लघुकथा : भरोसा
जे. सागर र उनका साथीहरूले एउटा भब्य सांगीतिक कार्यक्रमको आयोजना गरे दोहामा । गायनमा “लोहा” सावित भएकी “भरोसा साउद” पनि यसपाली निम्तोमा । जाड़ोको समय । भरोसा समयमा पुगिन् एयर पोर्ट । आफ्नो परिचय गोप्य राख्न कालो चस्मा र ह्याट । आवश्यक प्रक्रिया पुर्याउने क्रममा उनी महिला प्रहरीको सामुन्ने पुगिन् ।
“हजूर,पहिला यो कागज भर्नुपर्छ “प्रहरी नानीले नरम भएर अनुरोध गरिन् ।
“हजूर …….”उनले बोल्न नपाउँदै गायिका भरोसा एकदम नौनी बनेर,” ए ए ….मलाई थाहा छ नि हौ …म पनि नेपालकी छोरी नि ….मलाई यो ज्याकेट घड़ी हयाट-बेल्ट फुकालेर हजुरहरू जस्तो महत्वपूर्ण कामगर्ने राष्ट्र सेवकलाई सहयोग गर्नुपर्दछ । हजूरहरू सानो पदमा भए पनि काम ठूलो गर्नुभएको छ नि !”
“ओहो ….भरोसा दिज्यू ….नमस्कार !!” एक प्रहरी नानीले उनलाई टिभीमा देखेकी ।
“नानी, कृपया नचिनेजस्तो गर्ने है, आज गुमनाम भएर हिंड़ने रहर छ !” भरोसाले अनुरोध गरिन् ।
विदेश जान तैयार अरू यात्रीको नजर पर्यो । तर सबै आफ्नो आफ्नो “चेक इन” मा व्यस्त । उनको कुरातिर ध्यान गएन । “होइन होइन दिदी, हजूर राष्ट्रको गहना हो, हामीले सम्मान गर्नुपर्दछ !” प्रहरी नानी ।
“नाइ नाइ …..हामी हरेक नागरिक नै देश हौं, थोपा थोपा मिलेर सागर बनेजस्तै हामी हरेक नागरिकको योगबाट हाम्रो देश नामको गीतको सात सुर मिल्ने हो । शब्द,संगीत र स्वर मिलेपछि मात्र गीत श्रुतिमधुर बन्छ । हामी हरेक नागरिकले अर्को नागरिकलाई सम्मान गर्नुपर्दछ । म पनि प्रहरी आफन्त भएको परिवारको सदस्य हुँ ।
“वर्दी देख्दा नतमस्तक हुन्छु । स्यालुट बैनी !” भरोसा नौनी बनिन् ।
अर्की प्रहरी नानीले उनको ब्याग समाएर सहयोग गर्न खोज्दा उनले इन्कार गरिन् । “क्या सभ्य गायिका !” अरू यात्रीको मनले तारीफ़ गर्यो ।” म फर्किंदा चकलेट लिएर आउनेछू है ! मेरा सत्य -सेवा -सुरक्षा नानीहरूलाई !”
“दिदीको कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु” उही प्रहरी नानी ।
अलि ….परबाट “नारायण गाउँले, हेमन्त गिरी, राजेन्द्र थापा र राम लोहनी । यो दृश्य हेरेर आनन्दित । उता चिरन्जीवी र अविरल यात्री पूर्ण भरोसाका साथ भरोसाको प्रतीक्षामा । जेट ठीक समयमा भुर्र !! यता अष्ट्रेलियामा आरजू गिरीकी पुत्री “चौबन्दीमा ….” गीतमा मग्न । उनको हजूर बा लघुकथा लेख्न ब्यस्त । ठीक १२ बजेर ५३ मिनेट जाँदा कथा पोस्ट भयो ।