आइतबार, वैशाख २३, २०८१

दुबाई इन्टरनेशनल एयरपोर्टमा दुई विमान एक अर्कामा ठोक्किए

नेपालप्लस प्रतिनिधी / आबुधाबी२०७८ साउन ७ गते २३:४१

दुबाई इन्टरनेशनल एयरपोर्ट

विश्वकै सबैभन्दा ब्यस्त मानिने विमानस्थल मध्येको दुबाई इन्टरनेशनल एयरपोर्टमा दूईवटा विमान आपसमा ठोक्किएका छन् ।

एयरपोर्ट सूत्रका अनुसार बहराईनतर्फ उड्ने तयारीमा रहेको गल्फ एयरको जेट विमान र फ्लाई दुबई रनवेको समयमा एकआपसमा ठोक्किएका हुन । उक्त घटनामा कुनै ठूलो नोक्सानी नभएता पनि ६ घण्टासम्म रनवे अवरुद्ध हुँदा यात्रीहरुले समस्या बेहोर्नुपरेको थियो।

फ्लाई दुबईका अनुसार उसको ७३७-८०० `एस´ नामक बोईङ्गले किर्गिस्तानको लागि उडान भर्दैथियो । सोहि समयमा नैं बहराईनको लागी उडान भर्दैगरेको गल्फ एयर र फ्लाई दुबई एकआपसमा ठोक्किन पुगेका हुन ।

दुर्घटनामा मानवीय क्षति नभएता पनि दुबै जहाजको पछिल्लो भागको पुच्छरको टुप्पो (विंगटिप) मा क्षति पुगेको छ । ती जहाज तत्कालका लागि ‘होल्ड’ मा छन् । जहाजको सम्पूर्ण पाटपुर्जा जाँचको लागि प्राविधिकहरु समक्ष पठाएको जनाईएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक