शनिबार, वैशाख २२, २०८१

एनआरएनए केन्द्रिय समिति भंग गर्ने परराष्ट्रको अन्तिम तयारि : जिम्मेवारी शेष घलेलाई सुम्पिइँदै ?

नेपालप्लस संवाददाता२०७८ असोज २८ गते १:५०

गैर आवासिय नेपाली संघ (एनआरएनए) मा बढ्दै गएको बिवाद र परराष्ट्र मन्त्रालय सँगको बढ्दो द्वन्दकाबिच एनआरनएको बर्तमान कार्यसमितिलाई भंग गर्ने निर्णय परराष्ट्र मन्त्रालायले गरेको छ ।

एनआरएनएको वर्तमान कार्य समिति यहि अक्टोबर १८ मा समाप्त हुने देखेपछि परराष्ट्र मन्त्रालयले त्यसपछि वर्तमान कार्य समिति अबैधानिक हुने वैधानिक धारालाई टेक्दै भंग गर्ने र समस्या समाधानकालागि एनआरएनएका प्रमुख संरक्षक शेष घलेलाई जिम्मा दिने तयारि गरिरहेको नेपालप्लसलाई विशेष स्रोतले जानकारि दिएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको विशेष सक्रियतामा परराष्ट्र मन्त्रालयले एनआरएनएको बर्तमान कार्य समितिलाई भंग गर्ने अन्तिम तयारि मिलाईसकेको छ । वर्तमान कार्य समिति अक्टोबर १८ सम्म मात्रै बैध रहने र त्यस अघि केन्द्रिय समितिले बैठक बसेर कार्यकाल थप्ने संभावनालाई परराष्ट्र मन्त्रालयले क्षिण देखेको मूल्यांकन गर्दै फूलपातीको भोलि पल्टै परराष्ट्रले वर्तमान कार्य समिति भंग गरेको पत्र पठाउने अन्तिम तयारि गरेको हो ।

तर परराष्ट्र मन्त्रालय र कांग्रेसका केहि नेताबाट यो गोप्य तयारिबारे एनआरएनएका केहि उच्च अधिकारीलाई जानकारि गराइएको थियो । यो तयारिका बारेमा कतै जानकारि नहोस् र एनआरएनए कार्य समितिले विधानत थप्न पाउने ६ महिनासम्मको म्यादको समय गुजारोस् भन्ने मनशाय परराष्ट्रको रहेको थियो ।

दशैंको बेला कार्य समितिको बैठक नबस्ने आँकलन परराष्ट्र मन्त्रालयले गरेको हो । र दशैंका बेला परराष्ट्र मन्त्रालय बन्द हुने भएकाले यो तयारिका बारेमा कसैलाई जानकारि नहुने बुझाईपनि परराष्ट्र मन्त्रालयको रहेको थियो ।

तर एनआरएनएलाई माया गर्ने परराष्ट्र मन्त्रालयका केहि कर्मचारी र देउवा इतर पक्षका कांग्रेस नेताहरुले यो गोप्य जानकारि एनआरएनए उच्च अभियन्ताहरुलाई जानकारि दिएका हुन् ।

यो जानकारि पाएलगत्तै एनआरएनएका उच्च पदाधिकारीहरुबिच सनसनी फैलिएको थियो । त्यस लगत्तै परराष्ट्र मन्त्रालयको कदमबिरुद्द के कसरि पाईला चाल्न सकिन्छ भन्ने अनौपचारिक छलफल भएको थियो ।

परराष्ट्र मन्त्रालयले देउवा पत्नी आरजु राणाको योजना अनुसार वर्तमान कार्य समिति भंग गरि आगामि निर्वाचनकालागि सम्पूर्ण जिम्मेवारी शेष घलेलाई सुम्पिने अन्तिम तयारि गरिएको छ ।

स्मरण रहोस्, गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले संघमा देखिएको प्रतिनिधि छनोट सम्बन्धी विवाद समाधान गरी नयाँ निर्वाचन समेत गराउन संरक्षक परिषद तयार रहेको बेलायतको अल्डरशटस्थित एनआरएनएको नयाँ कार्यालय आइतबार उद्घाटन पछि बताएका थिए ।

प्रमुख संरक्षक घलेले भनेका थिए “यदि हामीलाई जिम्मेवारी आयो भने, यदि त्यस्तो केहि भयो भने आउँदो १ या २ महिनामा हामीले यो समस्याको समाधान गर्छौं । महाधिवेशन बोलाएर नयाँ नेतृत्व चुन्ने प्रक्रिया पनि शुरु गर्न सक्छौं ।”

एनआरएनएका केहि अभियन्ताहरुले शेष घलेको यो भनाई एनआरएनएको निर्वाचन गर्ने सम्पूर्ण जिम्मेवारी आफूलाई दिने तयारि गरिएको संकेत पाएपछि आएको भन्दै अर्थ्याएका छन् । तर यो दाबीलाई कसैलेपनि भरपर्दोगरि सिद्द गर्न सकेका छैनन् ।

एनआरएनएको वर्तमान कार्य समिति भंग गरेर एकल जिम्मेवारी लिने जोखिम शेष घलेले लिन्छन् वा लिन्नन् भन्ने पक्का पनि कसैलाई छैन । संघमा उच्च सम्मान बनाएका शेष घलेले यस्तो जोखिम नलिन सक्छन् भन्ने भनाईपनि केहिको छ । एनआरएनएको यो ठूलो सन्जाल र सम्मानित उच्च पदमा रहेकै बेला परराष्ट्र मन्त्रालयको बिवाद र आगामी निर्वाचनको झमेलामा घले नफस्न सक्छन् भन्ने भनाइपनि अर्का थरीको छ ।

परराष्ट्र मन्त्रालयको उच्च स्रोतका अनुसार परराष्ट्र मन्त्रालयले वर्तमान कार्य समिति भंग गरेर संरक्षक परिषदलाई जिम्मेवारी दिने होइन शेष घलेलाई एकल जिम्मेवारी दिने निर्णय गरेको बताएको छ ।

यसैबिच परराष्ट्र मन्तरलयको यो योजना थाह पाए पछि एनआरएनए केन्द्रिय समितिको बैठक आपतकालिन रुपमा बस्ने भएको छ । तत्कालै बैठक बसेर एनआरएनए केन्द्रिय समितिले बिधान अनुसार ६ महिना कार्यकाल थप्ने अन्तिम तयारि गरेको छ ।

एनआरएनएले परराष्ट्रको पत्र आउनु अघिनै आफ्नो कार्यकाल ६ महिना तत्कालै थप्न सकेमा भने परराष्ट्रको यो योजनालाई निस्तेज पार्न सकिने भन्दै सोहि तयारिमा केन्द्रिय समितिका उच्च अधिकारीहरु लागेका छन् ।

पूर्णीमा सम्म दशैंको सरकारी बिदा रहेकाले परराष्ट्र मन्त्रालय बन्द रहने भएकाले त्यसअघि पत्र आउने संभावना ज्यादै कम छ । पूर्णीमाको भोलिपल्टै पत्र आउने संभावना छ । त्यसैले एनआरएनए केन्द्रिय समितिबाट दशैं टिकाको भोलिपल्टै अर्थात् शनिवार ६ महिना कार्यकाल थप्ने निर्णय पास गर्ने र त्यसको जानकारि (पत्र) परराष्ट्र मन्त्रालयलाई पठाउने तयारिमा पदाधिकारीहरु लागेका छन् ।

नेपालप्लसले यसको स्वतन्त्र पुष्टि गर्न एनआरएनएका उच्च पदाधिकारिहरुसित सम्पर्क गरेको थियो । तर यसका बारेमा कसैलेपनि स्वतन्त्ररुपमा पुष्टि गर्न सकेनन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक