मंगलबार, वैशाख १८, २०८१

तानातानमा महेश श्रेष्ठ, खास कुन टिममा छन् उनी ?

नेपालप्लस संवाददाता२०७८ असोज २० गते १२:२९

गैर आवाशिय नेपाली संघ (एनआरएनए) का वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठले आगामी कार्यकालकालागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेलगत्तै तानातानमा परेका छन् ।

कहिले बद्रि समूहले उनलाई उपाध्यक्ष पदमा आफ्नो टिममा रहेको पोस्टर बनाएको छ त कहिले कुल आचार्य टिमले । तर महेश श्रेष्ठ आफैंले भने ‘म फलानो टिमको’ भनेर अहिलेसम्म मुख खोलेका छैनन् ।

बद्रि केसी र कुल आचार्य दुबै टिमले आफ्ना प्रतिबद्दता घोषणा गरेका कार्यक्रममापनि उनलाई सम्बोधनकालागि बोलाइएको थियो । तर उनले दुबैतिरको मञ्च प्रयोग गरेका छैनन् । वास्तवमा किन कुनैपनि टिममा रहेको स्पष्ठ घोषणा गर्न चाहेनन् त ?

नेपालप्लसले महेश श्रेष्ठसित सम्पर्क गरेर सोधेको थियो ‘तपाई बद्रि केसी टिमको कि कुल आचार्य टिमको ?’

महेश श्रेष्ठले भने ‘गैर आवाशिय नेपाली संघको निर्वाचन आचार संहिता अनुसार कसैलेपनि टिम, समूह या प्यानल जे भनौं त्यसरि बनाउन पाइँदैन । आचार संहितालाई सबैले मान्नुपर्ने हुन्छ । कुनैपनि उम्मेदवारले यो ब्यक्ति आफ्नो समूहमा आइदिए हुन्थ्यो भनेर सद्भाव, माया, साथ र समर्थनकालागि नाम राख्नु त्यो उहाँहरुको चाहना भयो । म धन्यावाद दिन्छु । तर प्यानलनै बनाउने कामलाई आचार संहिताले बन्देज गरेकाले त्यसो गर्नुहुन्न । आचार संहिताको पालना सबैले गर्नुपर्छ भन्ने मेरो बुझाइ छ । त्यसैले उम्मेदवार आफैंले चाहिँ म यो प्यान भनेर घोषणा गर्न मिल्दैन । ‘

हुनपनि स्थिति कस्तो देखिएको छ भने आगामी एनआरएनएको आगामी निर्वाचनकालागि अत्यधिक ध्रुबिकरण भएको छ । तिन वटै प्यानलमा उम्मेदवारहरु तानातानमा छन् । यस्तो तानातानमा कोषाध्यक्षको सफल भूमिका खेलेका महेश श्रेष्ठ झन तानातानमा नपर्ने कुरै भएन । तर अहिले यो ध्रुबिकरणलाई कम कसरि गर्ने त ? धेरैको ध्यान त्यतातिर छैन ।

अहिलेको ध्रुबिकरण संस्थाकालागि घातक छ । ध्रुबिकरण होइन सहमति, सहकार्य र समन्वयकारि भूमिका आगामी नेत्रित्वमा आउन चाहनेले खेल्नुपर्ने हो । आवस्यकपनि त्यसैको छ । महेश श्रेष्ठ आफूले ध्रुबिकरण भन्दापनि समन्वयकारि भूमिका खेल्न खोजेको देखिएको छ । र उनी दुबै तर्फकालागि रोजाईमा देखिएका छन् ।

‘एनआरएनए सामाजिक संस्था हो । साझा संस्था हो । यो सबैको हो र सबै प्रवाशी नेपालीको हुनुपर्छ । त्यसैले म सबैको हो, सबै मतदाता, सबै गैरवाशिय नेपालीको हो’ महेश श्रेष्ठले भने ।

उनले सबै उम्मेदवार, सबै गैर आवाशिय नेपालीले यतिखेर सहमति, सहकार्य र समन्वयकारि भूमीकातिर जोड दिनुपर्ने र ध्रुबिकरणलाई कम गर्न ध्यान दिनुपर्नेपनि उल्लेख गरे ।

तपाइँको प्रतिक्रिया

फेसबुक