देउवा दाई एउटा मात्र धर्म गर्नुस् हजार पाप आफैं पखालिन्छन्
सत्तारुढ पार्टी एमालेभित्रको पदिय झगडामा ओली सरकार ढलेपछी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत असार २९ मा प्रधानमन्त्री पद स्म्हाले । झन्डै डेढ वर्ष चलेको ओली सरकारको किचलो दुई महिना अघी टुङ्गियो । तर देशमा फेरी अर्को किचलो शुरु भएको छ । त्यसो त, शेरबहादुर सरकारसँग त्यती धेरै अपेक्षा थिएनन् । तर भैपरी आउने समस्यामा ओली सरकारको तुलनामा अब्बल हुनेछ भन्ने आशा भने धेरैको थियो । सरकार गठनको दुई हप्ता पछी नै देशका विद्यमान समस्यालाई छोडेर एमाले फुटाउने खतरानाक खेलमा देउवा लागे । जसको कालो धब्बा नेपाली कांग्रेसको ईतिहासमा सयौं वर्ष अरु रहने छ । अबको केही वर्ष पछी देउवा नेपाली राजनीतिको कुनै पनि दृष्यमा हुने छैनन । तथापी नेपाली जनताले हरेक पटक सोधिरहने छन, ‘देउवाले कुन स्वार्थमा देशलाई चलाऊन खोजे ?’
धेरैलाई के लागेको थियो भने आफ्नो उमेरको अन्तिम दौडमा देउवाले कुनै पनि त्यस्तो काम गर्ने छैनन जसले देश र उनले हाँकेको पार्टीले टाउको झुकाउनु परोस । हुन त नेपालको सम्पूर्ण ईतिहास हेर्ने हो भने देशको सत्ता सधैं स्वार्थको केन्द्रमा रुमल्लिएको छ । देशमा अहिलेसम्मका जुन सुकै ब्यवस्थाका सरकारहरुलाई हेरे पनि निष्कर्ष एउटै छ- ब्यक्तिगत स्वार्थ ।
खासमा जयसिंह धामीलाई १० लाख होइन न्याय चाहिएको छ । देउवा सरकार कम से कम आफ्ना नागरिकको जीवनको लागि सरकार बोलोस, पैसा कहिलेसम्म बोल्छ ?
देशको राजनीतिमा गिरिजा प्रसाद कोइरालाको उदय भएपछी त्यो दायरा अलिकती फराकिलो भयो र समुहमा पुग्यो । आफ्नो समुहको स्वार्थ भन्दा अगाडि कुनै पनि नेताहरु बढ्न सकेनन । शेरबहादुर देउवासँग कतिले अपेक्षा गरेका होलान ! तैपनि उनले आफ्नो उमेरका अन्तिमा वर्षहरु पार गर्दै गर्दा जनताका आशामा बुजो लगाउने गरेर केही त्यस्तो गर्लान भन्ने जरुर सोचेका थिएनन् ।
धेरै कुरा यस्ता हुन्छन् अथवा हुन सक्दछन् जुन सामान्यतया सोचिएको हुँदैन । अहिले देश विदेशी ऋणमा निर्भर छ । विकास र देश निर्माणका कुरै छोडौं हाम्रो आन्तरिक आयले सामान्य खर्च भरणगर्ने स्थिती समेत पार भएको छ । भोलिका दिनमा देउवा नरहलान तर देश त रहिरहन्छ । ओली सरकारले केही पनि नगरेर भएको थियो भने हामीले किन गर्नु पर्यो भन्ने मान्यता नालायकी मात्रै हो । यदि ओलिकै बाटोमा हिंड्ने हो भने देशलाई पुन: शेरबहादुर देउवा चाहिएकै थिएन । नत्र देउवाले यस्ता धेरै मिहिन कुराहरु थिए जनताका सवालमा प्रत्यक्ष सरोकार राख्ने, तिनमा बहस चलाऊन सक्दथे । देउवाले जनताका धेरै विषयहरु बिसेका छन । सम्झिन सक्ने उमेर पनि नहोला । तर उनले आफ्नो धरातल पनि बिर्सेका छन् ।
देउवा सरकार गठन भएको भोली ६० दिन पुग्दै छ । कुनै ठूलो काम गर्नका लागि ६० दिन भनेको निकै छोटो समय हो । दुई महिनामा कुनै कामले मुर्तता पाउँदैन । तथापी आफ्ना आगामी कार्यका खाका कोर्न दुई महिनाको समय धेरै नै लामो हो । खोइ त देउवा सरकारको कार्यतालिका ? उनी प्रधानमन्त्रीमा कसरी बसिरहन सकिन्छ भन्ने ध्याउन्न मै छन् ।
गिरिजा प्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम अवस्थामा सम्झिन लायक काम गरे । १० वर्ष सम्म चलेको माओवादी हिंसात्मक आन्दोलनलाई एउटा विन्दुमा ल्याएर टुङ्ग्याए । त्यसले के गर्यो भने कोइरालाका धेरै कर्तुत पखालिए ।
देउवा प्रधानमन्त्री बनेको दुई हप्तामा दर्चुलाका एक जना मजदुरको भारतीय सिमा सुरक्षा बलका कुनै जवानले तुइनको लठ्ठो काटिदिंदा महाकालीमा खसेर मृत्यु भयो । एउटा नेपाली यसरी मारिंदा सरकारले कस्तो भूमिका खेल्नु पर्दथ्यो भन्नेसम्म देउवाले प्रष्ट पार्न सकेनन् । छानविन समितिको रिपोर्टमा उल्लेख भएका कुराहरुलाई कुन बाटोबाट अर्को देशसँग उठाउने ? १० लाखको क्षेतिपुर्ती देखियो भने छिमेकि देशसँगको सम्बन्ध जोगाइराख्नका लागि हामीले आफ्नो प्राण समेत खोज्न नसक्ने भयौं । प्राणको सुनुवाई कतै पनि गर्न सकिंदैन भने यि नेता, यस्तो सरकार किन चाहियो ?
खासमा जयसिंह धामीलाई १० लाख होइन न्याय चाहिएको छ । देउवा सरकार कम से कम आफ्ना नागरिकको जीवनको लागि सरकार बोलोस, पैसा कहिलेसम्म बोल्छ ?
शेरबहादुर देउवा ८० वर्षको हाराहारिमा पुगेका छन । धेरै भन्दा धेरै उनले अब केही वर्षमात्र सकृय जीवन बाँच्ने छन् । सम्भवत देशले उनको प्रधानमन्त्रित्व अन्तिम पटक थेग्दै छ । यसपछी शायदै उनी यो देशको प्रधानमन्त्री बन्लान् । देउवाका लागि यो यस्तो मौका थियो जसलाई सदुपयोग गर्न सकेको भए उनले बिगतका आफ्ना सबै गल्ती पखाल्न सक्ने थिए ।
अलिकती विगतलाई हेरौं । गिरिजा प्रसाद कोइराला आफ्नो कुनै पनि प्रधानमन्त्रित्वकालमा नेपाल र नेपालीका सरोकारका पक्षमा कहिल्यै दह्रो गरेर उभिएनन् । उनका घोटालाहरु ईतिहासले अहिलेसम्म औंल्याइरहेको छ । तर गिरिजा प्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम अवस्थामा सम्झिन लायक काम गरे । १० वर्ष सम्म चलेको माओवादी हिंसात्मक आन्दोलनलाई एउटा विन्दुमा ल्याएर टुङ्ग्याए । त्यसले के गर्यो भने कोइरालाका धेरै कर्तुत पखालिए ।
सुशिल कोइराला पार्टीमा सिमित थिए । फाईदाका पदमा थिएनन् । उनका बारेमा धेरै आलोचनात्मक टिप्पणी सुनिन्थे । उनी प्रधानमन्त्री बने । देशले नयाँँ संविधान पायो । संविधान जारी गर्न उनले राखेका अडान आफैंमा सम्झन लायक छन् । उनले पार्टीमा रहँदा नराम्रा कुनै काम गरेको भए पनि । मान्छेले बिर्से । किनभने देश हाँक्ने संबिधान ल्याउन उनको भूमिका अदम्य थियो । खोइ त शेरबहादुर देउवाले देखाउन सकेको ? आफ्ना पुराना पाप पखाल्न सकेको खोइ ? मान्छेहरुले धेरै कुरा सम्झिंदैनन् । एउटा राम्रो काम गरे मात्र ईतिहास अलौकिक हुन्छ । धेरै कुरा छन् यदि स्वार्थको दायराबाट बाहिर निस्किने हो भने । देउवालाई एउटा अनुनय, एउटा मात्र धर्म गर्नुस् हजार पाप आफैं पखालिन्छन ।