगाउनेहरुको संख्या भने घटेकाले यस्तो नियम ल्याएको अधिकारीहरुले बताएका छन् ।

राष्ट्रपतीको योजना अनुसार कोरोना भाइरस पोजेटिभ देखिएकाहरुले अब १० दिन स्वएकान्तबास (सेल्फ आइसोलेसन) मा बस्नुपर्ने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक