भुटानको जनगणनामा हामी नेपाली
सम्वत २०१३ तिर भुटानमा भएको जनगणनामा अभिलेखिकरण गर्ने काम तत्कालिन मण्डल (नाम शायद निमा सिंह होला)ले पिताजी टेकनाथ भट्टराईलाई विश्वास गरेर जिम्मा लगाएका थिए । त्यही कारण मण्डलसँगै गाउँ घुमेर जनसंख्या उठाइएको थियो भन्ने सुनेको थिएँ। त्यसमा हामी दाजु, म र गोविन्द समेतको नाउँ काकाहरु, अन्तरे कान्छा, गणेश काका र मावली काकाहरुको नाम उठाइएको अभिलेख हालको दोरोखा अड्डामा सक्कलै पाईएको थिम्पूबासी आफन्तले बताइरहेका हुन्छन् । सोही आधारमा सम्बत २०१५ अघि भुटानमा बसोबास भएको प्रमाणका आधारमा शिव भाई, गणेश काका र अन्तरे काका परिवारले भुटानी नागरिकता पाएका र बसोबास उतै सहज भएको छ ।
हाम्रो प्रारम्भिक बाल्यकाल यसरी भुटानमा रमाइलोसँग बितिरहेको थियो । २०१४ सालको दशैँ रमाइलोसँग मनाइरहेका थियौँ । बिहान घरमा टिका लगाएर पौडेल मावली (रनबहादुर पौडेल हाल अमेरिका) का घरमा ठुला घर गई टिका लगाएर घरमा आउँदा यता पहाड ताप्लेजुङबाट अप्रिय समाचार लिएर ठुला मावली र अन्य एकजना अपरिचित पुग्नुभयो । पिताजीलाई एकान्तमा लगेर के के भन्नुभयो । त्यसपछि पिताजीले हतार हतार कुम्लो, लुगाफाटो, खाजा, चामल तयार पार्नुभयो । तुरुन्तै गणेश काका र मावलीसँग जाने अपरिचितलाई लिएर पहाडतिर हिँड्नु भयो । ठुलामावली काका हाम्रो घरको रेखदेखमा बस्नुभयो । पछि कान्छी दिदी र आमा रोएको अलिकति सम्झना छ ।
पहाडमा हाम्रो जिआमा (पिताजीको आमा) खस्नु भएछ र सोही खबर लिएर पाँच दिन बाटो हिँडी दिउँसो खबर पुर्याएका रहेछन् मावली काकाले ।
पिताजी पनि टिकाका दिन पाँचौं दिन, दिउँसो हिँडेर दिनभरी रातभरी हिँड्दै नवौँ दिन राती फावा खोला बोसे पुगेर काजक्रियामा सामेल हुनु भएको अरे । आमा र कान्छी दिदीले भने घरमै बसेर बार्नु भएछ ।
त्यो साल हाम्रोमा तिहारको रमाइलो हुन पाएन । तिहारपछि पिताजी सेता वस्त्र सहित टाउकामा टालो बाँधेर पुग्नुभयो । काजक्रिया सकेपछि त्यसबेलाको नियम अनुसार मृतकको अस्तु (हड्डीको अवशेस) मनिहारी घाट, गंगा नदीमा सेलाउनैपर्ने सिलिगुडी कटिहार हुँदै मनिकर्णिका पुर्याएर पुन सिलिगुडी वानरहाट हुँदै फिर्नुभएको रहेछ ।
पिताजी पुगेपछि बिस्तारै हाम्रो घरमा भएको गाइवस्तु अरुलाई जिम्मा दिने काम भए । दुहुने केही गाइहरु बिक्री भए होलान् । अन्नपात नबिक्ने । सबै अन्नपात भाडाकुँडा घरको माथिल्लो तलामा राखियो । अलिअलि चामल मकैहरु भोटेहरुले किनेर लगे । पिताजीको इष्ट पाछिरे पनि आएर पिताजीलाई ठाउँ छोडेर नजान भनिरहेका थिए । यित वा कुवेर रेग्मी अरु इष्टमित्रहरु पनि आएर रुँदै बसे । नजान आग्रह गरिरहेका थिए । पिताजीले “सबै सम्पत्ति अन्नपात बाहुनहरु खेति तपाईहरुकै जिम्मा छोडेर जाँदैछु । अर्को साल हिउँदमा फर्केर आईहाल्छु । असोज महिनामा बर्सात हुन्छ । दशैँतिहार भनेर फर्किने हो, छोराछोरीलाई पनि एकपल्ट लगेर सबै आफन्तहरुलाई देखाउने चिनाउने भनेर लिएर जान लागेको मात्र छु” भन्नुभयो ।” फर्केर आउने भनेपछि सबैले विश्वास गरे । अश्रुपूर्ण आँखाले बिदा दिए । हामीले २०१४ साल फाल्गुनको मध्यतिर होला, गाउँ छोडेको ।
ती रातभरि खोलामा देखिने र हराउने भूतहरु बारे सुनाउँदा मावलीका साथी डराएर काम्न थालेका छन् । धन्न ती यात्री मध्येका एक व्यक्ति चलाख रहेछन् र तिनले मन्त्र जपेर तितेपातिका सेलरले झारफूक गरेपछि ठिक भएछन् ।
बिहान खाना खाएर पिता, माता, गणेश काका र एकजना भारी बोक्ने पनि थिए । ति को हुन् थाहा भएन । बाटा लाग्यौं । हाम्रो टोलीलाई बिदा गर्न गाउँलेहरु तल तुर्सा खोलासम्म आए । हामी घरबाट हिँड्दा पहाड जान पाइने भो भनेर उत्साहित थियौँ । हामी सक्ने जतिले झोलामा सिउरिदिएर, काँधमा भिर्ने टाउका नाम्लो जस्तै बोक्न मिल्ने झोला हुन्थ्यो त्यतिखेर । एक एकवटा ओढ्ने छुसा, केही लुगा र एक एकवटा झर्के साना थाल बोकेर हिँड्यौँ । गोविन्द सानै र लुते भएकाले केही बोकेको थिएन । घरबाट ओरालै ओरालो तल नालुङ खोला तरेर पाखै पाखा सानो बाटो हिँड्दै तल तुर्सा खोला किनारमा पुगियो । कहिल्यै नदेखेको विशाल नदी हामीलाई अचम्म लागिरहेको थियो । दाजु हामीलाई सर्वमान्य सुनाउँदै गर्नुहुन्थ्यो । मैले त दुईपल्ट यो खोलाको उ त्यो पुल तरेको भनेर पर देखिने बाँस र चिनाले बनाएको हिँउदमा गाईवस्तु समेत तर्न मिल्ने पुल देखाउँदै भन्नुभयो ।
हामी केही छिन बिसायौं । त्यो पुल तरेर परि दोरोखातिर लाग्यौँ । त्यो तुर्सा खोलामा पहिले झोलुङ्गे पुल थियो रे । पहिरोले लगेपछि हरेक वर्ष असोजदेखि वैशाख जेठसम्म यसरी कच्ची पुल बनाएर आवतजावत हुन्थ्यो र बाँकी ४–५ महिना यातायात बन्द हुन्थ्यो ।
खोला तरेर उकाली लागेपछि हामी केटाकेटी गलेर हिँड्न नसक्ने अवस्था भयो । हाम्रो झोलाका झर्के थाल झिकेर बाटा छेउका घरमा दिएर हलुंगो (आल्मुनिम) का पितुवा थाल साटेर झोलामा ल्याइदिनुभयो । भात पकाउने भड्डु पिताजीले बोकेको एउटा चाहिँ त्यही हलुंगेको तपेससँग साटेर बोक्यौँ । बेलुका साँझमा दोरोखा पुगेर आफन्तकहाँ बास बसियो ।
हाम्रो यात्रा निरन्तर चलिरह्यो । दोश्रो दिन दिनभरि डाँडा पाखा खोल्सा पार गर्दै सिविचाङ भन्ने सानो बजार जस्तो ठाउँमा केही सरकारी कार्यलयहरु पनि थिए क्यार । भञ्ज्याङ परेको ठाउँमा एउटा रित्तो कटेरामा बास बसियो । यो ठाउँबाट एउटा खोला दक्षिण पूर्वतिर लाग्दो रहेछ । लेक ठाउँमा जाडो निकै थियो बिहान उठेर ओरालो खोलो बगेकै दिशातिर लागियो । बिहानभरि हिँडेपछि सानो खोलामा पुगियो र खाना पकाएर खाइयो ।
तोरीबारीको सिरानमा खोला छोडेर फाँटतिर लाग्दा जीवनमै पहिलो पल्ट हामीले अनौठो वस्तु देख्यौँ । गोरुले तानेर हिँडाउने गाडी बगरैबगर लहरै दाउरा बाँस लिएर हिँडिरहेका । ठुलाठुला घरजस्ता गाडीहरु आफैं कुदिरहेका । बाटा छेउमा खानेकुरा बेच्न राखेका साना दोकान ।
अबको बाटो खोलैखोला हिँड्नुपर्ने । एक ठाउँ तर्यो, एकछिन हिँड्यो फेरी तर्यो, यसैगरि २२, २३ ठाउँ कति तर्नुपर्थ्यो अरे । कुनै बेला खोला भित्र हिँड्दै गर्दा माथि शिरतिर पानी परेर बाढी आउँदा भाग्ने ठाउँ नपाएर कति मान्छे र चौपाया बगाएको कुरा गर्नुहुन्थ्यो पिताजीले ।
उता गाउँमै हुँदा ठुला मावली नन्दिकेशर काकाले कथा सुनाउनु भएको थियो । एकदिन तोरीबारीबाट राति नै हिँड्नु भएछ । एकजना साथीसँग टर्च लाइट बालेर हिड्नुपर्ने । भाले बास्यो भनेर हिड्नु भएको बेलुकै हिँड्नु भएछ । खोला भित्र हिँड्दै गर्दा कतै मानिस नुहाइरहेको भेटिन्छ कतै आफ्ना अगाडि अगाडि मान्छे हिँडेको देखिन्छ, फेरी हराउँछ । साथीलाई भनौँ भने डरछेरुवा छ, केही भयो भने राति के गर्ने । धेरै यस्तो भएपछि काकालाई पनि डर लाग्न थालेछ । खोलाको बाटो सकिनै लाग्दा उकालाको फेदिमा केही मानिसहरु बास बसेका रहेछन् । उतै गाउँतिर जाने । सँगै उकालो लागेर गफ गर्दै जाँदा ती मान्छेहरुले पनि कति पटक यस्तो हास्य देखेका रहेछन् । ती रातभरि खोलामा देखिने र हराउने भूतहरु बारे सुनाउँदा मावलीका साथी डराएर काम्न थालेका छन् । धन्न ती यात्री मध्येका एक व्यक्ति चलाख रहेछन् र तिनले मन्त्र जपेर तितेपातिका सेलरले झारफूक गरेपछि ठिक भएछन् । मौका अनुसार चल्न सक्नु पनि ठुलै कुरा हो ।
यात्राको कुरा गर्दागर्दै कहाँ पुगिएछ । हामी खाना खाएर खोलैखोला अगाडि बढ्दै जाँदा दिउँसो तीन बजेतिर होला लाम्ची (तोरी बारी) भन्ने ठाउँमा पुग्यौँ । पछि २०२३ साल फाल्गुनमा पिताजी, म र हरि काका, सेरेजा कान्छा, जीवाका छोरा गणेश काकाका भाई पहाडबाट मधेश बसाई आउँदा माथि चिसापानीबाट ओरालो झरेर टोडके, कुसुन्डे हुँदै मावा खोला २२ ठाउँ तरेर फाँटमा आइपुग्दा देखिने हास्यले पुरानो याद दिलायो । भुटानबाट आउँदाको चमर्चि खोलैखोला हिँडेर तोरीको फाँटमा निस्किँदाको हास्य ।
नियम कानून अनुसार भुटानवाशी देश छोडेर बाहिर जाँदा जाने ठाउँ र फर्केर आउने अवधि समेत तोकेर अनुमति पत्र लिनुपर्थ्यो । तोकिएको अवधिभित्र फर्किएर हाजिर हुनुपर्ने नियम थियो । बाहिरबाट जाने मान्छेले पनि कहाँ जाने, कसलाई भेट्ने, कति दिन बस्ने जस्ता कुराहरु लेखाउनुपर्थ्यो ।
तोरीबारीको सिरानमा खोला छोडेर फाँटतिर लाग्दा जीवनमै पहिलो पल्ट हामीले अनौठो वस्तु देख्यौँ । गोरुले तानेर हिँडाउने गाडी बगरैबगर लहरै दाउरा बाँस लिएर हिँडिरहेका । ठुलाठुला घरजस्ता गाडीहरु आफैं कुदिरहेका । बाटा छेउमा खानेकुरा बेच्न राखेका साना दोकान । सामान बेच्न राखेको ठाउँलाई दोकान भनेर दाजुले चिनाउनुभयो । हामीलाई बिस्कुट, राता मिठाई, सितलु मिठाई किनिदिनुभयो । मिठाइ खाँदै केहीबेर हिँडेपछि भिरालो ठाउँमा गाउँ भेटियो । यसलाई तोरीबारी भन्दा रहेछन् । त्यहाँ कोही आफन्तजन र पिताजीका चिनारु बस्दा रहेछन् । हामी कोइराला थरका गाउँमा बास बस्न पुगियो । त्यो घरधनीपनि काका (भुटानी काका) को ससुराली घर रहेछ । तल खोलाबाट मान्छेहरुले लामो बाँस भाटामा डोरीले दुईपट्टि टिन झुन्ड्याएको थियो । त्यसलाई काँधमा बोकेर झुन्ड्याउँदै ल्याएको अचम्म मानेर हेरियो । माथि पाखामा खानेपानीको श्रोत नभएको हुँदा खोलाबाट यसरी नै व्यवस्था गरिँदोरहेछ ।
आफन्तको घर भएकोले बेलुका खाना खाएर सुतियो ।
दोश्रो दिन त्यहीँ बिताउँने योजना रहेछ । दाजु, म र गोविन्द मास्तिर डाँडामा रहेको बजारतिर गयौँ । कहिल्यै नदेखेको अचम्मको ठाउँ वरिपरि तीनतिर हेर्दा अग्ला पहाड, दक्षिणतिर आँखाले नभ्याउँने परसम्म सेती बगर र हरियो फाँट । कति हो कति सामानहरु राखेका दोकानहरु हाम्रालागि कल्पनाभन्दा बाहिर थियो । लेख्ने कापी पेन्सिल पहिलोपल्ट देख्न पाइयो । एक दुइ वटा साबुन र मिठाई किनेर हामी फर्कियौँ । खाना खाएर आमा र हामी केटाकेटी, लुगा धुन र नहाउँन खोलातिर गयौँ । त्यस घरका महिलाहरु पनि आमालाई सघाउन गए । हामी खोलामा नुहाएर बगरमा सानी बहिनी पद्मालाई हेर्दै बगरमा खेलेर बस्यौँ । एक जना दाइले सानोसानो लाम्चो दाना भएको फल ल्याएर खान दिए । अमिलो र गुलियो स्वादको नाम के भने बिर्सिएँ । धेरै वर्षपछि च्याङथापुको इवा खोला बगरमा खाएको गुएलीले त्यो स्वाद सम्झाएको थियो ।
त्यो दिन दिनभरि हिँड्नु नपर्दा नयाँ ठाउँमा रमाइलोसँग बित्यो । पिताजीले त्यहाँको सरकारी कार्यालायमा गएर दोरोखामा लेखाएको अनुमति देखाएर बाहिर जाने समय र फर्किएर आउने समय सहितको अभिलेख राखेर कागज बनाएर आउँनु भएछ ।
त्यहाँको नियम कानून अनुसार भुटानवाशी देश छोडेर बाहिर जाँदा जाने ठाउँ र फर्केर आउने अवधि समेत तोकेर अनुमति पत्र लिनुपर्थ्यो । तोकिएको अवधिभित्र फर्किएर हाजिर हुनुपर्ने नियम थियो । बाहिरबाट जाने मान्छेले पनि कहाँ जाने, कसलाई भेट्ने, कति दिन बस्ने जस्ता कुराहरु लेखाउनुपर्थ्यो । एकजना अड्डाले चिनेको भुटानीले जमानी बस्नुपर्ने नियम थियो । यसरी लिएको अनुमति पत्र अनुसार सम्बन्धित ठाउँको आफन्तकहाँ पुगेपछि यहाँको मण्डल (सरकारी प्रतिनिधि) लाई जानकारी गराउनुपर्दथ्यो । केही गरी भनिएको समयमा फर्किन नसकेको खण्डमा मण्डललाई अनुरोध गरेर समय थप्न सकिने नियम थियो । तर पछि बाहिरिँदा मण्डलले समय थपेको कारण सहित लेखेर दिनुपथ्र्यो ।
दमक–१, झापा ।