शनिबार, वैशाख १५, २०८१

एनआरएनए फ्रान्सको संस्थापन पक्ष पराजित, समाबेशी टिम पूर्ण बहुमतसहित बिजयी

नेपालप्लस संवाददाता / पेरिस२०७८ साउन १७ गते १८:५२

एनआरएनए फ्रान्सको आज आइतवार भएको अनलाईन निर्वाचनमा संस्थापन पक्षलाई पराजित गर्दै समाबेशी टिम अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष सहित पूर्ण बहुमतकासाथ बिजयी भएको छ ।

बिजयी हुनेमा अध्यक्षमा गिता थापा, उपाध्यक्ष शिवराम भण्डारी, महासचिवमा दिलिप गुरुङ, सचिवमा कमल बिक्रम केसी, कोषाध्यक्ष टिका अधिकारी, सह कोषाध्यक्ष महेश्वर (महेश) शर्मा, महिला संयोजक पार्वती खड्का, युवा संयोजक उमेश बन्जारा छन् ।

त्यसैगरि सदस्यहरुमा सुजिता सिटौला, मान बहादुर सेन्चुरी र राजेन्द्रबबु श्रेष्ठ छन् ।

अन्तर्राष्ट्रिय समन्वय परिषदमा संस्थापन पक्षका एकेन्द्र मल्ल ठकुरी र अमर भण्डारीको मत बराबर (२२५ २२५) छ । अब यसलाई कसरि टुंगो लगाउने भन्ने विषयमा संस्थापन पक्ष र समाबेशी पक्षबिच छफल हुन गैरहेको छ ।

संस्थापन पक्षका तर्फबाट टुकबहादुर (सनम) सेवाले मात्रै पराजय भोग्नुपरेको मत गणना स्थलमा रहेका महेन्द्र अधिकारीले नेपालप्लसलाई बताए ।

समाबेशी पक्षले १३ पदमा मात्रै उमेदवारी दिएको थियो । ति १३ पद मध्ये आइसिसी सदस्यमा बराबरी मत परेको र एक जना सदस्य पराजित भएबाहेक बाँकि ११ पदमा समाबेशी पक्षले बिजय हाँसिल गरेको हो ।

निर्वाचनको मत नजिता

तपाइँको प्रतिक्रिया