शनिबार, साउन १२, २०८१

तालिवानद्वारा माहिला कर्मचारीलाई काममा फर्कन आग्रह, आफ्ना नागरिकलाई तत्काल देश बाहिर जान नदिने संकेत

नेपालप्लस संवाददाता २०७८ भदौ १२ गते २१:५७

तालिबानका प्रवक्ता सुहाइल शाहीन । फोटो स्रोत-शाहीनको ट्विटर।

अफगानिस्तानको सरकारलाई पतन गराएर शक्तिमा आएका इस्लामी कट्टरवादी तालिबानहरुले महिलाहरुलाई आफ्नो पेशा, रोजगारीमा फर्किन आग्रह गरेका छन् ।

तालिबान वार्ता टोलीको सदस्य र अन्तर्राष्ट्रिय मेडियाको लागि राजनीतिक कार्यालयका प्रवक्ता मोहम्मद सहिल शाहिनले दुबै प्रान्त र राजधानीमा सार्वजनिक स्वास्थ्य मन्त्रालयको सबै महिला कर्मचारीहरुलाई नियमित ढंगबाट आफ्नो जागिर सुचारु गर्न सूचित गरेको जनाएका हुन् ।

शाहिनले आफ्नो ट्विटरमा उल्लेख गरेका छन् “दुबै प्रान्त र राजधानीमा सार्वजनिक स्वास्थ्य मन्त्रालयको सबै महिला कर्मचारीहरुलाई नियमित ढंगबाट आफ्नो जागिर सुचारु गर्न सूचित गरिन्छ । इस्लामिक इमिरेट्सलाई उनीहरुले आफ्नो जागिर सुचारु गर्न कुनै समस्या छैन ।”

त्यस्तै, तालिबानहरुले आफ्ना नागरिकहरुलाई भने देश बाहिर सहजै जान नदिने संकेत गरेका छन् । विदेश जान चाहने अफगानहरुलाई नरोक्ने तर तिनले अफगानिस्तानमा वाणिज्य उडानहरु शुरु भएपछि मात्रै बाहिरिन पाउने तालिबान प्रवक्ता मोहम्मद सहिल शाहिनले सार्वजनिक गरेका छन् ।

तालिबान वार्ता टोलीको सदस्य र अन्तर्राष्ट्रिय मेडियाको लागि राजनीतिक कार्यालयका प्रवक्ता शाहिनले आफ्नो ट्विटरमा भनेका छन् “देशमा वाणिज्यिक उडानहरु सुचारु भएपछि उनीहरु पासपोर्ट, भिसा जस्ता कानुनी कागजात लिएर सम्मानजनक ढंगले बाहिर जानसक्छ ।”

तपाइँको प्रतिक्रिया