एनआरएनए मादागास्कारको अध्यक्षमा दानबहादुर थापासहितको कार्य समिति चयन
नेपालप्लस प्रतिनिधी / मदागास्कार , अफ्रिका २०७८ साउन १८ गते १४:१३
आइतवार भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मदागास्कारको महाधिवेशनबाट अध्यक्षमा दान बहादुर थापासहितको कार्य समिति निर्बिरोध चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा सुबाश आले मगर र आङ्ग गेल्जी शेर्पा चुनिएका छन् । महासचिवमा पेम्बा शेर्पा, सचिवमा मन कुमार घर्ती मगर, कोषाध्यक्षमा भरत राज आचार्य, सहकोषाध्यक्षमा गुरुङ्ग दमाई, युवा संयोजकमा हिम बहादुर बूढाथोकी र रमेश राना चुनिएका छन् ।
त्यसैगरि, बरिष्ठ सल्लाहाकारमा शिव राज कँडेल, रमेश राई र चन्द्र बहादुर खड्कालाई चुनिएको छ ।
कार्य समितिको सदस्यहरुमा राम कुमार राई, मार्क गुरुङ्ग, कर्ण शेर राई, बिर बहादुर मगर, पूर्ण बहादुर खड्का, तेज बहादुर कार्की, चन्द्र बहादुर खड्का, धनराज सावा, लिम्बु, बुलन गुरुङ्ग छन् ।
घको महाधिवेशन अनुगमनकर्ता एनआरएनए मदागास्कारका पूर्व अध्यक्ष शिव राज कँडेल थिए ।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक