शुक्रबार, वैशाख २१, २०८१

कोरोना उत्पत्तीबारे नयाँ अनुसन्धान गर्न डब्लुएचओको आग्रह चीनद्वारा अस्विकार

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ साउन २९ गते २३:३८

वुहान इन्स्टिच्युट अफ भाइरोलोजी चीनको हुबेई प्रान्तस्थित वुहान शहरको दक्षिणमा पर्ने जियाङ्सिया जिल्लाको चिनियाँ एकेडेमी अफ साइन्सको एक अनुसन्धान संस्थान हो । फोटो-विकिमेडिया

चीनले कोरोना भाईरस (कोभिड -१९) को उत्पत्तिबारे नयाँ अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आग्रहलाई अस्वीकार गरेको छ ।

चीनले शुक्रबार कोभिड १९ को उत्पत्तिबारे नयाँ अनुसन्धानको लागि विश्व स्वास्थ्य संगठनको आह्वानलाई अस्वीकार गर्दै भनेको छ “यसले भाइरस कसरी सुरु भयो भनेर पत्ता लगाउने “राजनीतिक” प्रयासलाई “वैज्ञानिक” समर्थन गरेको छ ।”

मध्य चीनको वुहान शहरमा पहिलो पटक कोरोना भाईरस देखापरेपछि विश्वव्यापी रुपमा ४० लाख भन्दा बढी मानिसहरुको ज्यान गैसकेको छ । विश्वव्यापी अर्थतन्त्रलाई ठप्प पार्ने यो महामारीको उत्पत्तिको बारेमा नयाँ छानबिन गर्न बेइजिङमा एक पटक फेरि दबाव बढिरहेको बेला चीनले अस्विकार गरेको हो ।

डब्लूएचओको एक अन्तर्राष्ट्रिय विशेषज्ञहरुको टोलीद्वारा ढिलो र केहि ब्यक्ति सम्मिलित राजनीतिक यात्रा सहित जनवरी २०२१ मा वुहान गएर पहिलो चरणको रिपोर्ट तयार पारिएको थियो । त्यो उनीहरुले आफ्ना चिनियाँ समकक्षहरुसँग मिलेर तयार पारेका थिए । तर उनीहरु यो भाइरस कसरी सुरु भयो भन्ने निष्कर्षमा पुग्न असफल भएका थिए ।

डब्लूएचओले चीनलाई कोभिड-१९ का प्रारम्भिक घटना र प्रमाणहरुको प्रारम्भिक डाटा साझा गर्न र रोगको उत्पत्तिमा आफ्नो अनुसन्धानलाई पुनर्जीवित गर्न बिहिवार आग्रह गरेको फ्रंस २४ न्युजले उल्लेख गरेको छ ।

चीनले त्यसको जवाफ आफ्ना उप विदेशमन्त्री मा झाओक्सु मार्फत दिँदै भनेको छ “यो कोविड १९ को उत्पत्ति पत्ता लगाउने सहयोगलाई चीनले कहिल्यै अस्वीकार गरेको छैन । तर यस्तो खोजको राजनीतिकरणलाई अस्वीकार गर्दछ । ”

“हामी राजनीतिक ट्रेसिङको बिरोध गर्छौं र संयुक्त रिपोर्टलाई त्याग्छौं” डब्ल्यूएचओ टोलीको वुहान भ्रमण पछि उपबिदेशमन्त्री माले पत्रकारहरुलाई भनेका छन् “हामी वैज्ञानिक ट्रेसिंगलाई समर्थन गर्दछौं ।”

संयुक्त रिपोर्टमा भनिएको छ “चमेरोबाट मानवमा कुनै जनावरको माध्यमबाट स्थानन्तरण भएको थियो भन्ने सबैभन्दा संभावित परिदृश्य थियो । वुहानको भाइरोलोजी प्रयोगशालाहरुबाट चुहावट हुने कुरा एकदमै असम्भव थियो।”
चीनले आफ्ना भनाइहरु राख्दै नयाँ अनुसन्धानका प्रयासहरुलाई अस्विकार गरेको छ ।

माले भनेका छन् “डब्ल्यूएचओ र चीनको संयुक्त रिपोर्टको निष्कर्ष र सिफारिशहरुलाई अन्तर्राष्ट्रिय समुदाय र वैज्ञानिक समुदायद्वारा मान्यता प्राप्त थियो ।”

चीनले ‘संयुक्त रिपोर्टमा निर्दिष्ट नयाँ कोरोना भाइरसको उत्पत्तिमा “फलोअप र पूरक” अनुसन्धान गर्न जारी राखेको’ उल्लेख गरेको छ ।

डब्ल्यूएचओले बिहीबार सबै सरकारहरुलाई महामारीको उत्पत्तिका बारेमा अध्ययनलाई गति दिन, बैज्ञानिक खोजलाई सहयोग गर्न र “स्थितिलाई राजनैतिकरण” नगर्न आह्वान गरेको छ ।

चीनले बाहिरका मानिसहरुलाई अनुसन्धान गर्न अस्विकार गरिरहेका बेला बाहिरि जगतका अनुसन्धनकर्मीहरुले वुहानको प्रयोगशालाबाट भाईरस चुहावट भएको हुनसक्ने आशंका गरिरहेका छन् । अमेरिकाका पूर्व राष्ट्रपती डोनाल्ड ट्रम्पलगायतका अति दक्षिणपन्थी बिचारकहरुले भाईरसका बारेमा अनेक प्रोपोगाण्डा मच्चाएकालेपनि चीनले थप अनुसन्धानमा असहयोग गरेको तर्क केहि बैज्ञानिक र विश्लेशकहरुको छ ।

डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले वुहानको भाइरोलोजी प्रयोगशालाहरुमा प्रारम्भिक अनुसन्धान धेरै टाढा भएको वा गहिरिएर नभएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बिडेनले मे महिनामा भाइरसको उत्पत्तिबारे अमेरिकी गुप्तचर समुदायलाई छुट्टै अनुसन्धान गर्न आदेश दिएका थिए । यसलेपनि चीनलाई थप सशंकित पारेको हो । यस्तै प्रयासले गर्दा चीनले यसलाई राजनितिकरण गर्न खोजिएको भन्ने तर्कलाई बलियो पार्दै लगेको हो ।

डब्लूएचओले गत महिना अनुसन्धानको दोस्रो चरणमा वुहान प्रयोगशालाको लेखा परीक्षणलाई बेइजिङमा समावेश गर्न आह्वान गरेको थियो । उपस्वास्थ्य मन्त्री जेंग यिक्सिनले यस योजनाले “सामान्य ज्ञान र विज्ञान प्रति घमण्ड” गरेको र अन्य बैज्ञानिक, प्रयोगशालाप्रति अपमान देखाएको बताएका छन् ।

(नेपालप्लसको साथमा फ्रंस २४ न्युज, एएफपी र रोयटर्स)

तपाइँको प्रतिक्रिया

फेसबुक